Dictionary

All Word

53651 पितपित क्रि.वि. २. त्यस्तो पदार्थ बाहिर निस्कँदाको चाल वा ध्वनि।
53652 पितपिताइ ना. पितपिताउने क्रिया वा प्रक्रिया।
53653 पितपिताइनु अ.क्रि पितपिताउने होइनु।
53654 पितपिताउनु अ.क्रि. पितपित चाल वा ध्वनि उत्पन्न हुनु।
53655 पितपिताहट ना. पितपिताइ।
53656 पितपिते वि. पितपित गर्ने।
53657 पितर ना. पितृ; देउपितर।
53658 पितल ना. हे. पित्तल।
53659 पितले वि. हे. पित्तले।
53660 पिता ना. आफूलाई जन्माउने व्यक्ति; जन्मदाता; बाबु; जनक।
53661 पिताजी/ज्यू ना. बुबा (आदरार्थी एवं औपचारिक प्रयोग)।
53662 पिताम ना. कुनै काम गर्ने वा कसैलाई जित्ने शक्ति; तागत; प्रताप।
53663 पितामह ना. आफ्ना बाबुको बाबु; बाजे; हजुरबा।
53664 पितामही ना. आफ्ना बाबुकी आमा; बज्यै; हजुरआमा; हजुरबाकी पत्नी।
53665 पितिकपितिक क्रि.वि. पितपित; पितिति; पितितिति।
53666 पितिक्क वि. १. अलिकति; थोरै (घिउ, अचार, दही, गुहु , गोबर आदि जस्ता लेदो पदार्थका सन्दर्भमा)। क्रि.वि.
53667 पितिक्क वि. २. लेदो पदार्थ थोरै मात्रामा दिने वा झार्ने गरी।
53668 पितित्त क्रि.वि. पिचिच्च; पितिति; पितपित।
53669 पितृ ना. १. मरेका बाबुबाजेहरू; दिवङ्गत भएका आफ्ना पुर्खा।
53670 पितृ ना. २. प्रेतको अवस्थाबाट मुक्त भएका पूर्वज।
53671 पितृ ना. ३. सनातनी विश्वासअनुसार पितृलोकको निवासी।
53672 पितृ ॠण ना. धर्मशास्त्रअनुसार जन्मजात तीन ॠण (देवॠण, ॠषिॠण र पितृॠण) मध्ये तेस्रो ॠण; पुत्रोत्पत्तिपछि मात्र मुक्ति पाइने ॠण।
53673 पितृकर्म/कार्य ना. पितृका निम्ति गरिने तर्पण, श्राद्ध आदि कर्म।
53674 पितृकुल ना. १. आफ्ना बाबुको वंश; बाबुतर्फका बन्धुबान्धव।
53675 पितृकुल ना. २. माइतीकुल; माइतीखलक।
53676 पितृकृत्य/क्रिया ना. पितृकर्म।
53677 पितृगण ना. १. पितृहरूको समूह।
53678 पितृगण ना. २. मरीचि मुनिका अग्निष्वात्त सोमपा आदि छोराहरू।
53679 पितृगृह ना. छोरीचेलीका लागि पितृगृह; माइतीघर; माइती; बाबुको घर।
53680 पितृघात ना. पितृहत्या।
53681 पितृघातक/घाती वि. १. बाबुलाई मार्ने; पितृहत्या गर्ने।
53682 पितृघातक/घाती वि. २. बाबुको अनिष्ट गर्ने; बाबुको कुभलो गर्ने। ना.
53683 पितृघातक/घाती वि. ३. त्यस प्रकारको कुभलो वा हत्या गर्ने व्यक्ति।
53684 पितृतन्त्र ना. १. बाबु वा घरको बुढोपाको व्यक्तिका अनुशासनमा परिवार वा जातिका सदस्यहरूले बस्नुपर्ने मानव समाजको पुरानो शासनव्यवस्था; थकालीतन्त्र (हाम्रो तराई र भित्री मधेसमा बस्ने थारूहरूमा यस्तो चलन अझै कताकतै पाइन्छ)।
53685 पितृतन्त्र ना. २. पितृसत्ता।
53686 पितृतर्पण ना. पितृहरूका निम्ति अर्पण गरिने कुशसहितको जलाञ्जलि; पितृहरूका निमित्त दिइने तर्पण।
53687 पितृतिथि ना. १. बाबुको मृत्यु भएको तिथि; बाबु मरेको दिन।
53688 पितृतिथि ना. २. मरेका बाबुको वार्षिक श्राद्ध गर्ने तिथि।
53689 पितृतिथि ना. ३. अमावस्या।
53690 पितृतीर्थ ना. १. हिन्दुहरूको पितृकार्य गरिने गया, ब्रह्मकपाली आदि तीर्थ।
53691 पितृतीर्थ ना. २. चोर औँला र बुढी औँलाका बिचको हत्केलाको छेउ भाग।
53692 पितृत्व ना. १. पिता हुनाको भाव।
53693 पितृत्व ना. २. पिताका नाताले पूरा गर्नुपर्ने दायित्व।
53694 पितृदान ना. श्राद्धका दिन अथवा औँसी तिथिमा पितृका नाममा ब्राह्मणलाई दिइने दान।
53695 पितृदाय ना. पिताबाट छोराहरूले पाएको सम्पत्ति; पैत्रिक सम्पत्ति; अंश।
53696 पितृदेव ना. १. पितालाई देवताका रूपमा मान्ने व्यक्ति; पितालाई देवता सम्झने व्यक्ति।
53697 पितृदेव ना. २. पिताज्यू।
53698 पितृपक्ष ना. पितृहरूका उद्देश्यले श्राद्ध गरिने आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका जम्मा सोह्र दिन; सोह्रश्राद्ध; सोह्रसराद।
53699 पितृभक्त वि. बाबुको सेवाशुश्रूषा गर्ने र बाबुले भनेको मान्ने; बाबुको भक्त।
53700 पितृभक्ति ना. १. बाबुको सेवाशुश्रूषा।