Dictionary

All Word

53601 पिठौली ना. पिठाउली; सतीबयर।
53602 पिठ्युँ ना. हे. पिठिउँ।
53603 पिठ्यू ना. हे. पिठिउँ।
53604 पिडा ना. जङ्गली भैँसीको पाडो; अर्नाको बच्चो।
53605 पिडार ना. लाम्चा पात, सेता फूल र पहेँला फल फल्ने; भाँच्दा सेतो दुध निस्कने एक जातको वृक्ष वा त्यसैको फल।
53606 पिड्को ना. सानोतिनो खटिरो वा पिलो; पिप्सो; पिउसो।
53607 पिढिया ना. गोरु वा राँगाले हाँक्ने गाडामा बैलवान बस्ने ठाउँनिरको च्याप्टो काठ; पिडिया।
53608 पिण्ड ना. १. सानो वा ठुलो कुनै खँदिलो डल्लो; गोलाकार कुनै वस्तु; बाटुलो पदार्थ।
53609 पिण्ड ना. २. श्राद्धमा पितृका नाममा छोरा वा नाति आदिद्वारा चढाइने भात वा जौको पिठाको डल्लो; पितृलाई दिने उद्देश्यले बाटिएको भात वा जौको डल्लो।
53610 पिण्ड ना. ३. मन नपरीकन कसैलाई दिएको खानेकुरा।
53611 पिण्ड ना. ४. शरीर; देह।
53612 पिण्ड ना. ५. गाँस।
53613 पिण्ड ना. ६. अर्काले दिएको खानेकुरा (तुच्छार्थमा)।
53614 पिण्डक ना. १. कुत (ऐति.)।
53615 पिण्डक ना. २. जमिन नाप्ने अड्डा।
53616 पिण्डकन्द ना. पिँडालु।
53617 पिण्डकर ना. प्राचीन कालमा ग्रामवासीहरूमाथि लगाइएको एक प्रकारको भूमिकर।
53618 पिण्ड खर्जुरिका ना. सानो जातको डल्ले फल फल्ने खजुर; थाकल।
53619 पिण्ड खाने ना. १. ज्यादै बुढो।
53620 पिण्ड खाने ना. २. दुर्घटनाको सम्भावनालाई उपेक्षा गरी हिँड्ने वा काम गर्ने।
53621 पिण्डज ना. १. गर्भमै आकार ग्रहण गरेर जन्मने जन्तु; जरायुज। वि.
53622 पिण्डज ना. २. त्यस प्रकार जन्मेको (मान्छे, पशु इ.)।
53623 पिण्डद वि. १. पितृलाई पिण्ड-पानी दिने; पितृका उद्देश्यले श्राद्ध गर्ने।
53624 पिण्डद वि. २. खान-लाउन दिएर पाल्ने। ना.
53625 पिण्डद वि. ३. पितृलाई पिण्डपानी दिने व्यक्ति; श्राद्ध गर्ने व्यक्ति।
53626 पिण्डद वि. ४. छोरो।
53627 पिण्डद वि. ५. सन्तान।
53628 पिण्डदान ना. पितृहरूका उद्देश्यले पिण्ड दिने काम; श्राद्धमा पितृहरूका नाममा पिण्ड चढाउने काम।
53629 पिण्डपानी ना. पितृहरूका नाममा चढाइने पिण्ड र जल; श्राद्धमा गरिने पिण्डदान र तर्पण।
53630 पिण्डमुछौनी ना. १. बाह्र दिनसम्म प्रेतका निम्ति पिण्ड पकाउनाका लागि दुध दुहुन प्रयोग गरिने गाई।
53631 पिण्डमुछौनी ना. २. पिण्ड बटार्ने कार्य।
53632 पिण्डयज्ञ ना. पितृहरूका निम्ति गरिने यज्ञ; पितृहरूलाई पिण्ड दिने र तर्पण गर्ने कार्य; सराद; पितृकार्य।
53633 पिण्डराशि ना. किस्ताका रूपमा पटकपटक गरी नदिएर एकमुष्ट वा एकै पटक दिइने रकम; एकमुस्ट रकम; डक्क रकम।
53634 पिण्डलोप ना. १. पिण्डदाताहरूमध्ये छोरा वा छोरीतर्फका कोही जीवित नहुनाले पितृको श्राद्ध रोकिने र पिण्डपानी नपाउने स्थिति; पिण्ड दिने काममा अवरोध।
53635 पिण्डलोप ना. २. अपुताली।
53636 पिण्डलोप ना. ३. वंशलोप।
53637 पिण्डसर्जाम ना. ढिकुरामा मृतकको प्रेतकर्म गर्दा दिइने पिण्डको सामग्री।
53638 पिण्डस्थाने पिण्ड ना. १. पिण्डका ठाउँमा पिण्ड नै हुने स्थिति।
53639 पिण्डस्थाने पिण्ड ना. २. जस्तो पहिले थियो त्यस्तै हुने प्रक्रिया; कुनै व्यक्ति वा वस्तुमध्ये पहिले जो जहाँ थियो त्यहीँ रहने स्थिति; यथास्थिति।
53640 पिण्डी ना. १. गोलाकारको सानो वस्तु; कुनै वस्तुको सानो डल्लो।
53641 पिण्डी ना. २. सानो पिण्ड।
53642 पिण्डे वि. १. पिण्डाकारको; डल्लो आकारको पिण्डजस्तो।
53643 पिण्डे वि. २. पिण्डको; पिण्डसम्बन्धी; सपिण्डी।
53644 पिण्डे वि. ३. कहिले निको नहुने (रोग वा रोगी)।
53645 पिण्डेबिदा ना. श्राद्ध गर्नका निम्ति पाइने बिदा।
53646 पिण्डेभाइ ना. जुठो सूतक लाग्ने र मर्दा पिण्ड- तर्पण दिनुपर्ने नजिकको दाजुभाइ; सपिण्डी दाजुभाइ।
53647 पिण्डेरोग ना. कहिल्यै निको नहुने रोग; क्रनिक रोग।
53648 पिण्डेरोगी वि. सधैँ रोग लागिरहने; कहिल्यै रोगले नछोड्ने; सधैँको रोगी; दीर्घरोगी।
53649 पिण्डोपजीवी वि. अर्काले दिएको अन्नका भरमा बाँचेको; परान्नजीवी; भतुवा।
53650 पितपित क्रि.वि. १. गिलो पदार्थ थिचिएर वा निचोरिएर बारबार अलिकति बाहिर निस्कने गरी; पिचपिच। ना.