Dictionary

All Word

53751 पित्तले वि. ३. हुप्प फुलेको (भुँडी); पित्ले।
53752 पित्ताम्ल ना. पित्तमा हुने अमिलोपन; पित्तमा हुने अम्ल; अमलपित्त।
53753 पित्ताशय ना. पित्त रहने स्थल वा कोष; पित्ते थैली।
53754 पित्ते वि. पित्त भएको।
53755 पित्ते थैली ना. पित्त रहने थैली; पित्ताशय।
53756 पित्ले वि. १. पित्तले। [अ.मू. पित्त्+ले]
53757 पित्ले वि. २. नराम्ररी फुलेको (भुँडी)।
53758 पित्ले भाँडो ना. पित्तलको भाँडो।
53759 पित्ले भुँडी ना. हुप्प फुलेको भुँडी; ट्याम्के भुँडी।
53760 पिधान ना. १. ढाक्ने काम; छोप्ने काम।
53761 पिधान ना. २. ढकनी; बिर्को।
53762 पिधान ना. ३. झापन।
53763 पिधानक ना. १. पिधान।
53764 पिधानक ना. २. दाप।
53765 पिधायक वि. १. ढाक्ने; छोप्ने।
53766 पिधायक वि. २. ढाकछोप गर्ने; लुकाउने।
53767 पिन ना. कागजपत्रहरू नत्थी गर्ने काममा प्रयोग गरिने सियोको जस्तै मिहिन टुप्पो भएको, धातुको मसिनो किलो; आलपिन।
53768 पिना ना. तोरी, तिल आदि पेलेर तेल झिकेको सिट्ठी वा छोक्रा; खली; खलीपिना।
53769 पिनाइ ना. पिन्ने क्रिया वा प्रक्रिया।
53770 पिनाइनु क.क्रि. पिन्न लगाइनु; पिँधाइनु।
53771 पिनाउनु प्रे. क्रि. पिन्न लाउनु; पिँधाउनु।
53772 पिनाक ना. १. शिवजीको धनु; अजगव।
53773 पिनाक ना. २. धनु।
53774 पिनाकी ना. पिनाक धनुलाई धारण गर्ने व्यक्ति; शिवजी।
53775 पिनास ना. रुघा बिग्रेर नाके ओढारमा हुने विकार।
53776 पिनासे वि. १. पिनासको रोग लागेको।
53777 पिनासे वि. २. पिन्चे; पिलन्धरे।
53778 पिनासे ओढार ना. नाकभित्र पिनास पर्ने ठाउँ; नाके स्वर उत्पन्न गर्ने शारीरिक अवयव; नाके टोड्की।
53779 पिन्चे वि. सानोतिनो कुरामा पनि रुन थाल्ने; पिलपिले; आँसु बगाइरहने; रुन्चे; पितुर्के।
53780 पिन्च्याइँ ना. पिन्चे हुने चाल; पिन्चेपन; रुन्चेपन।
53781 पिन्डो ना. १. मासु खान काटेका पशुको पछाडिको फिलो; पिँडो।
53782 पिन्डो ना. २. थुप्रो (अल्छीको पिन्डो)।
53783 पिन्सिन ना. हे. पेन्सन; निवृत्तिभरण।
53784 पिन्सिने वि. पेन्सनवाल।
53785 पिप ना. पाकेका घाउ, खटिरा आदिबाट निस्कने सिँगानजस्तो विषाक्त पदार्थ; पिप।
53786 पिपल ना. पानका आकारको तर टुप्पाको भाग केही लामो हुने, डाँठ हुने, बरकै किसिमका मसिना गोल फल फल्ने, बोक्रा हुने र खोटो निस्कने एक जातको वृक्ष; अश्वत्थ; पिप्पल। (आयुर्वेदमा यसको बोक्रा दिसासम्बन्धी रोगमा र बियाँ शीतकारक औषधीको रूपमा प्रसिद्ध छ र हिन्दुहरूका दष्टिमा यो पवित्र वृक्ष मानिन्छ।)
53787 पिपलपाती ना. बटारिएको, गोलागोला लामा डाँठ भएका पात हुने, पहेँला बास्नादार फूल फुल्ने, र राता डल्लाकार फल फल्ने लताविशेष। (आयुर्वेदमा यसको पात टाउको दुख्दा र जरा सर्पले टोक्दा हितकारक मानिएको छ।)
53788 पिपलपाते वि. १. पिपल का पातका आकारको।
53789 पिपलपाते वि. २. पातला ओठ भएको। ना.
53790 पिपलपाते वि. ३. पिपल जस्तो पात हुने एक जातको लहरो।
53791 पिपलपाते वि. ४. कुनै सिद्धान्तमा नअड्ने; मौकाअनुसार यताउता भइरहने; अवसरवादी; पिप्पलपाते।
53792 पिपलु ना. पिप्पल (गीत, काव्य वा लोकगीतमा)।
53793 पिपलमेन्ट ना. १. पुदिनाका जस्ता ससाना पात हुने, बास्नादार सेता फूल फुल्ने, बाबरी झारका समूहको एक जातको झार; एक प्रकारको पुदिना।
53794 पिपलमेन्ट ना. २. त्यसको सार वा सो सार चिनीमिस्रीमा मिलाई बनाइएको एक प्रकारको मिठाई। पीपी (बालबोलीमा)।
53795 पिपला ना. हे. पिप्ला।
53796 पिपा१ ना. काठ, धातु, आदिको ठुलो, गोल र लाम्चो किसिमको भाँडो।
53797 पिपा२ ना. भरिया वा टहलुवाको काम गर्ने तल्लो तहको पल्टनिया जागिरदार।
53798 पिपा गोस्वारा ना. पिपाहरूको अड्डा।
53799 पिपासा ना. १. पानी आदि पिउने इच्छा; प्यास; तिर्खा; तृषा।
53800 पिपासा ना. २. कुनै कुराको अतिशय चाहना; लोभलालच (उदा.-धनको पिपासा अन्तहीन कुरो हो)।