Dictionary

All Word

54701 पुरुषोत्तम ना. १. पुरुषहरूमा उत्तम; मनुष्यहरूमा श्रेष्ठ; उत्तम पुरुष।
54702 पुरुषोत्तम ना. २. विष्णु।
54703 पुरुषोत्तम महिना ना. पुरुषोत्तम मास।
54704 पुरुषोत्तम मास ना. मलमास; अधिकमास।
54705 पुरुरवा ना. पुराणप्रसिद्ध एक चन्द्रवंशी राजा; उर्वशीका मनुष्य- पति; बुधले इलाबाट जन्माएको छोरो; चन्द्रमाको नाति र अत्रिको पनाति।
54706 पुरेत ना. पुरोहित।
54707 पुरेत बाजे ना. पुरोहितका लागि प्रयोग हुने एक सम्मानवाची शब्द।
54708 पुरेत्याइँ ना. पुरोहितकर्म; जजमानी।
54709 पुरेधारो ना. विवाह गर्ने कुरा निश्चित गरिएको दिनमा केटाको घरबाट केटीको घरमा पठाइने एक प्रकारको कोसेली रोटी। (यो चलन विशेष गरी कालीकोट जिल्लाका मतवाली छेत्रीहरूमा बढी प्रचलित छ)।
54710 पुरो ना. जुठोपुरो; पुरा।
54711 पुरोभागिता ना. पुरोभागी हुनाको भाव वा क्रिया; अर्काको दोष मात्र देख्ने वा खोज्ने प्रवृत्ति।
54712 पुरोभागी वि. १. अगाडि रहने, आउने वा हुने; अग्रभागको ।
54713 पुरोभागी वि. २. अर्काको गुणलाई नदेखेर दोषलाई मात्र देख्ने; दोषदर्शी; छिद्रान्वेषी ।
54714 पुरोहित ना. यजमानका घरमा समयसमयमा परिआउने कर्मकाण्डसम्बन्धी श्राद्धादि पितृकार्य र षोडश संस्कारविधि गराउने बाहुन; पुरेत।
54715 पुरोहित्याइँ ना. पौरोहित्य; जजमानी; पुरेत्याइँ।
54716 पुर्खा ना. आफ्ना पूर्वजहरू; बाबुबाजे; जिज्यू।
54717 पुर्खावली ना. वंशावली।
54718 पुर्खौली/पुर्ख्यौली ना. १. पितापुर्खाका पालादेखि चलिआएका कुराको वर्णन; पुस्तावली। वि.
54719 पुर्खौली/पुर्ख्यौली ना. २. आफ्ना पितापुर्खाको पालादेखिको (चलन, व्यवहार इ.)।
54720 पुर्खौली/पुर्ख्यौली ना. ३. प्राचीन।
54721 पुर्जा ना. १. सानातिना कुराको टिपोट भएको कागत; सानातिना कुरा छोटकरीमा टिपिएको कागत।
54722 पुर्जा ना. २. सानोतिनो चिठ्ठी वा पत्र।
54723 पुर्जा ना. ३. यन्त्र (मेसिन) को कुनै अङ्ग।
54724 पुर्जा ना. ४. पुर्जी।
54725 पुर्जी ना. एक अड्डाले अर्को अड्डालाई वा व्यक्तिलाई नियमानुसार लेखेको पत्र; अड्डाबाट लेखिएको सानो पत्र; लेखौट।
54726 पुर्तगाल ना. युरोपको एक देश, पोर्तगाल।
54727 पुर्तगाली ना. / वि. १. पोर्तगाली।
54728 पुर्नियाँ/पुर्ने ना. पूर्णिमा तिथि; रातमा भरेली जून हुने दिन।
54729 पुर्पक्ष/पुर्पच्छे ना. १. अदालतमा कुनै विषयलाई प्रमाणित गर्नाका निम्ति गरिने उक्तिप्रत्युक्ति।
54730 पुर्पक्ष/पुर्पच्छे ना. २. बहस; छलफल।
54731 पुर्पक्ष/पुर्पच्छे ना. ३. निर्णय।
54732 पुर्पुरो ना. १. निधार।
54733 पुर्पुरो ना. २. भाग्य।
54734 पुर्बिया वि. १. पूर्व दिशाको; पूर्वतिरको; पूर्वतिर रहने; पूर्वीय; पुर्बेली; पौरस्त्य। ना.
54735 पुर्बिया वि. २. नेपाल अधिराज्यका ब्राह्मणहरूमध्ये कूर्माञ्चलीय र मैथिलबाहेक अरू ब्राह्मण; नेपाली ब्राह्मणको एक भेद।
54736 पुर्ब्यौली ना. १. पूर्वतिरको, पुर्बिया।
54737 पुर्ब्यौली ना. २. परापूर्वकालका घटना आदिको वर्णन; पुर्ख्यौली; इतिहास।
54738 पुर्र क्रि.वि. अपानवायु निस्कँदाको झैँ शब्द निकाल्ने गरी; अपानवायु निस्कने गरी। सात. पुर्र-पुर्र; पुरुरुरु।
54739 पुर्लुक्क क्रि.वि. १. मानिस वा कुनै सानोतिनो वस्तु बिस्तारै ढल्ने वा लड्ने किसिमले।
54740 पुर्लुक्क क्रि.वि. २. टाउकाले टेकेर पल्टने किसिमले; पल्टनबाजी खाने किसिमले; पर्लक्क। वि.
54741 पुर्लुक्क क्रि.वि. ३. त्यस्तो किसिमको।
54742 पुर्लुक्कपुर्लुक्क क्रि.वि. बारबार पुर्लुक्क हुने किसिमले।
54743 पुर्लुक्किनु अ.क्रि. पुर्लुक्क हुनु।
54744 पुर्लुक्क्याइँ ना. पुर्लुक्क हुने क्रियाप्रक्रिया।
54745 पुर्सुङ्गे ना. मारुनीसँगै नाच्ने पात्र; ढँटुवारे; जोकर।
54746 पुर्सुन ना. थोरै तर मिठो खानेकुरो हरिया पातमा बेरेर भुङ्ग्रामा पोलेर तयार पारेको खाद्य।
54747 पुर्सुने वि. १. खानेकुरामा पुर्सुन हालेर खान मन पराउने।
54748 पुर्सुने वि. २. स्वादे; मिठौरे; मिठासे।
54749 पुर्सुने वि. सानो गाँठीको; ग्याँचे।
54750 पुर्सो ना. १. भाले पशु वा पक्षी। वि.