Dictionary

All Word

54051 पीठ ना. २. हाटबजार; बजार।
54052 पीठ ना. ३. तीर्थस्थल।
54053 पीठ ना. ४. राजसिंहासन।[स.] पृष्ठ =पिठिउँ / पछि]
54054 पीठ ना. ५. गर्दनदेखि चाकसम्मको अङ्ग; पिठिउँ; आङ।
54055 पीठ ना. ६. काठ, ढुङ्गा आदिको आसन; पिरा; पिर्का।
54056 पीठ ना. ७. विद्यार्थीहरूले पढ्ने ठाउँ।
54057 पीठ ना. ८. देवताको मूर्तिलाई अडेसाका लागि दिइने कुनै वस्तु।
54058 पीठक ना. बस्ने आसन (चौकी, चकटी, पिर्का इ.)।
54059 पीठ मर्द ना. १. संस्कृत साहित्यशास्त्रअनुसार आफ्ना कुराका चातुर्यले नायिकाको मानभङ्ग गर्न जान्ने नायकको मित्र।
54060 पीठ मर्द ना. २. नटीलाई नाच सिकाउने उस्ताद।
54061 पीठ मर्द ना. ३. लामो प्रासङ्गिक कथाको नायक; पताकाको नायक; मुख्य नायकभन्दा गुणमा केही कम भएको उपनायक।
54062 पीठस्थविर ना. विश्वविद्यालय, विद्यापीठ, गुरुकुल आदि संस्थाको छात्रसम्बन्धी विवरण तथा अन्य कागतपत्र राख्ने र तिनीहरूको शिक्षादीक्षाको राम्रो प्रबन्ध गर्ने प्रमुख (वृद्ध) पदाधिकारी; कुलसचिव; रजिष्ट्रार।
54063 पीठाध्यक्ष ना. राजाका आसनहरूको बन्दोबस्त गर्ने व्यक्ति।
54064 पीठासीन वि. १. अध्यक्षको आसनमा बसेको; पीठमा बसेको (व्यक्ति)।
54065 पीठासीन वि. २. गद्दीमा बसेको (व्यक्ति)।
54066 पीठिका ना. १. पिरा; पिर्का।
54067 पीठिका ना. २. कथा आदिका पुस्तकहरूको परिच्छेद; अध्याय (पूर्वपीठिका, उत्तरपीठिका इ.)।
54068 पीठिका ना. ३. देवमूर्ति वा कुनै खम्बाको आधार।
54069 पीठो ना. हे. पिठो।
54070 पीडक वि. १. अरूलाई वा स्वयम्‌लाई कष्ट पुऱ्याउने वा दुःख दिने; पीडा पुऱ्याउने। ना.
54071 पीडक वि. २. पीडा दिने व्यक्ति। प.स.
54072 पीडक वि. ३. धेरैजसो अरू शब्दका पछाडि आउने र 'पीडा दिने' भन्ने अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (जस्तै- आत्मपीडक, परपीडक इ.)।
54073 पीडन ना. १. पीडा वा दुःख दिने क्रिया वा काम; सताउने क्रिया वा काम; पिरोलाइ।
54074 पीडन ना. २. अन्याय; अत्याचार।
54075 पीडन ना. ३. कुनै व्यक्ति वा वस्तुलाई थिच्ने काम; पेल्ने काम।
54076 पीडन ना. ४. अँठ्याउने काम।
54077 पीडा ना. १. शरीरमा चोटपटक लाग्दा वा अन्य कुनै कारणले शारीरिक कष्ट हुँदा वा मानसिक आघात पर्दा सचेत व्यक्तिका मनमा हुने दुःखको अनुभूति; शारीरिक वा मानसिक दुःखको अनुभव; वेदना; व्यथा; तकलिफ; कष्ट।
54078 पीडा ना. २. रोग; व्याधि।
54079 पीडा ना. ३. बाधा; अडकाउ।
54080 पीडाकर/ जनक वि. शारीरिक वा मानसिक दुःख दिने; पीडा दिने; कष्टप्रद।
54081 पीडाल्पक वि. दुःख कम गराउने (औषधीविशेषः सिडेटिन, पेनकिलर आदि)।
54082 पीडित वि. १. दुःख दिइएको वा दुःख पाएको; सताइएको।
54083 पीडित वि. २. दबाइएको; थिचिएको।
54084 पीडित वि. ३. सिकिस्त पारिएको।
54085 पीढी ना. हे. पिँढी।
54086 पीत वि. १. पहेँलो।
54087 पीत वि. २. पिइएको; पान गरिएको। ना.
54088 पीत वि. ३. पहेँलो रङ।
54089 पीतकण ना. वनस्पतिमा हुने पहेँलो रञ्जक वस्तु।
54090 पीतचन्दन ना. १. चन्दनका रूपमा प्रयोग गरिने पहेँलो किसिमको श्रीखण्ड।
54091 पीतचन्दन ना. २. चन्दनका रूपमा लगाइने माटो; गोपीचन्दन; रामतिलक।
54092 पीतमणि ना. हे. पुष्पराज।
54093 पीतमूली ना. पदमचाल्नु (बुटी)।
54094 पीतल ना. हे. पित्तल।
54095 पीतलीय वि. पित्तलको; पित्तलको जस्तो; पहेँलो।
54096 पीतले वि. हे. पित्तले।
54097 पीताम्बर ना. १. पूजापाठ आदि गर्दा लगाइने रेसम वा पाटको धोती।
54098 पीताम्बर ना. २. पहेँलो वस्त्र।
54099 पीताम्बर ना. ३. पहेँलो वस्त्र धारण गर्ने विष्णु।
54100 पीताम्बर ना. ४. पहेँलो फुल्ने एक प्रकारको फूल। वि.