Dictionary

All Word

54751 पुर्सो ना. २. भाले।
54752 पुल्नु अ.क्रि. १. केटाकेटीले खेल्ने गुच्चाको खेलमा घ्वाइँले सिमाना वा गट्टी नाघ्नु।
54753 पुल्नु अ.क्रि. २. बिग्रनु; नाश हुनु।
54754 पुल१ ना. १. नदीनाला पार गर्नाका निम्ति वारिपारि वा बिचमा समेत उठाइएका खम्बाका आधारमा वा खम्बा नउठाईकन नै बनाइएको बाटो; नदीमा वारपार गर्न बनाइएको पक्की साँघु; सेतु।
54755 पुल१ ना. २. नदी पार गर्ने कुनै पनि अचल साधन (तुइन, झोलुङ्गे पुल; पुलेसो आदि)।
54756 पुल२ ना. १. घाँस, झार आदिको समूह; तृणराशि।
54757 पुल२ ना. २. सागपातको मुठा; पुला।
54758 पुलक ना. १. प्रेम, हर्ष, भय आदिका उद्रेकबाट शरीरका रौँ ठाडा हुने क्रिया; प्रेमादिका कारणबाट जिउ जिरिङ्ग हुने क्रिया।
54759 पुलक ना. २. खानीबाट निस्कने वा निकालिने वस्तु; खनिजपदार्थ।
54760 पुलक ना. ३. रायोको एक प्रकारको मसला।
54761 पुलकावली ना. प्रेम, हर्ष, भय, आदिको कारणबाट शरीरका रौँ धेरै बेरसम्म ठाडा हुने क्रिया वा स्थिति; धेरै बेरसम्मको रोमाञ्च।
54762 पुलकित वि. प्रेम, हर्ष आदिले रौँ ठाडा भएको; रोमाञ्च भएको (व्यक्ति)।
54763 पुलपुल ना. १. छोराछोरी आदिलाई मात्तिने गरी लाडप्यार गर्ने काम; खराब काम गर्दा पनि हप्काइदप्काइ नगरेर माया मात्र गर्ने काम; बढ्ता लाडप्यार गर्ने काम।
54764 पुलपुल ना. २. लाडे बानी।
54765 पुलपुलिनु अ.क्रि. आमाबाबु आदिको बढ्ता लाडप्यारले गर्दा छोराछोरी आदि मात्तिनु; अभिभावकको बढ्ता मायाले केटाकेटीको बानी बिग्रनु; पुलपुले बन्नु।
54766 पुलपुल्याइ ना. पुलपुल्याइने वा पुलपुलिने क्रियाप्रक्रिया।
54767 पुलपुल्याइनु क.क्रि. पुलपुलको व्यवहारमा पारिनु वा त्यस्तो व्यवहार गरिनु।
54768 पुलपुल्याउ ना. पुलपुल्याइ; पुलपुल।
54769 पुलपुल्याउनु स.क्रि. / प्रे. क्रि. १. केटाकेटीलाई मात्तिने गरी माया गर्नु; बढ्ता माया गर्नु; लाडप्यार गर्नु।
54770 पुलपुल्याउनु स.क्रि. / प्रे. क्रि. २. मत्याउनु; पात्तिने पार्नु; पुलपुलाउनु।
54771 पुलपुल्याहट ना. पुलपुल्याइ।
54772 पुलस्त्य ना. ब्रह्माका सात मानस पुत्रमध्ये एक; सप्तर्षिमध्ये एक; रावणको बाजे; पुलस्त्य ॠषि।
54773 पुलस्त्याइँ ना. भए-नभएका कुरालाई बढाईचढाई भन्ने काम वा प्रवृत्ति; चेपारे छाँटको र बेसारे पाराको कुरागराइ।
54774 पुलस्त्याइ ना. पुलस्त्याइँ।
54775 पुलस्त्याइनु क.क्रि. पुलस्त्याइँका साथ कुरा गरिनु।
54776 पुलस्त्याउनु स.क्रि. पुलस्त्याइँका साथ कुरा गर्नु।
54777 पुलस्त्याहट ना. पुलस्त्याइँ।
54778 पुलस्त्याहा वि. पुलस्त्याइँ गर्ने स्वभावको।
54779 पुलस्त्याही वि. पुलस्त्याइँ गर्ने स्वभावकी।
54780 पुलह ना. बह्माका एक मानस पुत्र; सप्तर्षिमध्ये एक; कपिशाका पति तथा पिशाच जातिका जन्मदाता।
54781 पुला ना. सागपात आदि बेच्न पारिएको मुठो; सागपातको मुठो; बिटा; कल्ली।
54782 पुलाइ ना. घ्वाइँले पुलेर सिमाना वा गट्टी नाघ्ने क्रियाप्रक्रिया।
54783 पुलाइनु अ.क्रि. पुल्ने तुल्याइनु।
54784 पुलाउ ना. उसिनेको मासुको केस्रा मिसाई वा नमिसाई भिजाएको चामल घिउतेलमा पकाएर तयार पारिएको मसलादार भात; मांसोदन; पुलाव।
54785 पुलाउनु स.क्रि. / प्रे. क्रि. पुल्ने पार्नु वा पुल्न लाउनु।
54786 पुलाक ना. १. पकाएको चामल; भातको सिता।
54787 पुलाक ना. २. खराब किसिमको अन्न।
54788 पुलाक ना. ३. भित्र चामल नभएको सेप्रो धान; पोगटो।
54789 पुलाते वि. / ना. ठुलठुला पाता भएको (खुकुरी)।
54790 पुलिक ना. घोटेर वा रगडेर गहनाहरूलाई चम्किलो पार्ने पत्थर; बलक।
54791 पुलिङ्ग ना. व्याकरणका अनुसार भालेतत्त्व जनाउने लिङ्ग।
54792 पुलिन्दा ना. हुलाक, मोटर, रेल, हवाईजहाज आदिबाट कहीँ पठाइने उद्देश्यले मालमत्ता भित्र राखेर बाहिरबाट सिइएको वा कागत, कपडा आदिले बेरेर बाँधिएको पोको; पार्सल।
54793 पुलिस ना. जनताका जिउ-धनको रक्षा गर्न र देशमा शान्ति-सुरक्षा कायम राख्न नियुक्त, शस्त्रधारी वा निरस्त्र सरकारी कर्मचारी; प्रहरी।
54794 पुलिस अड्डा ना. प्रहरी कार्यालय।
54795 पुलिस कर्मचारी ना. प्रहरी।
54796 पुलिस गोस्वारा ना. प्रहरीको प्रधान कार्यालय; प्रहरी उपरीक्षक कार्यालय; डी. एस. पी. कार्यालय।
54797 पुलिस चौकी ना. शान्ति-सुरक्षाका निम्ति सरकारद्वारा तोकिएबमोजिम ठाउँठाउँमा पुलिसहरू रहने केन्द्र; प्रहरीचौकी।
54798 पुलिस विभाग ना. सरकारी रूपमा सर्वसाधारण जनताको जिउधनको रक्षा गर्न र देशमा शान्ति सुरक्षा कायम राख्न बनेको एक सरकारी विभाग; प्रहरीसम्बन्धी कुराको व्यवस्था गर्ने कार्यालय।
54799 पुलिस सेन्ट्री ना. यातायात नियन्त्रण गर्न व्यस्त सडकको बिचमा प्रहरी उभिने ठाउँ।
54800 पुलीचक्का ना. धुरमा जडिएको र लोताले घुमाउने पाङ्ग्रा; लोता लागेर मेसिन घुमाउने चक्का; (पुलिङ ह्विल)।