Dictionary

All Word

55551 पैठ ना. ३. कुनै वस्तुलाई ठेल्ने वा पेल्ने काम; घच्याट्ने काम; पेलाइ।
55552 पैठ ना. ४. आड-भरोसा; सहारा।
55553 पैठ ना. ५. खेल्ने खालमा अगिल्तिर नगद नराखी अरूले थाहा नपाउने गरी गुप्त रूपबाट लेनदेन गरी खेलिने जुवा।
55554 पैठारी ना. आफ्नो देशमा हुँदै नभएका वा पर्याप्त मात्रामा नभएका मालसामान विदेशबाट झकाउने काम; विदेशबाट आवश्यक मालसामान स्वदेशमा मगाउने काम; आयात; निकासीको उल्टा।
55555 पैठारी कर्ता ना. विदेशबाट स्वदेशमा मालसामान झकाउने व्यक्ति; मालसामान आयात गर्ने व्यक्ति।
55556 पैठिनु अ.क्रि. खुट्टाको बलले थिचेर कुनै वस्तु भित्र पस्नु।
55557 पैठ्याइ ना. पैठिने क्रिया वा प्रक्रिया।
55558 पैठ्याइनु क.क्रि. पैठिने पारिनु।
55559 पैठ्याउनु स.क्रि. / प्रे.क्रि. प्रवेश गराउनु; घुसाउनु; पैठिने तुल्याउनु।
55560 पैठ्याहट ना. पैठ्याइ।
55561 पैतालो ना. जमिनमा टेक्ने खुट्टाको भाग; शरीरको सबभन्दा तल्लो भाग; पादतल।
55562 पैतृक वि. १. आफ्नो जन्मदाता बाबुको; पिताको।
55563 पैतृक वि. २. पितृसम्बन्धी।
55564 पैतृक वि. ३. पितापुर्खाको; बाबुबाजेबाट प्राप्त; पुर्ख्यौली।
55565 पैतृक वि. ४. पितृका उद्देश्यले गरिने (श्राद्ध आदि)।
55566 पैतृक सम्पत्ति ना. आफ्ना पितापुर्खाले आर्जेको र छोरानातिलाई उत्तराधिकार रूपमा प्राप्त सम्पत्ति; पुर्ख्यौली सम्पत्ति।
55567 पैतो ना. १. पवित्र अर्थात् घिउ हालेर पकाएको हुनाले जातभातमा परहेज राख्नेका लागि समेत स्वीकार गर्न मिल्ने मानिएको दाल; चोखो दाल।
55568 पैतो ना. २. दाल।
55569 पैत्तिक वि. पित्तको प्रकोपबाट पैदा भएको; पित्तबाट भएको; पित्तसम्बन्धी।
55570 पैदल वि. १. हिँडेर यात्रा गर्ने; कुनै सवारीसाधनको उपयोग नगरी गोडाले नै हिँड्ने। क्रि.वि.
55571 पैदल वि. २. गोडाले; खुट्टाले। ना.
55572 पैदल वि. ३. लडाइँ आदिमा जाँदा कुनै सवारीमा गोडाले नै हिँडेर जाने सैनिक वा सिपाही; पैदल हिँड्ने सिपाही; पदाति।
55573 पैदल वि. ४. बुद्धिचालको खेलमा सबभन्दा सानो गोटी; सिपाही।
55574 पैदा वि. १. जन्मेको; उत्पन्न भएको; उत्पन्न।
55575 पैदा वि. २. निस्केको; प्रकट भएको; प्रकट।
55576 पैदा वि. ३. घटित भएको।
55577 पैदा वि. ४. कमाइएको; आर्जित।
55578 पैदाइस ना. १. जन्म लिने क्रिया; जन्म।
55579 पैदाइस ना. २. पैदा हुने क्रिया; उत्पत्ति।
55580 पैदाइसी वि. १. उत्पत्तिकालदेखि नै सँगै आएको; जन्मदेखिको; जन्मजात।
55581 पैदाइसी वि. २. पैदाइससम्बन्धी।
55582 पैदाइसी वि. ३. पैदाइसदेखिको।
55583 पैदावार ना. खेतबारीबाट हुने उब्जनी; बाली; उपज।
55584 पैदावारी ना. पैदावार।
55585 पैन१ ना. पाइँ, पाइन; तुजुक; तागत; शक्ति; ताइँफाइँ।
55586 पैन२ ना. खेतबारीमा पानी लगाउनका निम्ति बनाइएको कुलो; नहर-प्रणाली; गडकुलो।
55587 पैनी ना. खेतबारीमा पानी लगाउनका निम्ति बनाइएको कुलो; पैन; गडकुलो।
55588 पैनी ना. रक्सी पार्दा थोपा-थोपा गरी चुहाएर सङ्रग्रह गर्ने भाँडो।
55589 पैमाइस ना. जग्गाजमिन आदि नाप्ने काम, जग्गाजमिनको नाप लिने काम, नापी।
55590 पैमाना ना. १. जग्गाजमिन आदिको नक्सा आदि बनाउँदा ठुलो विस्तारलाई सानो पार्न लिइएको अनुपात।
55591 पैमाना ना. २. जग्गा जमिन आदि नाप्ने औजार वा साधन।
55592 पैमाना ना. ३. मात्रा; परिमाण; नाप।
55593 पैयाँ ना. १. पाउ।
55594 पैयाँ ना. २. पाङ्ग्रो।
55595 पैयाँ ना. ३. घोडाको दगुर्ने किसिम; फर्दचालभन्दा कम र कदमचालभन्दा धेरै गतिशील चाल।
55596 पैयुँ ना. विभिन्न आकारका विशेष गरेर साना मसिना दाँती परेका पात हुने, सेता वा गुलाफी रङका फूल फुल्ने र राता, सानसाना खान हुने फल फल्ने भूर्जपत्रजस्ता बोक्रा हुने आरुकै समूहको वृक्षविशेष।(आयुर्वेदमा यसको गुण सर्पको विषनाशक भनिएको छ।)
55597 पैरवी ना. १. मुद्दामामिला आदिमा कुनै एक पक्षको समर्थनमा तर्क प्रस्तुत गर्ने काम; दुई पक्षका बिचमा झगडा हुँदा कुनै पक्षको समर्थन गरेर बोल्ने काम; पक्षपोषणी; वकालत।
55598 पैरवी ना. २. कुनै काम सफल पार्न गरिने प्रयत्न।
55599 पैरा/पैरी ना. आइमाईले गोडामा लगाउने चाँदीको एक प्रकारको गहना; पैजनी।
55600 पैरो ना. पहिरो; पैह्रो।