Dictionary

All Word

54201 पुगनपुग वि. १. पुग्छ-पुग्छजस्तो; झन्डै पुगेको; अलिकतिले मात्र नपुगेको; पुगेस- पुगेस।
54202 पुगनपुग वि. २. धेरथोर।
54203 पुगाइ ना. पुग्ने क्रिया वा प्रक्रिया।
54204 पुगाइनु क.क्रि. पुग्ने पारिनु; पुऱ्याइनु।
54205 पुगाउनु स.क्रि. / प्रे.क्रि. पुग्ने पार्नु वा पार्न लगाउनु; पुऱ्याउनु।
54206 पुगिनु अ.क्रि. कहीँ पुगेको होइनु ।
54207 पुगीसरी ना. धनसम्पत्ति, सुखसुबिस्ता साधन आदिको पर्याप्तता; छेलोखेलो; समृद्धि।
54208 पुगेसपुगेस वि. १. नाममात्रले पुग्ने वा पुग्यो भन्न मात्र सुहाउने; पर्याप्त मात्रामा नपुगेको; अल्प मात्रामा मात्र पुगेको वा पुग्ने। ना.
54209 पुगेसपुगेस वि. २. नपुग्ला कि भन्ने भय।
54210 पुङ ना. १. जाँड, रक्सी आदि राख्ने काठ, बाँस, माटो आदिको ढुङ्ग्रो; पुङवाङ; पुङमाङ।
54211 पुङ ना. २. ठेकी, ढुङ्ग्रो, भाँडो आदिको मुख।
54212 पुङ ना. ३. प्राणी वा भाँडा आदिको सिरानतिरको भाग।
54213 पुङ न पुच्छर टु. १. सिरानदेखि पुछारसम्म केही न केहीको स्थिति।
54214 पुङ न पुच्छर टु. २. कुनै उक्ति वा कथनको निरर्थकता; फेदटुप्पो केही नहुनाको अवस्था।
54215 पुङमाङ ना. १. मुख र पिँध खुला भएको ढुङ्ग्रोजस्तो भाँडो; दुवैपट्टि खुला भएको ढुङ्ग्रो। वि.
54216 पुङमाङ ना. २. बेकामको; रद्दी; बेकम्मा।
54217 पुङमाङ ना. ३. मूर्ख; हुस्सु; पुङवाङ।
54218 पुङमाङे वि. सिद्धान्त नभएको र बेकामे (मानिस); पुङमाङ।
54219 पुङ्गव ना. १. कुनै जाति, वर्ग वा समुदायलाई बुझाउने शब्दका पछिल्तिर लागी त्यस जाति, वर्ग वा समुदायमा श्रेष्ठ भन्ने अर्थ बुझाउने शब्द (जस्तो- नरपुङ्गव, ॠषिपुङ्गव, वीरपुङ्गव इ.)।
54220 पुङ्गव ना. २. कुनै जाति, वर्ग वा समुदायमा श्रेष्ठ व्यक्ति।
54221 पुच्च क्रि.वि. १. मुख खोकल्दा ओठले पानी फालेर; कुलकुल गरी थुकेर।
54222 पुच्च क्रि.वि. २. प्रेम जनाउँदा दुवै ओठ चोसे पारेर; म्वाइँ खाएको जस्तो आवाज निकालेर।
54223 पुच्छ ना. पुच्छर।
54224 पुच्छकपि ना. १. अफ्रिकामा पाइने एक प्रकारको पुच्छ्रेवानर।
54225 पुच्छकपि ना. २. कुनै पनि पुच्छ्रेबाँदर।
54226 पुच्छकपि अनुगण ना. कपि वा श्वकपि र त्यस्तै प्रकारका वानरको सामूहिक नाम।
54227 पुच्छर ना. १. पशु, पक्षी वा किराहरूका शरीरको पछिल्लो भागबाट निस्केको लामो अवयव; कुनै वस्तुको पछिल्लो भाग; पुच्छ। वि.
54228 पुच्छर ना. २. अर्काको पछि लाग्ने; पछौटे।
54229 पुच्छ्रे वि. १. पुच्छर भएको; पुच्छर हुने।
54230 पुच्छ्रे वि. २. कुनै कागतको पुछारमा गरिने वा लगाइने (हस्ताक्षर वा छाप)।
54231 पुच्छ्रे वि. ३. पुछारको; खुरे (पुच्छ्रे टिपोट : खुरे टिपोट)। ना.
54232 पुच्छ्रे वि. ४. गोठालो।
54233 पुच्छ्रे वि. ५. अनुचर।
54234 पुच्छ्रे टिपोट ना. पाद-टिप्पणी; खुरे टिपोट।
54235 पुच्छ्रे तारो ना. रातमा कहिलेकाहीँ आकाशमा देखिने, पछिल्तिर लामो धुवाँको मुस्लो वा ज्वालाजस्तो हुने तारो; उल्का; धूमकेतु। (यो देखिनु अनिष्टकारी मानिन्छ)।
54236 पुच्छ्रे भाग ना. गाई-भैँसी आदि चौपाया बिक्री गर्दा गोठालो लाग्ने केटाकेटी वा गोठालोलाई दिइने मोहररुपियाँको दस्तुर।
54237 पुच्छ्रे सही ना. कुनै कागजको पुछारमा गरिने हस्ताक्षर वा लगाइने छाप।
54238 पुच्छ्यौली ना. कुनै ग्रन्थ वा रचना आदिको पछिल्लो अंश; परिशिष्ट; अवशेष।
54239 पुछ्नु स.क्रि. शारीरिक अङ्ग वा कुनै वस्तुमा लागेको मयल वा दाग हटाउनु; मेट्नु; सफा गर्नु।
54240 पुछ ना. १. कुनै कुरा सोध्ने काम; सोधपुछ; पुछनी।
54241 पुछ ना. २. खबर।
54242 पुछ ना. ३. वास्ता।
54243 पुछताछ ना. कुनै कुरा सोधपुछ गर्ने काम; सोधखोज।
54244 पुछनपाछन ना. पुछपाछ गर्ने काम; पुछपाछ।
54245 पुछनी ना. १. कुनै कुरा सोधपुछ गर्ने काम; सोध्ने काम; प्रश्न; सोधनी।
54246 पुछनी ना. २. पुछाइ; सफाइ।
54247 पुछपाछ ना. शारीरिक अङ्ग वा कुनै वस्तुलाई सफा पार्ने काम; चिसो कपडा, कागत आदि दलेर कुनै वस्तुलाई सफा गर्ने काम।
54248 पुछाइ ना. पुछ्ने भाव, क्रिया वा प्रक्रिया।
54249 पुछाइनु क.क्रि. पुछ्न लाइनु; मेटाइनु।
54250 पुछाउनी ना. १. कसैको कुनै हानिनोक्सानी हुँदा आँसु पुछाउन वा सन्तुष्ट गराउनका निम्ति दिइने वस्तु; पुछौनी।