Dictionary

All Word

54901 पुष्पोद्यान ना. फूलबारी।
54902 पुष्पोपजीवी ना. १. माली।
54903 पुष्पोपजीवी ना. २. भमरो। वि.
54904 पुष्पोपजीवी ना. ३. फूल चुसेर वा फूल बेचेर जीवन धान्ने।
54905 पुष्य ना. सत्ताइस नक्षत्रमध्ये आठौँ नक्षत्र; तिष्य।
54906 पुस ना. मङ्सिरपछि आउने महिना; वैशाखमा थालिने वर्षको नवौँ महिना; पौष; पुस। पुस फासफुस (उखान)।
54907 पुसाइँ/पुसाजु/पुसाज्यू ना. फुपाज्यू; फुपाजु; पुसैँ।
54908 पुसे वि. पुस महिनाको; पुसमा हुने वा जन्मने।
54909 पुसेझरी ना. पुस महिनामा पर्ने झरी।
54910 पुस्टाइ ना. पुस्टाउने भाव, क्रिया वा प्रक्रिया।
54911 पुस्टाइनु अ.क्रि. १. पुष्ट होइनु।
54912 पुस्टाइनु अ.क्रि. २. सप्रिनु।
54913 पुस्टाउनु अ.क्रि. हृष्टपुष्ट हुनु; मोटोघाटो हुनु; पुस्टिनु।
54914 पुस्टिनु अ.क्रि. मोटो वा पुष्ट हुनु; सप्रनु।
54915 पुस्ट्याइँ ना. १. पुस्टिने काम वा ढाँचा।
54916 पुस्ट्याइँ ना. २. तर्क, प्रमाण आदिद्वारा कुनै कुराको पुष्टि गर्ने काम; पुष्टिगराइ।
54917 पुस्ट्याइ ना. पुस्टिने भाव, क्रिया वा प्रक्रिया।
54918 पुस्ट्याइनु क.क्रि. पुष्ट पारिनु।
54919 पुस्ट्याउनु स.क्रि. / प्रे.क्रि. पुष्ट पार्नु; मोटोघाटो तुल्याउनु।
54920 पुस्ट्याहट ना. पुस्ट्याइँ।
54921 पुस्त ना. १. हस्तलिखित ग्रन्थ; पाण्डुलेख।
54922 पुस्त ना. २. शिल्प; कालिगढ।
54923 पुस्तक ना. १. पढ्नेपढाउने, पाठ गर्नेगराउने आदि उद्देश्यले तर्क, विचार, भावना, कल्पना, ज्ञानविज्ञान आदिका कुरा लेखिएको वा छापिएको ग्रन्थ; ज्ञानविज्ञानसम्बन्धी कुरालाई सुरक्षित राख्न लिपिबद्ध गरिएको लिखित वा मुद्रित ठेली।
54924 पुस्तक ना. २. लिखित, मुद्रित, छायाङ्कित, भूर्ज, ताड, धातु वा कागत आदिका पत्रलाई सुरक्षा र क्रमबद्धताका निम्ति काठ, छाला, धातु आदिका पत्रको आवरण दिई पठनपाठनका लागि सिइएको वा क्रम मिलाएर राखिएको ग्रन्थ।
54925 पुस्तक खर्च ना. १. कुनै संस्थाका मातहतमा रही अध्ययन गर्ने र अनुसन्धान गर्ने कुनै व्यक्तिलाई उक्त संस्थाले पुस्तक किन्नका निम्ति दिने आर्थिक सहयोग।
54926 पुस्तक खर्च ना. २. पुस्तक किन्न लाग्ने खर्च।
54927 पुस्तकखाना ना. १. पुस्तकालय।
54928 पुस्तकखाना ना. २. कितापघर।
54929 पुस्तकाकार वि. पुस्तकका आकारको।
54930 पुस्तकागार ना. पुस्तकालय; ग्रन्थागार।
54931 पुस्तकाध्यक्ष ना. पुस्तकालयमा पुस्तकहरूको सङ्ग्रह, सुरक्षा र नियमानुसार तिनीहरूको आदानप्रदान आदिको व्यवस्था गर्ने व्यक्ति; पुस्तकालयका पुस्तकसम्बन्धी व्यवस्था गर्ने अधिकारी।
54932 पुस्तकालय ना. १. सार्वजनिक रूपले इच्छुक पाठकहरूले विभिन्न सर्तमा पढ्न पाउने हिसाबले विभिन्न विषयका पुस्तकहरूको सङ्ग्रह गरेर राखिएको घर वा ठाउँ।
54933 पुस्तकालय ना. २. पुस्तकघर।
54934 पुस्तकालयाध्यक्ष ना. पुस्तकालयमा नियुक्त कर्मचारीहरूको रेखदेख गर्ने, आवश्यकताअनुसार तिनीहरूलाई निर्देशन दिने र पुस्तकालयको सुरक्षा तथा समृद्धिका लागि प्रयत्नशील रहने अधिकारी; पुस्तकालयको मुख्य हाकिम। (अङ्.) लाइब्रेरियन।
54935 पुस्ता ना. बाबु, बाजे, बराजु आदि र छोरो, नाति, पनाति आदिको पूर्वापर क्रम; वंश-परम्परा; पिँढी (जस्तो- सातौँ पुस्ता, आठौँ पुस्ता आदि)।
54936 पुस्तानपुस्ता ना. १. वंशानुक्रममा धेरै पुस्ता; धेरै पिँढी; पुस्तौँ- पुस्तौँ।
54937 पुस्तानपुस्ता ना. २. धेरै पुस्तादेखि चलेर आएको कुरा।
54938 पुस्तावली/पुस्तावारी ना. पुस्ताहरूको वृत्तान्त; वंशावली; पुर्ख्यौली।
54939 पुस्तिका ना. सानोतिनो किताब; लघु पुस्तक।
54940 पुस्तिन/पुस्ती ना. १. पुस्तक रक्षाका निम्ति जिल्दको पीठमा लगाइने छाला।
54941 पुस्तिन/पुस्ती ना. २. कागतपत्रमा बाहिरपट्टि बेर्ने वा लगाइने जिल्द।
54942 पुस्तिन/पुस्ती ना. ३. जिल्द बाँध्दा जिल्द र पुस्तकका बिचमा टाँसिने कागत।
54943 पुस्तिन/पुस्ती ना. ४. पुस्तकहरू वा मिसिलहरूको पोकाभित्र अगाडिपट्टि राखिएको त्यसभित्रका किताब वा मिसिलहरूको सूची।
54944 पुस्तैनी ना. १. धेरै पुस्तादेखि चलिआएको; धेरै पिँढीसम्म रहिरहने; पुस्तान-पुस्ताको; पिँढीदरपिँढीको। क्रि.वि.
54945 पुस्तैनी ना. २. पुस्तैपिच्छे।
54946 पुस्तौँ वि. १. धेरै पुस्ता बितेको। ना.
54947 पुस्तौँ वि. २. बितेका वा बित्न बाँकी अनेकौँ पुस्ताहरू।
54948 पुस्त्यौली वि. पुर्ख्यौली; पुस्तावली।
54949 पुहुन ना. पुहुन्की पाउने मानिस; पुहुनी जातको व्यक्ति।
54950 पुहुनी ना. नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पहिले अछुत मानिएको (दमाईं, कामी, सार्की आदि) जाति; पौनी।