Dictionary

All Word

53801 पिपासु वि. पिपासा भएको; तिर्खाएको; प्यासो।
53802 पिपरा ना. पिपिरो।
53803 पिपिरापिपिरी ना. सानाठुला धेरै पिपिराहरू; सानाठुला पिपिराहरूको समूह।
53804 पिपिरी ना. १. एकापट्टि केही सानो र अर्कापट्टि केही ठुलो पारी पात बटारेर ढुङ्ग्रोजस्तो पारिएको तिखो, चर्को स्वरले बज्ने केटाकेटीको बाजा। २ बजाउँदा मुखभित्र पसाइने सनईको भाग।
53805 पिपिरी ना. ३. पहाडमा पाइने र पात बटारेर खेल्ने बाजा बनाउन प्रयोगमा आउने एक जङ्गली बोट।
53806 पिपिरी पीँ वि.बो. १. पिपिरी बजाउँदा निस्कने स्वरको अनुकरण। ना.
53807 पिपिरी पीँ वि.बो. २. उक्त आवाज।
53808 पिपिरीबाजा ना. पिपिरी; सिठी।
53809 पिपिरो ना. १. आँकुरो; पिउलो।
53810 पिपिरो ना. २. सनई बाजा आदिको फुक्दा बज्ने टुप्पो; पिपिरी।
53811 पिपीँ ना. केटाकेटीले फुकेर बजाउने बाजा; पिपिरी।
53812 पिपीलिका ना. कमिलो।
53813 पिपृच्छा ना. प्रश्न गर्ने इच्छा; सोध्ने चाहना।
53814 पिप्पल ना. पिपल।
53815 पिप्पलपाते वि. हे. पिपल पाते।
53816 पिप्पली ना. पिप्ला।
53817 पिप्पलीमूल ना. पिप्लाको जरो; पिप्लाको मूल।
53818 पिप्ला ना. १. पानका जस्ता पात, पिरो स्वाद र किम्बुका जस्ता फल हुने एक जातको लहरो; जङ्गली पान।
53819 पिप्ला ना. २. त्यसैको फल; पिप्पली।
53820 पिप्लामूल ना. पिप्पलीमूल।
53821 पिप्ली ना. १. पानका आकारका पाँचसात सेन्टिमिटर लामा पात; पानका जस्ता आकारका फूल, पिरो स्वाद, किम्बुका आकारका फल, खैरो बाहिरी भागमा धर्सा परेको जरा हुने, आयुर्वेदमा सो जरा पौष्टिक र कफनाशक मानिएको लहरोविशेष; पिप्लाको लहरो।
53822 पिप्ली ना. २. खाक्सी जस्तै पात हुने र दारका जस्तै दाना हुने, बस्तुले घाँस खाने र ठेकी कुँद्न हुने रुखविशेष; खस्रेटो।
53823 पिप्सिङ ना. सासद्वारा दुध, सर्बत आदि तानेर पिउने नली; तरल पदार्थ पिउने एक प्रकारको सानो पाइप।
53824 पिप्सो ना. १. पिउसो (भुसुनो)। [सं. पूय+सो]
53825 पिप्सो ना. २. पिउसो (खटिरो)।
53826 पियक्कड वि. १. रक्सी पिउने लत भएको; धेरै रक्सी पिउने।
53827 पियक्कड वि. २. धेरै पिउने।
53828 पियाइ ना. १. पिउने क्रिया वा प्रक्रिया; पान।
53829 पियाइ ना. २. दुहुने बेलामा गाई-भैँसीलाई कुँडो आदि पियाउने क्रिया वा प्रक्रिया।
53830 पियाइनु क.क्रि. १. पिउने तुल्याइनु; पिउन लाइनु। अ.क्रि.
53831 पियाइनु क.क्रि. २. गाईबस्तुआदि पियाउने होइनु।
53832 पियाउनी ना. पिउने बेलामा बस्तुको थुनमा दल्ने चिल्लो।
53833 पियाउनु स.क्रि. १. चुक्ली लाउनु; छुस्क्याइँ गर्नु। अ.क्रि.
53834 पियाउनु स.क्रि. २. बाछाबाछी वा पाडापाडीलाई दुध दिने अवस्थामा (गाईभैँसी आदि) हुनु। प्रे.क्रि.
53835 पियाउनु स.क्रि. ३. पिउने पार्नु; पिउन लाउनु।
53836 पियान ना. गाईभैँसीका बाछापाडाले माउको दुध खाने काम।
53837 पियानो ना. हार्मोनियमजस्तो एक प्रकारको पाश्चात्य बाजा।
53838 पियार ना. प्रेम; प्यार; माया; प्रीति।
53839 पियारा ना. प्राणप्रिय; प्रेमी; प्रियतम; माया; मायालु।
53840 पियारी वि. १. प्यारी। ना.
53841 पियारी वि. २. प्रेमिका; प्रियतमा; माया; मायालु।
53842 पियारो वि. १. प्यारो; मायालु; प्रिय।
53843 पियारो वि. २. मनपर्दो; रोचक; रुचिपूर्ण।
53844 पियारो वि. ३. आकर्षक। ना.
53845 पियारो वि. ४. मायालु; प्रियतम; पियारा।
53846 पियाल ना. १. चौडा र हरिया पात हुने, ससाना झुप्पादार फूल फुल्ने, राता वा राताकाला फल फल्ने बदामका स्वादको एक प्रकारको खाने मसलाको निकै अग्लो बोट; चिरौँजी।
53847 पियाल ना. २. त्यसैको फल (आयुर्वेदमा यसको तेललाई चर्मरोग निको पार्ने भनिएको छ।)
53848 पियालो ना. १. लुकीछिपी हिँड्ने बाटो; बेचल्ती वा कम चल्तीको बाटो; चोरबाटो।
53849 पियालो ना. २. सोझेरी कतै जाने बाटो; सोझेटो।
53850 पिर्नु स.क्रि. १. नचाहिँदो काम वा कुरा गरेर अर्काका शरीर वा मनमा पिर पार्नु; दुःख दिनु।