Dictionary

All Word

54451 पुत्लो२ ना. १. सेतो, ज्यादै नरम प्वाँख हुने, भकारीमा राखेको धानमा लाग्ने, उड्ने सानो जातको किरो।
54452 पुत्लो२ ना. २. घोइरे पुतली; घोत्ले पुतली (तुल. अङ्. मोथ)।
54453 पुत्लो३ ना. केराको बोटको टुसो वा गुभो।
54454 पुत्लो४ ना. १. आत्मा।
54455 पुत्लो४ ना. २. प्राण; प्राणतत्त्व।
54456 पुत्लो४ ना. ३. जीवतत्त्व; सत्त्व।
54457 पुदिना ना. बाबरी झारको जस्तो पात हुने, वनस्पतिविज्ञानका दृष्टिले बाबरीकै जातको, साधारण, हरिया, बास्ना आउने पात हुने, सानासाना फूल फुल्ने एवम् अचार आदि खाइने एक प्रकारको झार; बाबरीझार।
54458 पुदिनाझार ना. १. पुदिना।
54459 पुदिनाझार ना. २. सिलामका जस्ता पात हुने एक थरी झार।
54460 पुन: क्रि.वि. अर्को पटक; फेरि।
54461 पुनः परीक्षण ना. १. कुनै परीक्षकले एकपल्ट जाँचिसकेको उत्तरपुस्तिकालाई ठिकसँग जाँचिएको छ-छैन भनी पुनः अर्को परीक्षकले जाँच्ने काम; सम्परीक्षण।
54462 पुनः परीक्षण ना. २. आफूले दिएको जाँचको प्राप्ताङ्क सन्तोषप्रद नलागी नियमानुसार निवेदन दिएमा सम्बन्धित उत्तरपुस्तिकालाई फेरि जँचाउने काम।
54463 पुनः परीक्षण ना. ३. एकपल्ट परीक्षण भइसकेको कुराको फेरि परीक्षण गराउने काम।
54464 पुनःपरीक्षा ना. कुनै परीक्षामा सम्मिलित कुनै विद्यार्थी त्यस परीक्षामा असफल भएमा त्यसै परीक्षालाई नियमानुसार फेरि दिन पाउने व्यवस्था।
54465 पुनःप्रवेश ना. कुनै शिक्षण-संस्थामा पढिरहेको छात्रको नाम कारणवश एकपल्ट काटियो भने फेरि नाम लेख्ने काम।
54466 पुनःप्रवेश शुल्क ना. १. शिक्षण-संस्था वा अन्य सङ्घ-संस्थाको सदस्य भएका व्यक्तिको सदस्यताको अवधि नियमानुसार समाप्त भएपछि फेरि सदस्य बन्नका लागि लाग्ने शुल्क।
54467 पुनःप्रवेश शुल्क ना. २. शिक्षण-संस्थामा पढिरहेको छात्रको नाम कारणवश काटिएपछि फेरि नाम लेखाउनका लागि लाग्ने शुल्क।
54468 पुनर् क्रि.वि. फेरि; पुनः (केही सघोष ध्वनिका साथ सन्धि हुँदाको 'पुनः' को रूप जस्तै- पुनर्विचार, पुनर्निर्माण इ.)।
54469 पुनरधिनियम ना. पुनर्विधायन।
54470 पुनरपि क्रि.वि. फेरि पनि; फेरि।
54471 पुनरवलोकन ना. एकपल्ट सर्वोच्च अदालतबाट निर्णय भई जितहार भइसकेको मुद्दामामिलामा हार्नेले चित्त नबुझी मुद्दा फेरि दोहोऱ्याउनका लागि प्रधान न्यायाधीशसमक्ष निवेदन दिएमा सो निवेदनका आधारमा उक्त मुद्दा फेरि हेरिने वा दोहोरिने कानुनी प्रक्रिया; रिटउपर गरिने कार्बाही; पुनरावलोकन।
54472 पुनरस्त्रीकरण ना. १. सेनालाई नयाँनयाँ आधुनिक शस्त्रास्त्रले सुसज्जित गर्ने काम।
54473 पुनरस्त्रीकरण ना. २. शस्त्रास्त्राविहीन पारिएको कुनै देशको सेनालाई फेरि शस्त्रास्त्रले युक्त पार्ने काम।
