Dictionary

All Word

54601 पुरन्दर ना. इन्द्र; शचीपति।
54602 पुरपार ना. १. माटो, ढुङ्गा आदिले खाल्टाखुल्टी भर्ने काम; खाल्टाखुल्टी पुर्ने काम।
54603 पुरपार ना. २. कुनै वस्तुलाई जमिनभित्र गाडेर छोपछाप पार्ने काम; गाड्ने काम; गाडगुड; छोपछाप।
54604 पुरवासी वि. सहरका निवासी; सहरिया; सदरिया।
54605 पुरश्चरण/ पुरश्चर्या ना. १. कुनै सिद्धि वा सफलताप्राप्तिका लागि मन्त्रको विधिपूर्वक जप, पाठ आदि गर्ने काम; काम्य फलप्राप्तिका लागि शास्त्रोक्त विधिपूर्वक गरिने मन्त्रको जप, पाठ आदि।
54606 पुरश्चरण/ पुरश्चर्या ना. २. कुनै मन्त्रसिद्धिका निम्ति गरिने अनुष्ठान।
54607 पुरस्कार ना. १. कुनै काम गर्ने व्यक्तिलाई सो काम गरेबापत प्रशंसास्वरूप दिइने इनाम; कुनै कठिन वा प्रशंसनीय काम गर्ने व्यक्तिलाई प्रोत्साहनका निम्ति दिइने पारितोषिक।
54608 पुरस्कार ना. २. राम्रो काम गर्ने व्यक्तिलाई गरिने आदर वा सम्मान।
54609 पुरस्कार ना. ३. राम्रो काम गर्ने व्यक्तिलाई सम्मानित गर्न वा उसको सामाजिक प्रतिष्ठा बढाउन दिइने वस्तु।
54610 पुरस्कृत वि. कुनै असल, नयाँ, कठिन वा प्रशंसनीय काम गरेबापत पुरस्कार दिइएको; आदर वा सम्मान गरिएको; पुरस्कार पाएको; इनाम पाएको।
54611 पुरस्थ वि. सामुन्ने रहेको; अघिल्तिरको।
54612 पुरस्थापन/पुरस्थापना ना. सभा, बैठक आदिमा कुनै प्रस्ताव वा कार्यक्रम आदिलाई वैधानिक रूपले राख्ने काम; सभा, बैठक आदिमा प्रस्ताव आदि प्रस्तुत गर्ने काम।
54613 पुरस्थापित वि. पुरस्थापना गरिएको।
54614 पुरा१ ना. पहिले कसैले खाइसकेपछि खाएकै भाँडामा बाँकी रहेको खाना; खाएर उब्रिएको खानेकुरा; कसैको जुठो भइसकेको खाना; अवशिष्ट भोजन; उच्छिष्ट भोजन।
54615 पुरा२ क्रि.वि. १. पहिले; प्राचीन समयमा। वि.
54616 पुरा२ क्रि.वि. २. अतीतको; प्राचीन; पुरानो। ना.
54617 पुरा२ क्रि.वि. ३. पूर्व दिशा।
54618 पुराकथा ना. १. कुनै समूह, जाति वा राष्ट्रविशेषको परम्परागत लोककथा।
54619 पुराकथा ना. २. मनोविज्ञानका आधारमा मानव-समाजमा सामूहिक रूपले परम्परादेखि नै अवचेतनमा रहिआएको कुनै ग्रन्थि; मिथक।
54620 पुराकल्प ना. धेरै पहिलेको युग; पुरानो युग; प्राचीन युग।
54621 पुराजीवक ना. भूगर्भशास्त्रअनुसार जीवनको अस्तित्व भएका समयको विभाजन गर्दा सबभन्दा पहिलो खण्ड।
54622 पुराण ना. १. सृष्टि, स्थिति, लय आदिका साथै प्राचीन ॠषि, मन्वन्तर, राजवंश आदिका वृत्तान्त र देवी, देवता, तीर्थ आदिका माहात्म्यको समेत वर्णन गरिएका प्रसिद्ध अठार हिन्दु धर्मग्रन्थमध्ये कुनै एक।
54623 पुराण ना. २. हिन्दु समाजमा परम्परादेखि चलिआएका मनुष्य, देवता, दानव आदिका कथा।
54624 पुराण ना. ३. सृष्टि र सृष्टिदेखि भएका घटनाको सविस्तार वर्णन।
54625 पुराण ना. ४. लिच्छविकालीन नेपालमा प्रचलित चाँदीको टक; कार्षापण। वि.
