Dictionary

All Word

55151 पूर्वप्रबोध ना. १. पूर्वबाट पाइने ज्ञान; पूर्वको ज्ञान।
55152 पूर्वप्रबोध ना. २. पहिलो ज्ञान।
55153 पूर्वप्रबोध ना. ३. पहिलो जागरण।
55154 पूर्वप्रबोध ना. ४. अभिमुखीकरण (ओरियन्टेसन)।
55155 पूर्वप्राथमिक वि. प्राथमिकभन्दा पहिलेको (शिशु-विद्यालय)।
55156 पूर्वप्राथमिक विद्यालय ना. बालक-बालिकाहरूलाई अक्षरारम्भ गराउने पाठशाला; कखरा सिकाइने पाठशाला; शिशु-विद्यालय।
55157 पूर्वफाल्गुनी ना. सत्ताइस नक्षत्रमध्ये एक; एघारौँ नक्षत्र।
55158 पूर्वभाद्रपदा ना. सत्ताइस नक्षत्रमध्ये एक; पच्चिसौँ नक्षत्र।
55159 पूर्वमध्यमा ना. संस्कृतको प्रथमापछिको परीक्षा; प्रवेशिका बराबरको संस्कृतको परीक्षा; संस्कृत मध्यमाको आधा भाग।
55160 पूर्वमीमांसा ना. कर्मकाण्डहरूको तात्त्विक विवेचना गरिएको, जैमिनि मुनिद्वारा प्रतिपादित मीमांसा-दर्शनको एक भाग; मीमांसा-दर्शनको कर्मकाण्डसँग सम्बद्ध भाग; भारतीय आस्तिक षड्दर्शनमध्ये एक।
55161 पूर्वरङ्ग ना. १. नाटकका प्रारम्भमा विघ्नशान्तिका निम्ति नटद्वारा गरिने प्रार्थना; नाटकका सुरुमा गरिने देवादिस्तुति।
55162 पूर्वरङ्ग ना. २. तारसुर।
55163 पूर्वरङ्ग ना. ३. पूर्वपीठिका।
55164 पूर्वराग ना. नायक-नायिकाको भेट हुनुभन्दा पहिले एकअर्काको गुणश्रवण वा परस्पर दर्शन आदिबाट हुने प्रेम; पूर्वानुराग।
55165 पूर्वरात्र ना. १. हिजोको रात; गतरात्रि।
55166 पूर्वरात्र ना. २. रातको पूर्वार्ध।
55167 पूर्वरूप ना. १. कुनै व्यक्ति, वस्तु वा कुराको पहिलेको रूप; अगाडिको रूप।
55168 पूर्वरूप ना. २. कुनै कुरा वा घटना हुनुभन्दा पहिलेको अवस्था।
55169 पूर्वरूप ना. ३. रोगको पूर्वावस्था; रोगको प्रारम्भिक लक्षण।
55170 पूर्वरूप ना. ४. निकट भविष्यमा हुने कुनै कुरालाई सूचित गर्ने लक्षण।
55171 पूर्वरूप ना. ५. कसैको खतम भइसकेको रूप, गुण, वैभव आदि फेरि प्राप्त भएको वर्णन गर्दा हुने एक अर्थालङ्कार।
55172 पूर्वरूप ना. ६. व्याकरणमा वर्णसन्धिको एक प्रकार।
55173 पूर्ववत् क्रि.वि. १. पहिले भएको जस्तै; पहिले जस्तै। वि.
55174 पूर्ववत् क्रि.वि. २. पहिलेको जस्तो।
55175 पूर्ववत् करण ना. १. पहिलेकै स्थितिमा ल्याउने वा पुऱ्याउने काम।
55176 पूर्ववत् करण ना. २. बन्द भएको कुरालाई फेरि चालु गर्ने काम।
55177 पूर्ववत् करण ना. ३. प्रभावहीन बनेका कुरालाई पुनः प्रभावयुक्त बनाउने काम।
55178 पूर्ववर्तिता ना. १. पहिले नै हुनाको वा भइसक्नाको भाव; पूर्ववर्ती हुनाको भाव।
55179 पूर्ववर्तिता ना. २. कालक्रम, स्थान, गुण आदिका दृष्टिले पूर्ववर्ती हुने वा भएको स्थिति; पूर्वस्थानीयता; पूर्वता।
55180 पूर्ववर्ती वि. १. कालक्रम, स्थान, गुण आदिका दृष्टिले पहिले भएको; पहिलेको।
55181 पूर्ववर्ती वि. २. सामुन्नेको।
55182 पूर्ववर्ती वि. ३. पूर्व दिशातर्फको।
55183 पूर्ववाद ना. अदालतमा वादीले गरेको प्रार्थना; वादीको नालिस।
55184 पूर्ववादी ना. वादी।
55185 पूर्वविद् वि. १. पुरातत्त्वविद्।
55186 पूर्वविद् वि. २. पूर्वविद्याको विशेषज्ञ।
55187 पूर्वविद्या ना. १. पूर्व (भारत, चीन, जापान इ.)-का सभ्यता आदि अध्ययन गर्ने विद्या।
55188 पूर्वविद्या ना. २. भारतीय विद्या।
55189 पूर्वविहित वि. पहिले नै गरिएको।
55190 पूर्ववृत्त/पूर्ववृत्तान्त ना. १. पहिले घटेको घटना; पहिले भएको कुरा।
55191 पूर्ववृत्त/पूर्ववृत्तान्त ना. २. इतिहास; पूर्ववृत्तान्त।
55192 पूर्ववृत्त/पूर्ववृत्तान्त ना. ३. भूमिका।
55193 पूर्वसञ्चित वि. अगावै साँचिएको; अघिबाटै सञ्चित।
55194 पूर्वसम्मोदन ना. जारी गर्नुपर्ने आदेश, नियम आदिका सम्बन्धमा उच्चाधिकारीहरूबाट पहिले नै प्राप्त गरेको वा गरिने स्वीकृति वा पुष्टि; पूर्वस्वीकृति।
55195 पूर्वसर्ग ना. व्याकरणका अनुसार स्वतन्त्र रूपमा प्रयुक्त नभईकन शब्द वा धातुरूपका अगाडि जोडिएर मात्र प्रयुक्त हुने उपसर्ग जस्तै रूप (बेकामे, कुरीति आदिका बे, कु इ.)।
55196 पूर्वसेवाकालीन वि. १. कुनै सेवा वा नोकरीमा नियुक्ति पाउनुभन्दा पहिले तालिम आदिमा सरिक भएको समयको।
55197 पूर्वसेवाकालीन वि. २. हालको सेवाभन्दा पहिलेको सेवाको समयको; साबिकको सेवाको समयको।
55198 पूर्वस्थान ना. कुनै व्यक्ति, वस्तु आदिको पहिलेको स्थान, दर्जा, स्थिति आदि।
55199 पूर्वस्थानीय वि. १. पहिलेको स्थानसम्बन्धी। ना.
55200 पूर्वस्थानीय वि. २. पूर्ववर्ती हुनाको भाव वा स्थिति; पूर्ववर्तिता।