Dictionary

All Word

54551 पुनर्मुद्रण ना. २. फेरि टाइप गर्ने कार्य।
54552 पुनर्मुद्रित वि. १. एकपल्ट छापिएको पुस्तक, पत्रपत्रिका आदिको खपत भइसकेपछि फेरि छापिएको।
54553 पुनर्मुद्रित वि. २. फेरि दोहोरिएर टाइप गरिएको।
54554 पुनर्मूल्यन ना. कुनै वस्तु वा मुद्रा आदिको मूल्यमा अन्यत्र फेरबदल हुँदा पनि नयाँ मूल्यमै लिइएको अडान।
54555 पुनर्योग ना. १. परीक्षामा पाएको अङ्कमा चित्त नबुझी नियमानुसार निवेदन दिएमा पुनः जोड्ने काम।
54556 पुनर्योग ना. २. दोहोऱ्याएर गरिने जोड।
54557 पुनर्रोपण ना. १. एक पटक रोपिएको ठाउँमा फेरि रोप्ने काम।
54558 पुनर्रोपण ना. २. एक पटक बिरुवा आदि उखेलेर त्यस ठाउँमा फेरि पनि बिरुवा आदि रोप्ने काम।
54559 पुनर्लेखन ना. कुनै पुस्तक, पत्रपत्रिकाका सामग्री आदिलाई मूल सामग्रीका आधारमा प्रकारान्तरबाट लेख्ने काम।
54560 पुनर्लेखन समिति ना. एक पटक लेखिएका त्यस्ता सामग्रीलाई दोहोऱ्याई लेखेर तयार पार्न बनेको समिति।
54561 पुनर्वसु ना. अश्विनी आदि सत्ताइस नक्षत्रमध्ये एक; सातौँ नक्षत्र।
54562 पुनर्वास ना. कतैबाट लखेटिएर वा देशनिकाला भएर घरबारविहीन भएकाहरूलाई घरजग्गा दिई फेरि बसाउने काम; घरबारविहीन भएकाहरूको बसोबासोको प्रबन्ध मिलाउने काम।
54563 पुनर्वास कार्यक्रम ना. पुनर्वासका निम्ति सरकारी स्रोतबाट अँगालिएको कार्यक्रम।
54564 पुनर्वास योजना ना. पुनर्वास वा बसोबासोको समस्यासमाधानका लागि नयाँ बस्ती बसाउन सरकारी रूपमा तयार पारिएको योजना।
54565 पुनर्विचार ना. १. एकपल्टको विचारमा चित्त नबुझी गरिएको अर्को विचार।
54566 पुनर्विचार ना. २. एक पटकको विचार ठिक भए-नभएको जान्न गरिएको अर्को विचार।
54567 पुनर्विचार ना. ३. फेरि देखाइएको करुणा, दया वा सहानुभूति।
54568 पुनर्विचार न्यायाधिकरण ना. विशेष प्रकृतिका मुद्दामामिलाका सम्बन्धमा फेरि विचार गर्न खडा भएको विशेष अदालत।
54569 पुनर्विचार न्यायालय ना. तल्लो तहको अदालतमा निर्णय भइसकेको मुद्दामामिलाका सम्बन्धमा फेरि विचार गर्ने माथिल्लो तहको अदालत; पुनरावेदन सुन्ने अदालत।
54570 पुनर्विधायन ना. भइरहेको कुनै विधान, ऐन, कानुन, नियम, अधिनियम आदिको पुनः तर्जुमा गर्ने काम; पुनरधिनियम।
54571 पुनर्विलोकन ना. १. तल्लो तहको अदालतले तोकेको दण्ड, जरिवाना वा दिएको कुनै आदेशका सम्बन्धमा माथिल्लो तहको अदालतले फेरि विचार गर्ने काम।
54572 पुनर्विलोकन ना. २. एक तहले छिनेर तोक लगाइसकेको मामिला अर्को तहले फेरि दोहोऱ्याउने वा उल्टाउने काम।
