Dictionary

All Word

54101 पीताम्बर ना. ५. पहेँलो वस्त्र लगाउने वा पहेँलो वस्त्र भएको।
54102 पीन वि. १. मोटो जिउ भएको; मोटो; स्थूल; स्थूलकाय।
54103 पीन वि. २. पुष्ट।
54104 पीन वि. ३. ठुलो; विशाल; भीम।
54105 पीप ना. हे. पिप।
54106 पीपल ना. हे. पिपल।
54107 पीपलु ना. हे. पिपलु।
54108 पीयूष ना. १. सुधा; अमृत।
54109 पीयूष ना. २. बिहाएको सात दिनभित्रको गाईको दुध; सात दिनभित्रको लैनु गाईको बिगौते दुध।
54110 पीर ना. हे. पिर।
54111 पीरो ना. हे. पिरो।
54112 पीलु ना. साधारणतः पात, फल, फूल ओखरका जस्तै हुने विशेष प्रकारको ओखर; दाँते ओखर।
54113 पीवर वि. पीन; मोटो; विशालकाय; बडेमाको।
54114 पुँ१ वि.बो. शङ्ख वा त्यस्तै किसिमले फुकेर बज्ने बाजा बजाउँदा शब्द आउने किसिम।
54115 पुँ२ ना. १. पानी आदि पेय पदार्थलाई वा पिउने क्रियालाई बुझाउने शब्द।
54116 पुँ२ ना. २. बालबोलीमा पानी खाने क्रिया।
54117 पुँ२ ना. ३. पानी आदि पेय पदार्थ।
54118 पुँगीफल ना. सुपारी; सुपाडी।
54119 पुँजी ना. १. कुनै व्यक्ति वा संस्थाको जीवननिर्वाहको आवश्यकताबाट जोगिएको धन; जीवन धान्नका लागि खर्च गरेर उब्रिएको धन; सञ्चित धन; बचत धन।
54120 पुँजी ना. २. उद्योग, व्यापार आदि कुनै व्यवसायमा लगानी गरिएको निरन्तर मुनाफा दिइरहने मूल धन; व्यापार, उद्योग आदिको साउँ।
54121 पुँजी ना. ३. रुपियाँपैसा, सुनचाँदी; नगद; सम्पत्ति।
54122 पुँजी ना. ४. धन।
54123 पुँजीगत वि. १. पुँजीका रूपमा परिणत भएको; धनका रूपमा बदलिएको।
54124 पुँजीगत वि. २. पुँजीसम्बन्धी।
54125 पुँजीगत व्यय ना. पछि प्रतिफलका रूपमा लाभ दिने रेल, नहर, बिजुली, कलकारखानाजस्ता व्यवसायको निर्माणमा गरिने खर्च; उन्नति वा धनोपार्जनका लागि तत्काल गरिने व्यय।
54126 पुँजीपति ना. १. कुनै उद्योग, व्यवसाय आदिमा नाफा कमाउने उद्देश्यले प्रशस्त धनको लगानी गर्ने व्यक्ति; उद्योगपति।
54127 पुँजीपति ना. २. पर्याप्त पुँजी भएको व्यक्ति; धनी व्यक्ति। वि.
54128 पुँजीपति ना. ३. धनी।
54129 पुँजी परिचालन ना. उचित वा लाभप्रद किसिमले गरिएको पुँजीको परिचालन; कुशलतापूर्वक गरिएको सम्पत्तिको विनियोजन।
54130 पुँजी लगानी ना. पुँजीलाई उद्योग, व्यवसाय आदिमा लगाउने काम; पुँजीको विनियोजन।
54131 पुँजीवाद ना. कार्लमार्क्स र उनका अनुयायीका मतअनुसार उत्पादनका प्रमुख साधन तथा उत्पादित वस्तुहरूको वितरणमा पुँजीपतिको व्यक्तिगत स्वामित्व भएको आर्थिक व्यवस्था; उत्पादनमा भूमि, श्रम आदिका अपेक्षा पुँजीकै सर्वोपरि भूमिका मान्ने आर्थिक व्यवस्था।
54132 पुँजीवादी वि. पुँजीवादमा विश्वास गर्ने; पुँजीवादको समर्थक।
54133 पुँडे वि. सबै आङ एक रङको र निधारदेखि थुतुनोसम्म अर्को रङको; पुँडो भएको (गाईबस्तु)।
54134 पुँडो ना. गाईबस्तु आदिको जम्मैजसो जिउ एक रङको भई निधारदेखि थुतुनोसम्मको अघिल्लो भागमा मात्र भएको सेतो वा अरू रङको टाटो।
54135 पुँडो/पुँढो ना. यो. १. उता; त्यता; पर। (उदा.- घरपुँडो एउटा रुख छ)। क्रि.वि.
54136 पुँडो/पुँढो ना. यो. २. परतिर; टाढा (उदा.- धेरै पुँडो नजाऊ, नजिकै बस)।
54137 पुँपुँ ना. बालबोलीमा मोटरलाई बुझाउने शब्द; मोटर।
54138 पुंकेशर ना. फूलको परागमा पुरुषप्रधान तत्त्व भएको रज; पुष्पपरागमा हुने पुंस्त्वप्रधान रज।
54139 पुंरत्न ना. पुरुषरत्न; श्रेष्ठ वा उत्तम पुरुष।
54140 पुंलिङ्ग ना. १. पुरुषको पुंसत्वको चिह्न; पुरुषको जननेन्द्रिय।
54141 पुंलिङ्ग ना. २. व्याकरणमा भाले वा पुरुष जातिलाई बुझाउने तत्त्व।
54142 पुंश्चिह्न ना. १. पुरुषको चिह्न।
54143 पुंश्चिह्न ना. २. पुरुषको जननेन्द्रिय।
54144 पुंसत्व ना. १. पुरुषत्व; मर्दपना।
54145 पुंसत्व ना. २. वीरता; बहादुरी; पुरुषार्थ; पराक्रम।
54146 पुंसवत् वि. १. पुरुष वा भालेजस्तो।
54147 पुंसवत् वि. २. वीर; पराक्रमी; आँटी।
54148 पुंसवन ना. गर्भाधानदेखि लिएर मृत्युपर्यन्त गरिने द्विजातिका षोडश संस्कारमध्ये गर्भधारण भएको तेस्रो महिनामा गरिने एक संस्कार; गर्भवती स्त्रीले छोरो पाओस् भनी गरिने संस्कार; षोडश संस्कारमध्ये द्वितीय संस्कार।
54149 पुंस्त्व ना. १. पुरुषको भाव; पुरुषत्व।
54150 पुंस्त्व ना. २. पुरुषको स्त्रीसमागम र सन्तानोत्पत्ति गर्न सक्ने शक्ति।