Dictionary

All Word

54401 पुतवार ना. हे. पुतुवार।
54402 पुता ना. छोरो; पुतो; पुत्र (उदा.- बुढेसकालको पुता यता न उता - उखान)।
54403 पुतारी ना. स्वास्नी।
54404 पुती ना. स्त्रीको जननेन्द्रिय; पुती; भग; योनि।
54405 पुतु/पुतुरो ना. स्त्रीको जननेन्द्रिय; भग; योनि।
54406 पुतुवार ना. १. नेवारहरूमा डुइयाँसरहको एक जातिलाई पृथ्वीनारायण शाहद्वारा नुवाकोटयुद्धमा दिइएको उपाधि।
54407 पुतुवार ना. २. नेवार-जातिको एक वर्ग; डुइयाँसरहको एक जाति।
54408 पुतो१ ना. पुत्र; छोरो; पूत।
54409 पुतो२ ना. रोप्नका लागि तयार पारिएको धानको बिरुवा; बिउ; गावा।
54410 पुतौरो ना. स्त्रीको जननेन्द्रियका लागि प्रयोग गरिने शब्द।
54411 पुत्को१ ना. सानो जातको एक किसिमको माहुरी; कठ्यौरी; झिँगौरी।
54412 पुत्को२ ना. धुवाँ आदिको सानो मुस्लो।
54413 पुत्त क्रि.वि. एकै बाजि पुतपुत हुने गरी; त्यसरी धुवाँको मुस्लो उठेर।
54414 पुत्तलिका ना. १. पुतली।
54415 पुत्तलिका ना. २. मनुष्य आदिका आकारमा बनाइएको केटाकेटीको खेलौना; खेल्ने पुतली।
54416 पुत्ताइ ना. पुत्त धुवाँको मुस्लो उठ्ने क्रिया वा प्रक्रिया।
54417 पुत्ताइनु अ.क्रि. पुत्त मुस्लो उठ्ने होइनु।
54418 पुत्ताउनु अ.क्रि. पुत्त मुस्लो उठ्ने हुनु।
54419 पुत्ताहट ना. पुत्ताइ।
54420 पुत्तिका ना. १. रङ-बिरङका पखेटा हुने धानमा लाग्ने एक जातको किरो।
54421 पुत्तिका ना. २. धानमा लाग्ने सेतो किरो।
54422 पुत्तिका ना. ३. एक जातको माहुरी।
54423 पुत्ने छोरो ना. मित-मितेनीको छोरो।
54424 पुत्ने छोरी ना. मित-मितेनीकी छोरी।
54425 पुत्याहा ना. सन्तान चाहिनेहरूले भाकलअनुसार सन्तान पैदा भएपछि दिने पूजा; बलि।
54426 पुत्याहा भाकल ना. सन्तानको कामना राखेर गरिने भाकल।
54427 पुत्याहा भाग ना. पुत्याहा भाकल गर्नेले पुत्याहाका लागि छुट्ट्याएको भाग।
54428 पुत्र ना. छोरो।
54429 पुत्रक ना. १. छोरो।
54430 पुत्रक ना. २. सानो छोरो।
54431 पुत्रक ना. ३. धर्मपुत्र।
54432 पुत्रवधू ना. आफ्ना छोराकी पत्नी; बुहारी।
54433 पुत्रवती वि. छोरो भएकी (स्त्री); छोरोवाली (स्त्री)।
54434 पुत्रवान् वि. छोरो भएको; छोरोवाला (पुरुष)।
54435 पुत्रार्थी वि. पुत्रप्राप्तिको इच्छा गर्ने; छोरो पाउने चाहना भएको; छोरो पाउन इच्छुक; पुत्रेच्छुक (पुरुष)।
54436 पुत्रिका वि. १. छोरी।
54437 पुत्रिका वि. २. सानी छोरी।
54438 पुत्रिका वि. ३. छोरीका रूपमा पालिएकी बालिका; धर्मपुत्री।
54439 पुत्रिका पुत्र ना. छोरीतिरको नाति।
54440 पुत्रिणी वि. छोरो भएकी; पुत्रवती।
54441 पुत्री ना. १. छोरी।
54442 पुत्री ना. २. दुर्गा।
54443 पुत्रेष्टि ना. पुत्रप्राप्तिका लागि शास्त्रले बताएको विधिअनुसार गरिने यज्ञयागादि।
54444 पुत्ला ना. १. जुत्ताको कुर्कुच्चामा पर्ने सिलाइको जोर्नीलाई छोपिराख्ने छालाको टुक्रा; पुतली।
54445 पुत्ला ना. २. पुत्लो।
54446 पुत्ले वि. निधारमा पुत्लो भएको; तारे; चाँदे।
54447 पुत्ले पाङ्ग्रे वि. टाटेपाङ्ग्रे।
54448 पुत्लो१ ना. १. कुनै मानिसमाथि मारण, मोहन, उच्चाटन आदि तान्त्रिक विधिको प्रयोग गर्न धामी, झाँक्री वा बोक्सी आदिले प्रयोगार्थ लिएको कसैको जिउको लुगा, रौँ आदि।
54449 पुत्लो१ ना. २. लुगाफाटाको टुक्रो; चिल्थो।
54450 पुत्लो१ ना. ३. पुत्ला।