54626 पुराण ना. ५. धेरै समयदेखि चलिआएको; पुरानो; प्राचीन।
54627 पुराण ना. ६. थोत्रो; जीर्ण।
54628 पुरातत्त्व ना. १. प्राचीन समयमा निर्माण भएका वा उपयोग गरिएका ऐतिहासिक तथा महत्त्वपूर्ण वस्तुको अध्ययन गर्ने विद्या; पुराना कला वा संस्कृतिको अनुसन्धान तथा अध्ययनसँग सम्बन्ध राख्ने विद्या।
54629 पुरातत्त्व ना. २. प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले तोकेअनुसार सय वर्षभन्दा पहिलेका वस्तुको अध्ययन गर्ने विद्या वा शास्त्र।
54630 पुरातत्त्वज्ञ ना. पुरातत्त्व सम्बन्धी कुराको ज्ञान भएको व्यक्ति; पुरातत्त्व सम्बन्धी विशेषज्ञ; पुरातत्त्वविद् व्यक्ति।
54631 पुरातत्त्वविद् वि. पुरातत्त्व सम्बन्धी कुराको ज्ञान भएको; पुरातत्त्व सम्बन्धी कुराको ज्ञाता; पुरातत्त्वज्ञ।
54632 पुरातत्त्वशास्त्र ना. प्राचीन समयका ऐतिहासिक विषयवस्तुको अध्ययन गर्ने शास्त्र; आर्कियोलजी।
54633 पुरातन वि. १. आदिकालको; अतीतको; प्राचीन; पुरानो। ना.
54634 पुरातन वि. २. विष्णु।
54635 पुरातनपन्थी ना. पुरानो विचारको व्यक्ति; परम्परावादी व्यक्ति।
54636 पुरतात्त्विक वि. पुरातत्त्वसम्बन्धी; पुरातत्त्वको ।
54637 पुरातात्त्विक वस्तु ना. १. प्राचीन समयका मानवले बनाएको अथवा उपयोग गरेको कुनै पनि चिज।
54638 पुरातात्त्विक वस्तु ना. २. 'प्राचीन स्मारक संरक्षण ऐन' ले तोकेअनुसार सय वर्षभन्दा पुरानो कलात्मक वा ऐतिहासिक महत्त्वको चिज।
54639 पुरातात्त्विक सङ्ग्रहालय ना. पुरातात्त्विक वस्तुहरूको सङ्ग्रह गरिएको स्थल वा घर।
54640 पुरानरवानर ना. अफ्रिकाको स्टर्क फाउन्टेन नाम गरेको ठाउँमा पाइएको मानवजस्तो नरवानर।
54641 पुरानियाँ वि. १. धेरै समय पहिलेदेखिको; धेरै पहिलेदेखि चल्दै आएको।
54642 पुरानियाँ वि. २. अनुभवी; जानिफकार।
54643 पुरानु/पुरानो वि. १. धेरै अघिदेखि चलनमा आएको; धेरै दिनदेखि चलनचल्ती भएको।
54644 पुरानु/पुरानो वि. २. धेरै समयअघिको; पहिलेको; प्राचीन।
54645 पुरानु/पुरानो वि. ३. थोत्रो; जीर्ण।
54646 पुरानु/पुरानो वि. ४. अनुभवी; पुरानियाँ। स्त्री. पुरानी।
54647 पुरापात ना. कसैले खाएर छोडिएको तर कसैले खानलाई स्वीकार गरेको जुठो खानेकुरो; पुरा; जुठोपुरो।
54648 पुरापाषाण ना. मध्य-पाषाणयुगभन्दा पहिलेको समय; पाषाणयुगको प्रथम चरण।
54649 पुरापुर वि. १. कुनै कुराको कमी नभएको; सबै कुराले पूर्ण भएको; भरिभराउ भएको; टनाटन भएको।
54650 पुरापुर वि. २. चाहिएजति; यथेष्ट।