54573 पुनर्विलोकन ना. ३. बितिसकेको घटनाका सम्बन्धमा फेरि विचार गर्ने काम।
54574 पुनर्विवाह ना. एक पटक विवाह भइसकेका स्त्री वा पुरुषको फेरि विवाह गर्ने काम; एक पटक विवाह भइसकेका स्त्री वा पुरुषको अर्कोपल्ट गरिने विवाह।
54575 पुनर्विवाहित वि. फेरि विवाह भएको।
54576 पुनर्विवाहिता वि. फेरि विवाह भएकी।
54577 पुनर्व्याख्या ना. एक पटक एक किसिमको व्याख्या भइसकेका कुराको फेरि व्याख्या; उस्तै वा भिन्न रूपमा दोहोऱ्याउने काम।
54578 पुनर्व्याख्यान ना. फेरि उही विषयमा दिइएको व्याख्यान वा प्रवचन।
54579 पुनश्च क्रि.वि. फेरि पनि।
54580 पुनश्चर्वण ना. एक पटक निलिसकेको कुरालाई उकेलेर फेरि चपाउने काम; उग्राउने काम; पागुर; उग्राइ।
54581 पुनस ना. १. पूर्वजन्म; धर्म तथा पुराणअनुसार अघिल्लो जुनी।
54582 पुनस ना. २. पूर्वजन्मका कर्मको फल; प्रारब्ध; भाग्य। (पुनसमा छैन भने केही पाइँदैन भन्ने कतिको धारणा छ तापनि वैज्ञानिक दृष्टिले यसलाई सत्य मानिएको छैन)।
54583 पुनीत वि. पवित्र; चोखो; शुद्ध।
54584 पुन्टे वि. सानो कदको; देख्दा राम्रो र मायालाग्दो; सानुसानु जिउडालको; पुटुक्क परेको।
54585 पुन्टो वि. पुड्को; भुन्टो।
54586 पुन्तुरो ना. पन्तरो।
54587 पुन्नाग ना. १. ससाना बाटुला पात, गुच्छाकार फल र सुगन्धयुक्त फूल हुने एक जातको चाँप।
54588 पुन्नाग ना. २. सेतो कमल।
54589 पुन्नाग ना. ३. जाइफल।
54590 पुमोरी ना. नेपालको सोलुखुम्बु जिल्लामा पर्ने एउटा हिमाली पर्वतश्रेणी; पुमोरी हिमाल।
54591 पुर्नु स.क्रि. १. खाल्टो वा गहिरो ठाउँलाई कुनै उपायले भर्नु।
54592 पुर्नु स.क्रि. २. खाडल वा गहिरो ठाउँलाई माटो आदि हाली उकास्नु।
54593 पुर्नु स.क्रि. ३. कुनै वस्तु खाल्टोमा हाली माटो आदिले छोप्नु।
54594 पुर्नु स.क्रि. ४. धनमाल आदि प्रशस्त दिनु; पोस्नु।
54595 पुर्नु स.क्रि. ५. जनैको धागो सङ्लनु।
54596 पुर ना. नगर; सहर; बजार।
54597 पुरतोरण/द्वार ना. नगरमा प्रवेश गर्ने मूल ढोका; सहरको बाहिरी ढोका; सहरको प्रथम प्रवेशद्वार; गोपुर।
54598 पुरनी१ ना. लाम्चा पात, काला गोला फल र राता डाँठ हुने, आयुर्वेदमा रुचिकारक र पथ्य गुण बताइएको एक जातको अङ्गुर वा दाखजातिको लहरो; सुपर्णी; पलाशी; पुरुनी।
54599 पुरनी२ ना. १. लुगामा धागोले भरिने बुट्टा।
54600 पुरनी२ ना. २. घरको भित्तामा कमेरो, रातो माटो, खोटो आदिले लेखेर बनाइने एक प्रकारको बुट्टा; भित्तिचित्र।