Dictionary

All Word

53851 पिर्नु स.क्रि. २. नचाहिँदो वा दिक्कलाग्दो कुरा बारबार गरिरहनु; कचकच गर्नु; टोकस्नु।
53852 पिर्नु स.क्रि. ३. भूतप्रेत आदिका कारणले गर्दा कुनै घर-जग्गा आदि नफाप्नु; पिरपिराउ हुनु।
53853 पिर१ ना. डन्डीबियोका खेल खेल्दै जाँदा अवस्थानुसार भनिने सातको सङ्ख्या; सिट्ठो।
53854 पिर२ ना. सल्लाको पात; पिरल; पिरौल; सल्लेपिर; सल्लेबिर।
53855 पिर३ ना. १. पुजारी।
53856 पिर३ ना. २. साधुसमाज वा मठका अधिष्ठाता; मठाधीश; महन्त (खास गरी गोरखपन्थमा)।
53857 पिर३ ना. ३. मुसलमानहरूका सिद्ध महात्मा; मुसलमानहरूका धर्मगुरु।
53858 पिर४ ना. १. कुनै हानिनोक्सानी हुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा हुने मानसिक ताप; चिन्ता।
53859 पिर४ ना. २. डन्डीबियो आदिका खेलमा बाजी हार्नेलाई जित्नेले लाउने एक किसिमको दण्ड; पिर।
53860 पिरपिर क्रि.वि. १. लुगा आदि अलिअलि गरेर च्यातिँदाको झैँ ध्वनि उत्पन्न गरेर।
53861 पिरपिर क्रि.वि. २. पिरो स्वाद उत्पन्न गरी। वि.
53862 पिरपिर क्रि.वि. ३. त्यस्तो ध्वनि वा स्वाद उत्पन्न गर्ने; पिरपिरे।
53863 पिरपिर क्रि.वि. ४. पिरपिर च्यातिने; कमजोर। ना.
53864 पिरपिर क्रि.वि. ५. त्यस्तो ध्वनि वा स्वाद।
53865 पिरपराइ ना. पिरपिर गर्ने क्रिया वा प्रक्रिया।
53866 पिरपिराइनु अ.क्रि. पिरपिराउने होइनु।
53867 पिरपिराउ ना. १. लोकविश्वासअनुसार भूत, प्रेत आदि लाग्नाले वा अभिचारीसम्बन्धी कर्मबाट शारीरिक वा मानसिक रूपमा कष्ट हुने क्रिया; फाप नहुने स्थिति; अफाप; बिगार।
53868 पिरपिराउ ना. २. अरू कसैबाट हुने वा दिइने धेरै कुराको दुःखकष्ट; परपीडा।
53869 पिरपिराउनु अ.क्रि. पिरपिर शब्द वा स्वाद उत्पन्न हुनु।
53870 पिरपिराहट ना. पिरपिराउने वा पिरपिर गर्ने क्रियाप्रक्रिया।
53871 पिरपिरे ना. १. सनईजस्तो गरेर बज्ने एक प्रकारको बाजा। वि.
53872 पिरपिरे ना. २. पिरपिर स्वाद पैदा गर्ने।
53873 पिरपिरे ना. ३. पिरपिरको ध्वनि वा आवाज निकाल्ने।
53874 पिरमर्का ना. १. कुनै सामाजिक, प्राकृतिक आदि कारणबाट वा कसैद्वारा भएको हानिनोक्सानी।
53875 पिरमर्का ना. २. आपत्-विपत्।
53876 पिरमर्का ना. ३. सङ्कट।
53877 पिरल ना. सल्लाको पात; पिरौल; सल्लेपिर; सल्लेबिर।
53878 पिरलाइ ना. पिरोलाइ।
53879 पिरलाइनु क.क्रि. पिरोलाइनु।
53880 पिरलाउनु प्रे. क्रि. पिरोलाउनु।
53881 पिरलाहट ना. पिरोलाहट।
53882 पिरलाहा वि. पिरोलाहा।
53883 पिरलो ना. १. कुनै हानि- नोक्सानी हुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा हुने मानसिक ताप; पिर।
53884 पिरलो ना. २. झिँजोलाग्दो काम; पिरोल्ने काम।
53885 पिरलो ना. ३. टोकसो।
53886 पिरल्याइँ ना. पिरल्ने चाला; पिरलोपन; पिरोल्याइँ।
53887 पिरा ना. काठको फल्याकबाट बनाइएको, विशेष गरेर भात खाँदा बस्ने, बाटुलो वा चारपाटे आसन; पिर्का; पिरुका।
53888 पिराइ ना. १. पिर्ने भाव, क्रिया वा प्रक्रिया। [पिराउ+आइ]
53889 पिराइ ना. २. पिराउने भाव, क्रिया वा प्रक्रिया।
53890 पिराइनु क.क्रि. पिर्न लाइनु।
53891 पिराउनु स.क्रि. १. पिर्ने काम गर्नु; दुःख-कष्ट दिनु; सताउनु; सास्ती दिनु। प्रे.क्रि.
53892 पिराउनु स.क्रि. २. पिर्ने तुल्याउनु; पिर्न लाउनु।
53893 पिराहट ना. पिराइ।
53894 पिराहा वि. १. जन्मलग्नमा अरूलाई दुःख दिने ग्रह परेको; अर्कालाई दुःख दिने; दुःखदायी।
53895 पिराहा वि. २. नसहने; नफाप्ने; अफाप।
53896 पिराहा वि. ३. पिर्ने स्वभावको; पिरोल्ने।
53897 पिराही वि. पिराहा स्वभावकी (आइमाई )।
53898 पिरिक्क क्रि.वि. लुगाफाटा च्यातिने र भाँडाकुँडा चर्कने वा फुट्ने गरी; पिर्र।
53899 पिरिङ्गो ना. साना भालाकारका पात हुने, सेतो फुल्ने र लाम्चो किसिमको फल फल्ने, आयुर्वेदमा ठन्डा गर्ने र पेटको रोग निको पार्ने भनिएको एक प्रकारको बुटी।
53900 पिरिनु अ.क्रि. १. पिर वा चिन्ता लिइनु। क.क्रि.