Dictionary

All Word

53551 पिञ्जर ना. १. पिँजरा।
53552 पिञ्जर ना. २. पहेँलो रङ।
53553 पिञ्जर ना. ३. शरीरका हाडहरूबाट बनेको पिँजराको आकार; अस्थिपिञ्जर; आँठ-अठिङ्गर।
53554 पिञ्जरा ना. १. पिँजरा; पिँजडा।
53555 पिञ्जरा ना. २. पिञ्जर।
53556 पिञ्जरी ना. १. हकुवा, पठुवा आदिको कुनिउँ लाउँदा सबैभन्दा तल बिछ्याउने दुई झटनीको मात्र फेरो।
53557 पिञ्जरी ना. २. पिँजडा (गीत, लोकगीत, कविता आदिमा)।
53558 पिट्नु स.क्रि. १. मानिस, प्राणी वा केही कुरालाई हात, लौरो आदिले कुट्नु; चुट्नु; ठटाउनु।
53559 पिट्नु स.क्रि. २. जित्नु।
53560 पिट्नु स.क्रि. ३. झ्याली आदि बजाउनु।
53561 पिट्नु स.क्रि. ४. हल्ला मचाउनु।
53562 पिट्नु स.क्रि. ५. खुबसँग काम गर्नु; दन्काउनु।
53563 पिट ना. १. पेटारो।
53564 पिट ना. २. सन्दुक।
53565 पिटक ना. १. पेटारो।
53566 पिटक ना. २. बौद्ध ग्रन्थका वाङ्मयमध्ये एक।
53567 पिटक ना. ३. ग्रन्थको कुनै भाग।
53568 पिटक ना. ४. पिड्को; खटिरो।
53569 पिटपाट ना. पिट्ने किसिम, क्रिया वा भाव; पाटपिट; ठोकठाक; मारमुङ्ग्री।
53570 पिटपाटे वि. पिटपाट पार्ने; पाट्टपिट्ट गर्ने खालको।
53571 पिटल्जा ना. लिच्छविकालीन अधिकरण वा केन्द्रीय अड्डाअदालतमध्ये एक।
53572 पिटाइ ना. पिट्ने क्रिया वा प्रक्रिया।
53573 पिटाइनु क.क्रि. पिट्न लाइनु; पिटिने पारिनु।
53574 पिटाउनु प्रे.क्रि. पिटिने पार्नु; पिट्न लाउनु।
53575 पिटापिट ना. एक-अर्कामा उसले उसलाई उसले उसलाई पिट्ने काम; परस्परको पिटाइ।
53576 पिटिक्क क्रि.वि. १. सानोतिनो वस्तु भाँच्ने वा भाँचिने किसिमले; पिट्ट।
53577 पिटिक्क क्रि.वि. २. त्यस्तो वस्तु भाँच्दा वा भाँचिँदाको झैँ शब्द निकालेर। ना.
53578 पिटिक्क क्रि.वि. ३. त्यसरी भाँच्दा वा भाँचिदाको आवाज।
53579 पिटिक्किनु अ.क्रि. पिटिक्क हुनु; पिटिक्क भाँचिनु।
53580 पिटिक्क्याइ ना. पिटिक्क ध्वनि निकाल्ने क्रिया वा प्रक्रिया।
53581 पिटिक्क्याहट ना. पिटिक्याइ।
53582 पिटीपाटी क्रि.वि. पिटपाट पारेर; चुटचाट पारेर; पिटेर।
53583 पिटीपिटी क्रि.वि. बारम्बार पिट्ट-पिट्ट भाँचिने गरी।
53584 पिटुवा वि. १. घनले पिटेर अलि पातलो पारी बनाइएको (पाता, भाँडो आदि)। ना.
53585 पिटुवा वि. २. त्यसरी पिटेर बनाइएको धातुको भाँडो।
53586 पिट्को ना. हे. पिड्को।
53587 पिट्ट क्रि.वि. सिटासिटी आदि भाँचिने वा भाँचिएर शब्द आउने गरी। सात. पिटिटिटि।
53588 पिट्टा ना. १. पिट्ने काम; पिटाइ; थप्पड।
53589 पिट्टा ना. २. टिप्पा; टिपाइ; उछिनाइ।
53590 पिट्ठु वि. १. हरेक कामकुरामा कसैको पछि लाग्ने; अनुगामी; पिछलग्गु; पुच्छर; चम्चा। ना.
53591 पिट्ठु वि. २. विचार नगरीकन हाहामा कसैको पछि लाग्ने व्यक्ति; पृष्ठपोषक व्यक्ति।
53592 पिट्ठू वि. हे. पिट्ठु।
53593 पिठाउली ना. १. मसिनामसिना लाम्चा किसिमका पात हुने अमिलोमा गुलियो मिसिएका फल फल्ने सानो एक बोट; सतीबयर।
53594 पिठाउली ना. २. नासपाती, स्याउ आदिको खुब पाकेको गुदी।
53595 पिठिउँ ना. शरीरका पछाडिको भाग; पीठ; पृष्ठभाग; आङ; पिठ्युँ; पिन्डो।
53596 पिठिउँपरि क्रि.वि. पछिल्तिर; कन्डापरि।
53597 पिठिम ना. डँडाल्नु; पिठिउँ।
53598 पिठिया ना. तराईका गाउँमा हप्तामा निश्चित दिनमा निश्चित ठाउँमा लाग्ने अस्थायी बजार; हाट; हटिया।
53599 पिठो ना. १. जाँतो, घट्ट, कल आदिमा पिँधिएको अनाजहरूको चूर्ण; पिठो।
53600 पिठो ना. २. धुलो; चूर्ण।