Dictionary

All Word

53951 पिलपिले वि. पिलपिल गर्ने; पिलपिलाउँदो; पिलपिलाहा।
53952 पिलपिल्याइ ना. पिलपिलाइ।
53953 पिलपिल्याहा वि. १. पिलपिले; रुन्चे।
53954 पिलपिल्याहा वि. २. मन्द (आलोक)।
53955 पिला ना. विवाहका समयमा छोरीलाई दाइजोका साथ दिइने पेटारोजस्तो भाँडो।
53956 पिलाइ ना. १. दुध, पानी आदि तरल पदार्थ पियाउने क्रिया वा प्रक्रिया; पियाइ।
53957 पिलाइ ना. २. गोली सुलाउने क्रियाप्रक्रिया; सुलाइ।
53958 पिलाइनु क.क्रि. १. पानी आदि पियाइनु।
53959 पिलाइनु क.क्रि. २. गोलीले हानिनु।
53960 पिलाउनु स.क्रि. / प्रे. क्रि. १. पानी आदि पियाउनु वा पिउन लाउनु।
53961 पिलाउनु स.क्रि. / प्रे. क्रि. २. गोलीले हान्न लाउनु।
53962 पिलाहट ना. गोलीको प्रहार।
53963 पिलास ना. १. पेचकस।
53964 पिलास ना. २. निम्न कोटिको मखमल।
53965 पिलिनु अ.क्रि. १. आघात परेको, चोट लागेको वा नीलडाम परेको ठाउँको रगत भित्रभित्रै बिग्रिएर घाउ उत्पन्न हुने स्थितिमा पुग्नु।
53966 पिलिनु अ.क्रि. २. घाउखटिरामा पिप आदि जमेर पाक्ने लक्षण देखिनु।
53967 पिलिक्क क्रि.वि. १. आगो, बत्ती आदि एक्कासि बलेर।
53968 पिलिक्क क्रि.वि. २. सानोतिनो कुरामा झट्ट आँसु चुहाएर।
53969 पिलिक्याइ ना. पिलिक्क बल्ने, आँसु झार्ने वा आँखा पल्टाउने क्रियाप्रक्रिया।
53970 पिलिक्याइनु क.क्रि. पल्टाइनु; पिर्लिक्क पारिनु।
53971 पिलिक्याउनु स.क्रि. / प्रे. क्रि. पिलिक्क पार्नु वा पार्न लाउनु।
53972 पिलीपिली क्रि.वि. पिलपिल भइरहेर।
53973 पिले वि. पिलो (खटिरो) आएको (व्यक्ति)।
53974 पिलेट ना. हे. प्लेट।
53975 पिलो ना. पीडके मासु धेरै भएको ठाउँमा आउने एक किसिमको खटिरो; फिलामा आउने खटिरो; ठुलो जातको पिप्सो।
53976 पिल्याइ ना. पिलिने वा पिल्याउने क्रिया-प्रक्रिया।
53977 पिल्याइनु क.क्रि. पिल्याउने वा पिलिने पारिनु।
53978 पिल्याउनु स.क्रि. / प्रे.क्रि. १. ज्यामिर, निबुवा आदि फलहरू रस निकाल्नाका लागि मल्नु; गिलो पार्नु; गिल्याउनु।
53979 पिल्याउनु स.क्रि. / प्रे.क्रि. २. घाउ-खटिरा आदिलाई कुनै उपायद्वारा पिलिने तुल्याउनु।
53980 पिल्याउनु स.क्रि. / प्रे.क्रि. ३. गोली आदि मिलाउन लगाउनु।
53981 पिल्याहट ना. पिल्याइ।
53982 पिल्ल क्रि.वि. १. सानोतिनो कुरामा आँसु झारेर।
53983 पिल्ल क्रि.वि. २. मधुरो किसिमले बलेर।
53984 पिल्लपिल्ल क्रि.वि. १. सानोतिनो कुरामा बारबार आँसु झारिरहेर।
53985 पिल्लपिल्ल क्रि.वि. २. आगो, बत्ती आदि पिलपिल किसिमले बलिरहेर।
53986 पिल्लिनु अ.क्रि. १. घाउ, खटिरा आदि पिलिनु।
53987 पिल्लिनु अ.क्रि. २. निबुवा, कागती आदि रस निस्कने गरी निचोरिनु।
53988 पिल्सिनु अ.क्रि. १. (हरिया मकै आदि) आगाको रापले सेकिएर भित्रभित्रै पाक्नु।
53989 पिल्सिनु अ.क्रि. २. कुनै वस्तु अलि-अलि डढ्नु।
53990 पिल्सिनु अ.क्रि. ३. मानसिक चिन्ताले गर्दा भित्रभित्रै दुःखी हुनु; पिरोलिनु; चिन्तित हुनु।
53991 पिल्स्याइ ना. पिल्सिने भाव, क्रिया वा प्रक्रिया।
53992 पिल्स्याइनु क.क्रि. आगोमा सेकाएर भित्रभित्रै पाक्ने बनाइनु।
53993 पिल्स्याउनु स.क्रि. / प्रे.क्रि. त्यसरी सेकाएर पाक्ने पार्नु वा पार्न लाउनु।
53994 पिल्स्याहट ना. पिल्स्याइ।
53995 पिवाँचा ना. गजाले रेटेर बजाइने एक प्रकारको छालाले मढेको तारबाजा। (यो दुई प्रकारको हुन्छ- चारतारे र दुईतारे)।
53996 पिवा ना. १. तुङ्वा खानेले जाँडको ढुङ्ग्रामा गाडेर चुस्ने दुवैतिर प्वाल परेको बाँसको सोते।
53997 पिवा ना. २. भँडारे।
53998 पिवाङ ना. पिवाँचा जस्तै एक प्रकारको बाजा।
53999 पिशाच ना. १. देवताबाट जन्मेका मठ्याहा जातिका दश भेदमध्ये एक; देवताका ठिमाहा जातिमध्ये एक; निम्नकोटिको र बीभत्स कर्म गर्ने हीन देवयोनि; भूत-प्रेत आदि।
54000 पिशाच ना. २. दुष्ट मानिस। वि.