Dictionary

All Word

54301 पुटित वि. २. पुटपाक गरिएको।
54302 पुटित वि. ३. अघि र पछि कुनै मन्त्र पढेर आदिदेखि अन्तसम्म पाठ गरिएको (चण्डी आदि )।
54303 पुटिन ना. खापामा ऐना अड्याउन वा प्वालहरू टाल्नका निम्ति सिकर्मीहरूले प्रयोग गर्ने लेदो मसला; पुल्टिन।
54304 पुटी ना. १. सानो दुनु।
54305 पुटी ना. २. पुडिया।
54306 पुटु ना. पुस्तक बाँध्ने बासाको फित्ता वा तुनु।
54307 पुटुक्क क्रि.वि. १. सानोतिनो वस्तु एकै चोटि भाँचिने गरी।
54308 पुटुक्क क्रि.वि. २. रोटी, गाला आदि फुल्ने वा उक्सने गरी; पुट्ट; भुक्क, फुक्क।
54309 पुटुक्क क्रि.वि. ३. सानो र राम्रो हुने किसिमले।
54310 पुटुपुटु क्रि.वि. १. मिठो बोलीमा केटाकेटीले नधकाईकन बोलेर।
54311 पुटुपुटु क्रि.वि. २. पुटपुटती।
54312 पुट्ट क्रि.वि. हे. पुटुक्क।
54313 पुट्टो ना. हे. पुट्टा।
54314 पुट्ठा ना. १. चाकदेखि मास्तिरको दुई खण्डमा विभाजित मांसल भाग; फिलो; पुट्ठो।
54315 पुट्ठा ना. २. तिघ्राको मांसल भाग।
54316 पुट्ठा ना. ३. नितम्ब।
54317 पुट्ठे वि. १. पुट्ठावाल।
54318 पुट्ठे वि. २. पुष्ट; मोटो।
54319 पुट्ठे हाड ना. पुट्ठाको हाड; टुइँके हाड।
54320 पुठ ना. १. गाह्रोसाङ्ग्रो पर्दा आडभर दिने काम; आड; भरोसा; पुठ।
54321 पुठ ना. २. कुनै काममा प्रवृत्त हुन वा गर्न दिइने प्रेरणा।
54322 पुठिया ना. एक प्रकारको माछो; पोथी माछो; कत्ले माछो; पोठिया।
54323 पुठो ना. फुस्रो रङको डाँठ हुने एक जातको गुलियो उखु।
54324 पुडिया ना. भित्रपट्टि औषधी वा अरू कुनै वस्तु राखी बाहिरबाट बेह्रिएको कागतको सानो पोको; पुरिया।
54325 पुड्का वि. पुड्को।
54326 पुड्कापुड्की ना. १. होचो कद भएका मानिसहरूको समूह; पुड्काहरूको समूह।
54327 पुड्कापुड्की ना. २. पुड्का र पुड्की।
54328 पुड्किनु अ.क्रि. १. पुड्को हुनु।
54329 पुड्किनु अ.क्रि. २. पुड्को होइनु।
54330 पुड्के वि. धेरै नबढेको; होचो कदको; बाउन्ने।
54331 पुड्को वि. १. उमेरअनुसार नबढेको; होचो कदको; उचाइ नभएको; बाउन्ने; बामपुड्के।
54332 पुड्को वि. २. डल्ले; गर्चो।
54333 पुड्क्याइँ ना. पुड्को हुनाको भाव वा अवस्था; पुड्कोपन।
54334 पुणे वि. हे. पुँडे।
54335 पुणे उखु ना. फुस्रो रङको डाँठ हुने एक जातको मोटो, गुलियो उखु; पुणे।
54336 पुण्ड/पुण्ड्र ना. चन्दन वा विभूतिको तिलक; टिको।
54337 पुण्डरीक ना. १. सेतो कमल; कमल।
54338 पुण्डरीक ना. २. तिलक।
54339 पुण्डरीकाक्ष वि. १. कमलको फूलका पत्रजस्ता आँखा हुने। ना.
54340 पुण्डरीकाक्ष वि. २. विष्णु।
54341 पुण्ड्र ना. हे. पुण्ड।
54342 पुण्य ना. १. धार्मिक विश्वासअनुसार असल काम वा परोपकारबाट प्राप्त हुने शुभ फल।
54343 पुण्य ना. २. धार्मिक दृष्टिबाट शुभ फल दिने काम; धर्मकार्य।
54344 पुण्य ना. ३. यस लोकमा पनि राम्रो सम्झिने र परलोकमा पनि शुभ फल दिने काम। वि.
54345 पुण्य ना. ४. पवित्र; शुद्ध।
54346 पुण्य ना. ५. शुभ; असल।
54347 पुण्यकर्म ना. पुण्य प्राप्त हुने काम; धर्म हुने काम।
54348 पुण्यकाल ना. १. दानपुण्यादि धार्मिक कार्य र अन्य पवित्र कार्य गर्ने समय।
54349 पुण्यकाल ना. २. प्रातःकाल।
54350 पुण्यकीर्ति ना. १. पछिकाले सम्झँदा वा गाउँदा पुण्य प्राप्त हुने कीर्ति।