Dictionary

All Word

55451 पेन्टाग्राफ ना. मूल नक्सा वा चित्र आदिका आधारमा ठुलो वा सानो आकारको प्रतिलिपि उतार्ने साधन।
55452 पेन्सन ना. विभिन्न सेवामा रहेका कर्मचारीहरूले निर्धारित समयसम्म अविच्छिन्न सेवा गरी विना खुन-खोट अवकाश प्राप्त गरेमा त्यस्ता कर्मचारीलाई सरकारबाट वा सम्बन्धित निकायबाट दिइने भत्ता; निवृत्तिभरण।
55453 पेन्सनवाल ना. पेन्सन वा निवृत्तिभरण पाउने गरी अवकाशप्राप्त कर्मचारी; निवृत्तिभरण पाउने व्यक्ति; पिन्सिने।
55454 पेन्सिल ना. सिलेटमा लेख्ने ढुङ्गाको कलम; सिसाकलम; पिल्सिङ।
55455 पेन्सिल हिल ना. आइमाईले प्रयोग गर्ने चप्पल; अग्लो र तिखो खुरा हुने चप्पल।
55456 पेन्सिलिन ना. शरीरभित्र रोग पैदा गर्ने जीवाणुलाई नाश गर्ने एक प्रकारको औषधी।
55457 पेपर ना. १. कागज; कागत।
55458 पेपर ना. २. अखबार।
55459 पेपर ना. ३. प्रश्नपत्र।
55460 पेपर ना. ४. सुर्तीलाई कागतमा बेरी बनाइएको एक प्रकारको बिडी।
55461 पेपरवेट ना. कार्यालय आदिमा कागतपत्र नउडून् भनी थिचेर राख्ने सिसा, पत्थर आदिको गह्रुँगो साधन; थिचौटो; कागतढुङ्गी।
55462 पेय वि. १. पिउन सकिने; पिउन हुने; पिउन लायकको। ना.
55463 पेय वि. २. पिइने (पानी आदि तरल) पदार्थ।
55464 पेरुङ्गो ना. लाम्चो, चेप्टो प्वाल वा आँखा भएको बाँसको चोयाको भाँडो; तामा, च्याउ, माछा, सुङ्गुरको पाठो आदि हाल्नका निम्ति प्रयोग हुने एक प्रसिद्ध वस्तु।
55465 पेल्नु स.क्रि. १. कोल वा अन्य किसिमका यन्त्रलाई चारैतिर घुमाई वा थिची रस वा तेल निकाल्नु।
55466 पेल्नु स.क्रि. २. कोल आदि यन्त्रले खुबसित निचोर्नु वा थिच्नु।
55467 पेल्नु स.क्रि. ३. अँचेट्नु; घचेट्नु; ठेल्नु।
55468 पेल्नु स.क्रि. ४. थिचोमिचो गर्नु; अरूको अधिकार मिच्ने काम गर्नु; बलप्रयोग गर्नु।
55469 पेल्नु स.क्रि. ५. नटेर्नु।
55470 पेला ना. कुनै काम चाँडो गराउनाका निम्ति गरिने आग्रह वा प्रेरणा; ताकिता; हुटहुटी।
55471 पेलाइ ना. पेल्ने वा पेलिने कार्य वा कार्यप्रणाली।
55472 पेलाइनु क.क्रि. पेल्न लगाइनु।
55473 पेलाउनु प्रे.क्रि. पेल्न लगाउनु।
55474 पेलाहट ना. पेलाइ।
55475 पेलाहा वि. पेल्ने स्वभाव भएको; पेल्ने खालको।
55476 पेलिनु अ.क्रि. पेलाइमा पर्नु। क.क्रि. पेलिएको पारिनु।
55477 पेलुवा वि. १. तामा, पित्तल आदि धातुलाई पेलेर बनाइएको (पाता)।
55478 पेलुवा वि. २. तामा आदिको पेलुवा पाताबाट बनाइएको (भाँडो)।
55479 पेलुवा वि. ३. पेलाहा।
55480 पेवा ना. १. कथ्य. प्यावा/ प्यावो पनि। लोग्ने, लोग्नेपट्टिका अंसियार, घरतर्फका अरू नातेदार वा इष्टमित्रले मन्जुरीको लिखत गरिदिएको र त्यसबाट बढेबढाएको वा माइतीले अथवा मावलीले दिएको धन; दाइजो। वि.
55481 पेवा ना. २. निजी; व्यक्तिगत।
55482 पेशल वि. १. कमलो।
55483 पेशल वि. २. सुन्दर।
55484 पेशल वि. ३. चतुर; बाठो।
55485 पेशि/ पेशी ना. शरीरमा रहने मासुको लोतो; मासुको थुप्रो; मांसपिण्ड; मांसपेशी।
55486 पेशीकोष ना. चराचुरुङ्गीको फुल; अन्डा।
55487 पेशीविकार ना. शरीरको मांसपेशीमा हुने कुनै प्रकारको विकृति; मांसपेशी।
55488 पेशीविज्ञान ना. मांसपेशीको स्वरूप र संरचना तथा त्यसमा हुने रोगसम्बन्धी कुराको अध्ययन, विश्लेषण गर्ने विज्ञान; मांसपेशीसम्बन्धी विज्ञान।
55489 पेषण ना. कुनै कुरालाई पिँधेर पिठो बनाउने काम; पिँध्ने काम; पिस्ने काम; चूर्ण वा धुलो बनाउने क्रिया।
55490 पेषणी ना. नुन आदि पिँध्ने साधन (सिलौटो, लोहोरो आदि)।
55491 पेस्नु स.क्रि. १. पेस गर्नु; प्रस्तुत गर्नु; दाखिल गर्नु।
55492 पेस्नु स.क्रि. २. हुलाकबाट पठाउनु।
55493 पेस ना. १. कुनै व्यक्ति वा अड्डाअदालतका समक्ष कुनै कागजपत्र आदि प्रस्तुत गर्ने काम; अगिल्तिर ल्याउने काम; उपस्थित गर्ने काम।
55494 पेस ना. २. जाहेर गर्ने काम; जाहेरी। वि.
55495 पेस ना. ३. पेस गरिएको।
55496 पेसा ना. जीवनयापनका निम्ति अँगालिएको मुख्य काम; जीविकाका निम्ति गरिने काम; इलम, व्यवसाय वा उद्योग; उद्यम; धन्दा।
55497 पेसाइ ना. पेसगराइ।
55498 पेसाइनु क.क्रि. पेस गराइनु; पेस्न लाइनु।
55499 पेसाउनु प्रे. क्रि. पेस गराउनु; पेस्न लाउनु।
55500 पेसामूलक वि. पेसालाई मूल कुरा मान्ने खालको; व्यवसायप्रधान।