Dictionary

All Word

53701 पितृभक्ति ना. २. बाबुको आज्ञापालन।
53702 पितृभक्ति ना. ३. बाबुप्रतिको भक्ति वा कर्तव्यपरायणता।
53703 पितृभाग ना. भोजनका बेलामा वा अन्य विशेष तिथिपर्वमा पितृहरूका निम्ति छुट्ट्याइने पक्वान्न, नैवेद्य आदि; पितृको भागस्वरूप छुट्ट्याइने पक्वान्न।
53704 पितृभोजन ना. १. पितृलाई चढाएको प्रसाद।
53705 पितृभोजन ना. २. मास वा मासको फुरौला।
53706 पितृभोजन ना. ३. गैँडाको मासु।
53707 पितृभ्राता ना. १. काका।
53708 पितृभ्राता ना. २. बडाबा।
53709 पितृयज्ञ ना. पितृका निम्ति गरिने तर्पण, श्राद्ध आदि क्रिया; पितृकर्म; सराद।
53710 पितृराज ना. पितृहरूको राजा; यमराज।
53711 पितृराज्य ना. यमलोक।
53712 पितृलोक ना. पितृहरू बस्ने लोक; पितृहरूको लोक; यमलोक।
53713 पितृव्य ना. बाबुका दाजुभाइ; आफ्ना जेठा बाबु, कान्छा बाबु आदि।
53714 पितृश्राद्ध ना. पितृहरूका निम्ति गरिने पिण्डदानादि कर्म; पितृहरूका उद्देश्यले गरिने श्राद्ध; पितृहरूको श्राद्ध।
53715 पितृसत्ता ना. १. बाबु परिवारको स्वामी मानिने र बाबुका अनुशासनमा परिवारको सदस्यले बस्नुपर्ने सामाजिक व्यवस्था; परिवारका सदस्यमाथि बाबुको स्वामित्व हुने व्यवस्था।
53716 पितृसत्ता ना. २. बाबुको सत्ता।
53717 पितृसत्ता ना. ३. बाबुको नामबाट वंशपरम्परा चल्ने व्यवस्था।
53718 पितृसत्तात्मक वि. परिवारको वास्तविक मालिक बाबु भएको प्रणालीमा आधारित वा उक्त प्रणालीको।
53719 पितृसत्तात्मकता ना. पितृसत्तात्मक हुने गुण; पितृसत्ताको विशेषता।
53720 पितृस्वसा ना. बाबुकी दिदी वा बहिनी; फुपू।
53721 पितृहत्या ना. बाबुलाई मार्ने काम; पिताको हत्या; पितृघात।
53722 पितो ना. शरीरभित्र पित्त रहने थैली; पित्ते थैली।
53723 पित्कनु अ.क्रि. पित्कोका रूपमा निस्कनु वा झर्नु।
53724 पित्काइ ना. पित्कने क्रिया वा प्रक्रिया।
53725 पित्काइनु क.क्रि. पित्कने पारिनु।
53726 पित्काउनु स.क्रि. / प्रे. क्रि. पित्कोका रूपमा दिनु वा हाल्नु; पित्कने पार्नु।
53727 पित्काहट ना. पित्कने भाव, स्थिति वा क्रियाप्रक्रिया।
53728 पित्किनु अ.क्रि. १. पित्कनु।
53729 पित्किनु अ.क्रि. २. पितिक्क झर्ने वा दिइने होइनु ।
53730 पित्को ना. १. पितिक्क झर्ने वस्तुको थोरै मात्रा; अल्प मात्रामा दिइएको वा झरेको लेदो पदार्थ।
53731 पित्को ना. २. अल्पमात्रा वा परिमाण।
53732 पित्त१ क्रि.वि. लेदो पदार्थ थिचिएर वा निचोरिएर अलिकति बाहिर निस्कने किसिमले; पित्किएर। सात. पितिति; पितितिति।
53733 पित्त२ ना. १. पेटभित्र कलेजो र फोक्साका बिचमा दाहिनेपट्टि रहने, खाएको वस्तुलाई पचाउन सहायता गर्ने, तितो र पहेँलो तरल पदार्थ; यकृज्जल; यकृद्रस।
53734 पित्त२ ना. २. वैद्यशास्त्रअनुसार कफ, वात, पित्त- यी त्रिदोषमध्ये एक दोष।
53735 पित्तकर वि. स्वस्थ शरीरका लागि आवश्यकभन्दा बढी पित्त पैदा गर्ने; शरीरमा पित्त बढाउने; पित्तवर्द्धक।
53736 पित्तकोष ना. पेटभित्र कलेजो र फोक्साका बिचमा हुने र पित्त रहने थैली; पित्ताशय; पित्तथैली; पित्ते थैली (गलब्लाडर)।
53737 पित्तघ्न वि. १. पित्तलाई नाश गर्ने; पित्तनाशक। ना.
53738 पित्तघ्न वि. २. पित्तलाई बढ्न नदिने आयुर्वेदिक औषधी।
53739 पित्तघ्न वि. ३. घ्यु; घिउ।
53740 पित्तज्वर ना. शरीरमा पित्तको मात्रा बढ्नाले आउने जरो; पित्तको प्रकोपबाट आउने जरो; पित्तका कारणले गर्दा आउने जरो; कामला, कमलपित्त, गायो, जन्डिस आदिले गर्दा शरीरमा अनुभव हुने तातोपन।
53741 पित्तथैली ना. पित्तकोष।
53742 पित्तपत्थरी ना. शारीरिक विकारबाट पित्ताशयमा बन्ने ढुङ्गाजस्ता सानाठुला प्रायः गोला दाना।
53743 पित्तपापडा ना. साधारण, डोलो जरा हुने, पहेँलो बोक्रा हुने, लाम्चो भावको तीनवटा पात एउटै डाँठमा हुने लाम्चा, सेता वा निला फूल फुल्ने एक जातको वनस्पति।
53744 पित्तप्रकृति वि. बढी पित्त हुने प्रकृतिको; पित्त बढ्ने स्वभावको।
53745 पित्तप्रकोप ना. पित्तको आधिक्यले गर्दा हुने शारीरिक अस्वस्थता; हानिकारक रूपमा पित्तको वृद्धि।
53746 पित्तल ना. १. तामो र जस्ताको मिश्रणबाट बन्ने पहेँलो रङ्गको एक उपधातु; पित्तल। वि.
53747 पित्तल ना. २. पित्त धेरै भएको; पित्त बढाउने।
53748 पित्तल भुँडे वि. औलो वा खुँजले खाएर रगत सकिनाले पहेँलो ठुलो भुँडी भएको (मानिस)।
53749 पित्तले वि. १. पित्तलबाट बनाइएको; पित्तलसम्बन्धी; पित्तलको; पिल्ले।
53750 पित्तले वि. २. पित्तको रोगले गर्दा पहेँलिएको; कमलपित्त भएको।