Dictionary

All Word

55301 पृथुलाधीश ना. २. युवराजा अठार वर्ष नपुगेसम्म रानीले प्राप्त गर्ने पदवी।
55302 पृथुली ना. जिम्बु; झान्ने काममा आउने वनस्पतिविशेष।
55303 पृथ्वी ना. १. ढुङ्गा, माटो आदिले बनेको, मनुष्यादि जीवजन्तुको बस्ती भएको, सौरमण्डलको एक ग्रह; भूमि; धर्ती; पृथिवी।
55304 पृथ्वी ना. २. पृथ्वी, जल, तेज, वायु र आकाश- यी पञ्च महाभूतमध्ये एक।
55305 पृथ्वी ना. ३. मृत्तिका; माटो।
55306 पृथ्वी छन्द ना. १. जगण, सगण, जगण, सगण, यगण र लघु तथा गुरु हुने एक वार्णिक छन्द।
55307 पृथ्वी छन्द ना. ५. खुब फैलिएको; ठुलो छाती भएको।
55308 पृथ्वी कम्प ना. भुइँचालो; भैँचालो।
55309 पृथ्वीधर वि. १. पृथ्वीलाई धारण गर्ने।
55310 पृथ्वीधर वि. २. पहाड; पर्वत।
55311 पृथ्वीनारायण शाह ना. एकीकृत राजा; आधुनिक नेपालका प्रथम राजा; बडामहाराज।
55312 पृथ्वीपति ना. १. पृथ्वीको मालिक।
55313 पृथ्वीपति ना. २. राजा।
55314 पृथ्वीपति ना. ३. गोरखाका एक प्रसिद्ध राजा।
55315 पृथ्वी प्रज्ञा पुरस्कार ना. भाषा, साहित्य, कला, संस्कृति र ज्ञानविज्ञानका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका साधकहरूलाई समष्टिगत मूल्याङ्कनका आधारमा प्रदान गर्ने गरिएको एक पुरस्कार।
55316 पृथ्वी मण्डल ना. १. सम्पूर्ण पृथ्वीको डल्लो; भूगोल; भूमण्डल।
55317 पृथ्वी मण्डल ना. २. पृथ्वीतल।
55318 पृथ्वी राजमार्ग ना. काठमाडौँ-पोखरा यातायातका लागि नौबिसेदेखि पोखरासम्म जाने राजमार्ग।
55319 पृथ्वी वीरविक्रम ना. वि. सं. १९३२ मा जन्म भई राजगद्दीमा बस्ने र वि. सं. १९६८ मा दिवङ्गत हुने, नेपालका शाहवंशीय सातौँ राजा।
55320 पृष्ट वि. सोधिएको; प्रश्न वा सवाल गरिएको।
55321 पृष्ठ ना. १. शरीरको पछिल्लो भाग; डँडाल्नु; पिठिउँ; पिठिम।
55322 पृष्ठ ना. २. पुस्तकका पन्ना वा कागतको एकपट्टिको भाग।
55323 पृष्ठ ना. ३. कुनै वस्तु, व्यक्ति वा कुराको पछिल्लो भाग।
55324 पृष्ठ ना. ४. कुनै वस्तुको माथिल्लो भाग।
55325 पृष्ठगामी ना. पछि लाग्ने; अनुयायी।
55326 पृष्ठगायन ना. रङ्गमञ्चमा देखा नपरी पात्र-पात्रहरूका निम्ति गाइने गीत ।
55327 पृष्ठदेश ना. १. पृष्ठभाग; पछिल्तिरको अङ्ग।
55328 पृष्ठदेश ना. २. पिठिउँ।
55329 पृष्ठपोषक ना. १. कुनै कामकुरा गर्ने व्यक्तिलाई पछिल्तिरबाट मद्दत गर्ने व्यक्ति; पछाडि बसेर सहायता पुऱ्याउने वा हौसला दिने व्यक्ति; सहायक; मदतगार।
55330 पृष्ठपोषण ना. कुनै कामकुरामा पछाडि बसेर सहायता पुऱ्याउने काम वा प्रवृत्ति; सहयोग; मदत।
55331 पृष्ठभाग ना. १. शरीरको पछिल्लो भाग; पिठिउँ; पृष्ठ।
55332 पृष्ठभाग ना. २. कुनै पनि वस्तु वा कुराको पछिल्लो भाग।
55333 पृष्ठभूमि ना. १. कुनै वस्तु वा कुनै कुराको मूल आधार वा भूमिका।
55334 पृष्ठभूमि ना. २. पछिल्तिरको जमिन।
55335 पृष्ठभूमि ना. ३. कुनै विशेष घटना वा कुराको रूप स्पष्टसँग देखाउने र त्यससँग सम्बद्ध पहिलो घटना वा कुरा।
55336 पृष्ठभूमि ना. ४. मुख, मूर्ति वा चित्र आदिको अघिल्लो भागलाई स्पष्ट गराउन काम दिने दृश्य, चित्र वा वर्णनको भाग; मूर्ति वा चित्रको सबभन्दा पछिल्लो भाग।
55337 पृष्ठभूमि ना. ५. अङ्कित दृश्य वा घटनाको आधार।
55338 पृष्ठभूमि ना. ६. बन्दरगाहपछाडिको क्षेत्र।
55339 पृष्ठभूमि ना. ७. सहरवरिपरिको ग्रामीण क्षेत्र।
55340 पृष्ठवंश ना. मेरुदण्ड भएको प्राणी; ढाड भएको प्राणी।
55341 पृष्ठाङ्कन ना. १. कुनै लेख, पत्र, धनादेश, चेक, चलानी आदिका पीठमा हस्ताक्षर गर्ने काम।
55342 पृष्ठाङ्कन ना. २. कसैसँग केही लिने वा कसैलाई केही दिने बेहोराको लिखित आदेश।
55343 पृष्ठाङ्कन ना. ३. कुनै कुराको समर्थन आदिका रूपमा केही लेख्ने काम; दरपीठ गर्ने काम; कागतको पछाडि सही गर्ने काम।
55344 पृष्ठाङ्कित वि. पीठमा केही लेखिदिएको वा हस्ताक्षर गरिदिएको कागत; दरपीठ गरिएको कागत।
55345 पृष्ठावरण ना. १. सुरक्षाका लागि पुस्तक आदिमा गाताको बाहिरपट्टि बेरिएको वा लगाइएको आवरण।
55346 पृष्ठावरण ना. २. पुस्तक आदिमा लगाइएको जिल्द; गाता।
55347 पृष्ठावरण ना. ३. पर्यावरण।
55348 पृष्ठास्थि ना. शरीरको पछिल्तिरको हाड; ढाड।
55349 पृष्ठिका ना. १. वृत्तान्तको आधार।
55350 पृष्ठिका ना. २. मूर्ति वा चित्रको पृष्ठभूमि।