Dictionary

All Word

53901 पिरिनु अ.क्रि. २. पिराइमा परिनु; दुःख दिइनु।
53902 पिरिया ना. लामा पात, मसिना सेता वा राता फूल र किम्बुका जस्तो आकारको तर रातो पर्पऱ्याउने सानो फल फल्ने प्रायः सिमसारमा हुने एक जातको झार; पिर्रे।
53903 पिरीपिरी क्रि.वि. छिटछिटो पिरिपिर हुने गरी।
53904 पिरुका ना. पिरा; पिर्का।
53905 पिरे ना. कुनै-कुनै ठाउँमा खाइने एक जातको भ्यागुतो; पाहा; ब्याङ।
53906 पिरो ना. १. खुर्सानी, मरिच आदि खाँदा पाइने स्वाद; छ रसमध्ये एक रस; कटुरस।
53907 पिरो ना. २. पोल्ने र एक प्रकारको उत्तेजना पैदा गर्ने गुण भएको वस्तु (खुर्सानी, मरिच आदि)। वि.
53908 पिरो ना. ३. त्यस्तै स्वाद भएको।
53909 पिरो न पिरो वि. औधी पिरो; अबिजालो।
53910 पिरोपिरो वि. धेरै पिरो नभएको; अलि-अलि पिरो; थोरै पिरो; रमरम पिरो।
53911 पिरोल्नु स.क्रि. १. कुनै वस्तु बारबार मागेर वा कुनै कामकुरो बारबार गरेर अर्कालाई पिर पार्नु; पिरलोमा पार्नु।
53912 पिरोल्नु स.क्रि. २. कुनै कामकुरो बारबार गरेर अर्कालाई कष्ट दिनु; दुःख दिनु।
53913 पिरोल्नु स.क्रि. ३. टोकस्नु; कचकच गर्नु।
53914 पिरोल्नु स.क्रि. ४. पोल्नु; डढाउनु।
53915 पिरोलाइ ना. पीडा दिने वा पिरल्ने क्रियाप्रक्रिया।
53916 पिरोलाइनु क.क्रि. पिरोलाउने पारिनु।
53917 पिरोलाउनु प्रे.क्रि. पिरोल्न लाउनु।
53918 पिरोलाहट ना. पिरोलाइ।
53919 पिरोलाहा वि. १. पिरोलिरहने; पिराहा।
53920 पिरोलाहा वि. २. जन्मेका समयको ग्रहगतिअनुसार पिर्ने ग्रह भएको; पिर्ने स्वभावको; पिराहा।
53921 पिरोलो ना. हे. पिरलो।
53922 पिरोल्याइँ ना. पिरोलो पार्ने काम वा चाल; पिरोल्ने पन।
53923 पिरौल ना. सल्लाको पात; सल्लीपिर।
53924 पिर्का ना. १. गोरुगाडीको चालक बस्ने ठाउँमा पर्ने गरी राखिएको च्याप्टो काठ; पिढिया।
53925 पिर्का ना. २. पिरुका; पिरा।
53926 पिर्जा ना. शरीर रातो, पखेटा कालो, सारौँभन्दा अलि सानो, भिरमा बस्ने र बस्दाखेरि पुच्छर र पखेटा उफार्ने, एक्लै वा जोडी भएर हिँड्ने एक खालको चरो।
53927 पिर्ती ना. प्रीति; पिरती।
53928 पिर्र क्रि.वि. १. लुगा आदि च्यात्दा वा च्यातिँदा पिरिक्क वा पिर्र आवाज निक्लने गरी।
53929 पिर्र क्रि.वि. २. कमजोर लुगा आदि एकाएक च्यातिने किसिमले।
53930 पिर्र क्रि.वि. ३. सिठी वा पिपिरी बाजा बजे झैँ आवाज निकालेर।
53931 पिर्र क्रि.वि. ४. पिरपिर ध्वनिका साथमा। सात. पिरिर्र।
53932 पिर्रे ना. धानका जस्ता लामा पात हुने, झन्डै दुई मिटर अग्लो, आयुर्वेदमा त्यसको तेल हैजा र भित्र जलन हुने रोगलाई हित गर्ने भनिएको, सिमसारमा पाइने घाँस वा झार; पिरिया। मधेसतिर 'कतरा' भनिने झार।
53933 पिर्लिक्क क्रि.वि. १. रिसाउँदा, मूर्च्छा पर्दा वा मर्दा आँखा पल्टाएर; पर्लक्क। वि.
53934 पिर्लिक्क क्रि.वि. २. डरलाग्दो किसिमसित पल्टिएको (आँखा)। ना.
53935 पिर्लिक्क क्रि.वि. ३. क्रुद्ध दृष्टि; डरलाग्दो हेराइ।
53936 पिर्लिक्किनु अ.क्रि. आँखा पिर्लिक्क हुनु; डरलाग्दो किसिमले आँखा पल्टिनु।
53937 पिर्लिक्क्याइ/पिर्लिक्क्याहट ना. आँखा पिर्लिक्क हुने क्रिया वा प्रक्रिया।
53938 पिलन्धरे ना. १. रोग आदिले गर्दा चाउरिएको; दुब्लो; कृश; कमजोर।
53939 पिलन्धरे ना. २. सानातिना कुरामा रुन थाल्ने; रुन्चे; पितुर्के।
53940 पिलन्धऱ्याइँ ना. पिलन्धरेपन।
53941 पिलपिल क्रि.वि. १. सानोतिनो कुरामा पनि रोइरहने किसिमले।
53942 पिलपिल क्रि.वि. २. आँखाबाट बर्र आँसु झारेर।
53943 पिलपिल क्रि.वि. ३. मधुरोसँग बलेर; धिपधिप। ना.
53944 पिलपिल क्रि.वि. ४. आँसुझराइ।
53945 पिलपिल क्रि.वि. ५. बत्तीको मन्द बलाइ।
53946 पिलपिलाइ ना. पिलपिल गर्ने क्रिया वा प्रक्रिया।
53947 पिलपिलाइनु अ.क्रि. पिलपिल गर्ने होइनु।
53948 पिलपिलाउँदो वि. पिलपिले।
53949 पिलपिलाउनु अ.क्रि. पिलपिल गर्ने हुनु।
53950 पिलपिलिनु अ.क्रि. पिलपिलाइनु।