Dictionary

All Word

55351 पृष्ठिका ना. ३. पृष्ठदेश।
55352 पृष्ठिका ना. ४. पृष्ठभूमि।
55353 पे ना. तलब; तलप; वेतन।
55354 पे कमिसन ना. तलबसम्बन्धी प्रबन्ध गर्नका निम्ति खडा भएको आयोग।
55355 पे रोल ना. मासिक तलब-विवरण।
55356 पेकिङ ना. जनवादी गणतन्त्र चीनको राजधानी (हाल बेजिङ)।
55357 पेकिङ मानव ना. पेकिङभन्दा सत्ताइस माइल पर रहेको चौकुतियान नामक स्थानको एउटा गुफामा १९२१ इस्वीमा प्राप्त जीवाश्मको आधारमा मानवशास्त्रले मान्यता दिएको प्राचीन मानव; उत्तिष्ठवानरको चिनियाँ प्रजाति; उत्तिष्ठवानरको जावामानवभन्दा केही पछिको अवस्था।
55358 पेग ना. १. ह्विस्की, ब्रान्डी आदि पेय पदार्थको एक अल्प परिमाण।
55359 पेग ना. २. सो परिमाणको रक्सी नाप्ने कचौरी; प्याला।
55360 पेङ्कर ना. खेती-कमाई गर्न र जानआउन सारै मुस्किल पर्ने भिरबाटो।
55361 पेङ्गुइन ना. ध्रुवीय क्षेत्रमा पाइने, पानीमा पौडनका लागि बहनाका रूपमा काम दिने पखेटा भएको समुद्रमा आहारा खोजी खाने, दौडिन सक्ने तर उड्न नसक्ने र बसेका बेला हेर्दा उभिएको जस्तो देखिने एक प्रकारको चरो।
55362 पेच ना. १. झन्झट; बखेडा।
55363 पेच ना. २. चलाकी; धूर्तता।
55364 पेच ना. ३. छनक; व्यङ्ग्य।
55365 पेच ना. ४. बेरिएको डाँडो; घुमाएर कस्ने एक प्रकारको डोल्सी परेको किलो।
55366 पेच ना. ५. भित्री वैमनस्य; गुप्त षडयन्त्र।
55367 पेच ना. ६. कुनै डन्डी, काँचको सिसी वा धातुको नलीमा ढिम्री वा बिर्को कस्नका निम्ति बनाइएको फनफनी घुमेको रेखा; गुना।
55368 पेच ना. ७. कुस्ती आदि खेल्दा अर्कालाई पछार्ने युक्ति; कुनै प्रतिद्वन्द्वितामा अर्कालाई हराउने युक्ति।
55369 पेच ना. ८. चङ्गा उडाएर लडाउँदा दुई पक्षका चङ्गाको धागा जोल्ट्याउने काम।
55370 पेच ना. ९. पगरीको अगिल्तिर शोभाका निम्ति जडिएको आभूषण; कल्की; शिरपेच।
55371 पेचकस ना. पेचका थाप्लामा परेका गहिरा ठाउँमा धार अड्काएर बिँडमा समाती सो पेचलाई मस्काउने वा खुस्काउने हतियार।
55372 पेचकाँटी ना. पेचकिलो।
55373 पेचकिलो ना. टोप्रो वा छातामा पेचकस अड्याउने खोल्सो भएको एक किलो।
55374 पेचदार वि. १. पेच भएको; पेचवाल।
55375 पेचदार वि. २. व्यङ्ग्यात्मक।
55376 पेचदार वि. ३. पेचिलो।
55377 पेचपाच ना. १. जाली व्यक्तिको काम; जालझेल; झेलबखेडा।
55378 पेचपाच ना. २. व्यङ्ग्योक्तिसहित जिस्किने काम; छेडछाड; छेडपेच।
55379 पेचपाच ना. ३. पेच ।
55380 पेचवाल वि. पेचदार।
55381 पेचा ना. चेपुवामा तेल पेल्दा फुलो हाल्ने चोयाको पात्र; छपनी।
55382 पेचिलो वि. १. पेच भएको; पेचताल।
55383 पेचिलो वि. २. चालबाजी गर्ने; बखेडा गर्ने; धूर्त; धूर्ततापूर्ण; चालबाज।
55384 पेची वि. पेच लडाउने; बखेडा गर्ने; जालझेल गर्ने; झेली।
55385 पेज ना. १. पृष्ठ।
55386 पेज ना. २. पाना वा पाताको दुई भागको कुनै एक भाग।
55387 पेट ना. १. छातीदेखि मुनि र काखदेखि माथिको शरीरको भाग; भुँडी।
55388 पेट ना. २. खाएको वस्तु जम्मा हुने, शरीरभित्रको थैली।
55389 पेट ना. ३. गर्भ; पाठेघर।
55390 पेट ना. ४. मन; दिल; अन्तःकरण।
55391 पेट ना. ५. खोक्रो वस्तुको भित्री भाग।
55392 पेट ना. ६. थैली; झोला।
55393 पेटकटाइ ना. १. नमासीकन वा खाई-नखाईकनको केही कुराको सँचाइ।
55394 पेटकटाइ ना. २. पेटदुखाइ।
55395 पेटको कुरा ना. मनको कुरा।
55396 पेटकट्टी ना. १. पेट दुखेर आउँ आदि आउने रोग।
55397 पेटकट्टी ना. २. पेटकटाइ।
55398 पेट परमात्मा/परमेश्वर ना. भोक (व्यङ्ग्यार्थमा)।
55399 पेटपाला वि. आफूले खानका निमित्त मात्र काम गर्ने; खानकै धन्दामा मात्र लागेको।
55400 पेटपालो ना. पेट पाल्नका लागि गरिने काम; जीविका; निर्वाह।