54474 पुनरस्त्रीकरण ना. ३. शस्त्रास्त्रको भण्डारलाई फेरि बढाउने काम।
54475 पुनरागमन ना. १. एकपल्ट गइसकेको व्यक्ति वा वस्तु फेरि आउने काम; फर्केर फेरि आउने काम।
54476 पुनरागमन ना. २. फेरि जन्म लिने काम; पुनर्जन्म।
54477 पुनरारोपण ना. १. काटिएर वा भाँचिएर छुट्टिएका वा कुनै कारणले काम नलाग्ने भएका अङ्गलाई फाली अर्काको अङ्ग जोडेर पहिलेको जस्तै पार्ने क्रिया।
54478 पुनरारोपण ना. २. एकपल्ट फाँडिएर खुइलिएको ठाउँमा फेरि बोटबिरुवा लगाउने कार्य।
54479 पुनरालोकन ना. पुनरवलोकन।
54480 पुनरावर्तक वि. १. एकपल्ट गइसकेको कुरालाई फेरि फर्काउने।
54481 पुनरावर्तक वि. २. फेरिफेरि फर्कने।
54482 पुनरावर्तन ना. पुनरागमन।
54483 पुनरावर्ती वि. एकपल्ट गएर फेरि फर्कने; फेरि-फेरि आउने।
54484 पुनरावलोकन ना. हे. पुनरवलोकन।
54485 पुनरावृत्त वि. फेरि आवृत्ति गरिएको; पुनः दोहोऱ्याइएको।
54486 पुनरावृत्ति ना. १. एकपल्ट भइसकेको कुरा फेरि दोहोरिने वा गरिसकेको कुरालाई फेरि दोहोऱ्याउने काम।
54487 पुनरावृत्ति ना. २. नयाँ आवृत्ति।
54488 पुनरावेदक ना. पुनरावेदन दिने व्यक्ति।
54489 पुनरावेदन ना. तल्लो अदालतबाट निर्णय भई हारजित भइसकेपछि हार्ने पक्षले आफ्नो चित्त नबुझेका कुराको जिकिरसहित माथिल्लो अड्डामा विचारार्थ पेस गरिने प्रार्थनापत्र; तल्लो अदालतबाट हार्नेले पुनः विचार गरियोस् भनी माथिल्लो अड्डामा दिने निवेदन।
54490 पुनरावेदन पत्र ना. पुनरावेदन।
54491 पुनरीक्षण ना. १. कुनै कुरा छुटेको, भुल भएको वा संशोधन गर्नुपर्ने दृष्टिले अड्डाअदालतका कागतपत्र, पुस्तक, लेख, रचना वा आयव्ययको बेहोरा आदि सुरुदेखि नै हेर्ने वा पढ्ने काम; कागतपत्र, पुस्तक, लेख, रचना वा आयव्ययको बेहोरा आदि संशोधन गर्ने काम।
54492 पुनरीक्षण ना. २. मुद्दामा गरिएको निर्णय वा फैसला ठिक भएनभएको बुझ्न दोहोऱ्याएर हेर्ने काम।
54493 पुनरीक्षित वि. पुनरीक्षण गरिएको; संशोधित।
54494 पुनरीक्षित पाठ ना. पुनरीक्षण गरिएको पाठ; संशोधित पाठ।
54495 पुनरुक्त वि. १. एकपल्ट भनिसकिएको कुरा फेरि भनिएको; दोहोऱ्याइएको।
54496 पुनरुक्त वि. २. पुनरावृत्त।
54497 पुनरुक्तवदाभास ना. १. वास्तवमा नभनिएको वा नदोहोरिएका कुराको भनिएको वा दोहोरिएको जस्तो प्रतीति।
54498 पुनरुक्तवदाभास ना. २. साहित्यमा नभनिएको वा नदोहोरिएको कुरा भनिएको वा दोहोरिएको जस्तो प्रतीत भएको देखाउँदा पर्ने अलङ्कार।
54499 पुनरुक्ति ना. एकपल्ट भनिसकिएको कुराको पुनः कथन; कुनै कुरालाई दोहोऱ्याएर भन्ने काम।
54500 पुनरुत्थान ना. १. एकपल्ट तल खसेर फेरि माथि उठ्ने काम।