Dictionary

All Word

55001 पूतात्मा वि. शुद्ध अन्तःकरण भएको; पवित्र आत्मा भएको; चोखो मन भएको; मनमा छलकपट नराख्ने।
55002 पूरक वि. १. कुनै व्यक्ति वा वस्तुको कमीलाई पूरा गर्ने; कुनै कुराको खाँचोलाई पूरा गर्ने। ना.
55003 पूरक वि. २. व्याकरणमा अपूर्ण वा पूरकापेक्षी क्रियापद प्रयुक्त भएको वाक्यमा जोडिई क्रियापदको अर्थलाई पूरा गराउन सहयोग गर्ने शब्द (उदा.- राम डाक्टर भयो; यो कुरा राम्रो लाग्यो।)।
55004 पूरक वि. ३. बाहिरी प्रकृतिबाट सास तानी भित्र फोक्सो भर्ने एक प्रकारको प्राणायाम।
55005 पूरक वि. ४. कुनै वस्तुको कमी वा त्रुटिलाई पूरा गर्न पछि थपिने अंश।
55006 पूरक खर्च ना. १. थप खर्च; थप व्यय।
55007 पूरक खर्च ना. २. खर्च गर्न थप निकासी भएको रकम।
55008 पूरक परीक्षा ना. १. कुनै परीक्षार्थी परीक्षामा निर्धारित विषय वा पत्रहरूमध्ये कुनै विषय वा पत्रमा अनुत्तीर्ण भएमा त्यसैमा मात्र दोहोऱ्याएर दिइने परीक्षा; मूल परीक्षाको अङ्गका रूपमा रहेको अर्को परीक्षा।
55009 पूरक परीक्षा ना. २. परीक्षामा भएको कमी वा त्रुटिलाई वा बाँकी रहेको परीक्षालाई पूरा गर्ने परीक्षा।
55010 पूरक प्रश्न ना. १. कुनै परीक्षाका प्रश्नमा भएको कमी वा त्रुटिलाई पूरा गर्न बनाइएको वा कारणवश दोहोऱ्याएर गरिएको परीक्षाको प्रश्नपत्र।
55011 पूरक प्रश्न ना. २. कुनै सभा, बैठक आदिमा प्रस्तुत कुनै समस्या, प्रस्ताव आदिका सम्बन्धमा चर्चापरिचर्चा भइसकेपछि पनि बाँकी रहेको शङ्काको समाधानका निम्ति गरिने थप प्रश्न; सभा, बैठक आदिको काम, प्रस्ताव आदि पूरा गर्न गरिने प्रश्न।
55012 पूरक बजेट ना. मुख्य बजेटलाई पूरा गर्नका लागि तयार पारिएको थप बजेट।
55013 पूरण ना. १. पूरा गर्ने क्रिया वा काम।
55014 पूरण ना. २. पुर्ने कार्य; पुराइ।
55015 पूरणीय वि. १. पूरा गर्न सक्ने किसिमको; पूरा गर्नुपर्ने (कमी, त्रुटि वा क्षति)।
55016 पूरणीय वि. २. पुर्नुपर्ने; पुर्न सकिने; पुर्न हुने।
55017 पूरयिता वि. कुनै व्यक्ति, वस्तु वा कुरामा भएको कमी, त्रुटि वा क्षतिलाई पूरा गर्ने; पूरक (व्यक्ति)।
55018 पूरा वि. १. चाहिने जति सबै कुराले पूर्ण भएको; कुनै कुराको कमी नभएको; पूर्ण।
55019 पूरा वि. २. आफ्ना सबै अङ्गले युक्त भएको; कुनै अङ्ग वा अंशको कमी नभएको।
55020 पूरा वि. ३. खुनखोट केही नलागेको; कमी वा त्रुटि नभएको; सग्लो; सिङ्गो।
55021 पूरा वि. ४. भएजति सबै; सारा; सम्पूर्ण।
55022 पूरा वि. ५. खोजे वा चाहेअनुसारको; पुग्दो; यथेष्ट।
55023 पूरा वि. ६. कुनै कामकुरा फत्ते भएको; सफल; सिद्ध।
55024 पूरापूर वि. हे. पुरापुर।
55025 पूरिका ना. १. कचौडी।
55026 पूरिका ना. २. पुरी; रोटी।
55027 पूरी ना. हे. पुरी।
55028 पूर्ण वि. १. पूरा; सिङ्गो। ना.
55029 पूर्ण वि. २. ब्रह्मा।
55030 पूर्णकलश ना. १. पातमा किराहरू बस्नासाथ धोक्रोजस्तो भएर बन्द गरी किराहरू खाने बिरुवा; एक प्रकारको कीटाहारी बिरुवा; कीटाहारी।
55031 पूर्णकलश ना. २. पूर्णकुम्भ।
55032 पूर्णकाम वि. आफूले इच्छा गरेका कुरा प्राप्त गरिसकेको; मनका कामना पूर्ण भएको; परितुष्ट; पूर्णमनोरथ।
55033 पूर्णकुम्भ ना. १. पानी भरेको घडा; भरी गाग्रो।
55034 पूर्णकुम्भ ना. २. पूजामा पानी भरेर राखिने कलश; पूर्णकलश।
55035 पूर्णचन्द्र ना. सोह्रै कलाले पूर्ण भएको चन्द्रमा; सबै अंशले पूर्ण चन्द्रमा; पूर्णिमाको जून।
55036 पूर्णत: क्रि.वि. पूरापूरी; पूरै।
55037 पूर्णतया क्रि.वि. पूर्ण रूपले; पूरा तवरले।
55038 पूर्ण न्यायाधिकरण ना. प्रधान न्यायाधीशसहित तीन वा तीनभन्दा बढी न्यायाधीशको इजलास; प्रधान न्यायाधीश र अरू तीन वा तीनभन्दा बढी न्यायाधीशको सभा; फुलबेन्च।
55039 पूर्ण न्यायाधिवेशन ना. सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित हुने इजलास; सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको पूरा सभा।
55040 पूर्णपात्र ना. १. कुनै शुभ कार्यको पूर्णताका लागि चामल, सिङ्गो सुपारी, पैसा आदिले भरिएको प्याङ, टपरी आदि।
55041 पूर्णपात्र ना. २. यज्ञमा जलसेचन गर्न राखिएको, जलले भरिएको पात्र।
55042 पूर्णपात्रो ना. पूर्णपात्र।
55043 पूर्णप्रज्ञ वि. लौकिक तथा पारलौकिक कुराको ज्ञान भएको; ज्ञानवान्; परमज्ञानी।
55044 पूर्णमासी ना. पूर्णिमा।
55045 पूर्णयौवन ना. मस्त बैंस; पूर्ण तन्नेरीपना; पूर्ण तरुणता।
55046 पूर्णविराम ना. १. वाक्य पूरा भएपछि पूरा भएको जनाउन दिइने ठाडो धर्को; वाक्य पूरा भएको जनाउने चिह्न; खडीपाई; ठाडीखुट्टी; पाई (l)।
55047 पूर्णविराम ना. २. पूर्ण रूपले विश्राम लिने काम।
55048 पूर्णश्री वि. १. धनधान्यले पूर्ण भएको; श्री-सम्पत्तिले भरिपूर्ण भएको; सुसम्पन्न; ऐश्वर्यशाली। ना.
55049 पूर्णश्री वि. २. पूर्ण सम्पत्ति दिने भगवती; पूर्णा; अन्नपूर्णा।
55050 पूर्णसङ्ख्या ना. १. पूर्णाङ्क।