Dictionary

All Word

54651 पुरापुर वि. ३. भएजति सबै; समस्त; समग्र; पूरा। क्रि.वि.
54652 पुरापुर वि. ४. पूरै।
54653 पुराभूमध्यसागर ना. भूगर्भशास्त्रअनुसार आजभन्दा सात करोड वर्षपहिलेसम्म हिमाली क्षेत्रमा लहराइरहेको समुद्र।
54654 पुरालेख ना. पुराना, महत्त्वपूर्ण प्रामाणिक अभिलेख।
54655 पुरालेखपाल ना. पुराना महत्त्वपूर्ण लेखहरू वा अन्य प्राचीन वस्तुहरूको यथातथ्य विवरण राख्ने अधिकारी; पुराना महत्त्वपूर्ण अभिलेखहरूलाई र अरू पुराना वस्तुहरूलाई पनि सुरक्षित रूपमा राख्ने व्यवस्था गर्ने अधिकारी।
54656 पुराविद् वि. १. पुरानो समयमा घटेका घटना वा कुराहरू जान्ने, पुरातत्त्व विषयको ज्ञान भएको। ना.
54657 पुराविद् वि. २. प्राचीन इतिहासको ज्ञाता।
54658 पुराविद् वि. ३. पुरातत्त्व को ज्ञाता; पुरातत्त्वविद्।
54659 पुरावृत्त ना. १. पुरानो समयमा घटेबितेका कुरा; प्राचीन कुरा; पुरानो घटना।
54660 पुरावृत्त ना. २. इतिहास। वि.
54661 पुरावृत्त ना. ३. पहिले घटेको; पहिले बितेको; पुरानो।
54662 पुरिनु अ.क्रि. १. खाल्टो आदि भरिनु।
54663 पुरिनु अ.क्रि. २. घाउ आदिमा पुनः मासु पलाउनु।
54664 पुरिया ना. औषधी आदि बेरिएको कागतको सानो पोको; पुडिया।
54665 पुरी ना. १. नगर।
54666 पुरी ना. २. भारतको उडिसा प्रान्तमा रहेको (हिन्दुहरूको) प्रसिद्ध तीर्थस्थल; हिन्दुहरूका चार धाममध्ये एक धाम; जगन्नाथ धाम।
54667 पुरी ना. ३. दशनामी सन्न्यासीहरूको एक सम्प्रदाय।
54668 पुरी ना. ४. डर, रिस, गन्ध आदि भाव ज्यादै मात्रामा भएको व्यक्ति (रिसको पुरी, डरको पुरी, गन्धपुरी इ.)।
54669 पुरी ना. राम्ररी मुछेर र बेलेर बाटुलो बनाई तातो घिउमा डुबाएर बनाइएको गहुँको पिठाको रोटी; खरो गरी पकाइएको स्वारी; पुडी; पुरी।
54670 पुरु ना. शर्मिष्ठाका गर्भबाट जन्मेका, ययातिका कान्छा छोरा; पुराणप्रसिद्ध चन्द्रवंशी राजा; पौरववंशका प्रवर्तक, कौरव र पाण्डवका पूर्वज।
54671 पुरुक्क क्रि.वि. एकै चोटि थतर्किँदो ध्वनि निस्कने गरी (पाद्ने क्रममा)।
54672 पुरुखा ना. पुर्खा; पूर्वज।
54673 पुरुवा१ वि. पुरेको; भरेको; पुरिएको; भरिएको।
54674 पुरुवा२ ना. कचौरा वा गिलासको काम लिइने गिलासका आकारको माटाको भाँडो; माटाको एक किसिमको गिलास।
54675 पुरुष१ ना. अङ्गुलको चौरासी गुना बराबरको नाप; चौरासी अमल बराबरको नाप; एक मान्छेको उचाइ बराबरको नाप।
54676 पुरुष२ ना. १. लोग्नेमान्छे।
54677 पुरुष२ ना. २. लोग्ने।
54678 पुरुष२ ना. ३. मानवजाति।
54679 पुरुष२ ना. ४. भाले जातिको प्राणी।
54680 पुरुष२ ना. ५. साङ्ख्यशास्त्रका अनुसार प्रकृतिदेखि भिन्न, अपरिणामी कर्ता; आत्मा।
54681 पुरुष२ ना. ६. विष्णु।
54682 पुरुष२ ना. ७. जीव।
54683 पुरुष२ ना. ८. व्याकरणशास्त्रको परिभाषाअनुसार सर्वनामको वा क्रियाको कर्ता भेद। वि.
54684 पुरुष२ ना. ९. भाले; वीर; आँटी।
54685 पुरुष एकल ना. पक्षविपक्षमा एकएक पुरुष खेलाडीले भाग लिएको खेल (ब्याडमिन्टन आदि)।
54686 पुरुषत्व ना. १. पुरुषको भाव; पुरुषमा रहने गुण तथा विशेषता।
54687 पुरुषत्व ना. २. पुरुषार्थ; भालेपन।
54688 पुरुषरत्न ना. रत्न जस्तै सबैले मन पराउने पुरुष।
54689 पुरुषसिंह ना. सिंह जस्तै निर्भीक र पराक्रमी पुरुष; सुरो मान्छे।
54690 पुरुषसूक्त ना. विराट् पुरुषसम्बन्धी चर्चा भएको यजुर्वेदको एक खण्ड वा अनुवाक्।
54691 पुरुषाधम ना. पुरुषहरूमा अधम; नीच पुरुष; क्षुद्र मान्छे; अधम मानिस।
54692 पुरुषायित ना. १. आइमाईद्वारा पुरुषको वेशभूषा धारण गरेर पुरुषको जस्तै आचरण गर्ने काम; रतेली खेल।
54693 पुरुषायित ना. २. एक प्रकारको रतिबन्ध। वि.
54694 पुरुषायित ना. ३. पुरुषको जस्तै आचरण गर्ने।
54695 पुरुषार्थ ना. १. मनुष्य मात्रको जीवनको परम लक्ष्य।
54696 पुरुषार्थ ना. २. मानिसको बहादुरीपूर्ण काम; पराक्रम; पौरख।
54697 पुरुषार्थ ना. ३. अद्भुत कठिन कार्य गर्ने मानिसको क्षमता; सामर्थ्य; शक्ति।
54698 पुरुषार्थ ना. ४. मनुष्यमात्रका लागि अभीष्ट धर्म, अर्थ, काम र मोक्ष- यी चार तत्त्व मध्ये कुनै एक।
54699 पुरुषार्थी वि. १. जीवनको परम लक्ष्य प्राप्त गर्ने; पुरुषार्थ गर्ने; पराक्रमी; पौरखी।
54700 पुरुषार्थी वि. २. कुनै कठिन वा दुस्साध्य काम गर्न सक्ने; समर्थ; शक्तिशाली।