Dictionary

All Word

55701 पोटिलो वि. २. बिचको खण्ड उक्सिएको; पुटुक्क।
55702 पोटी१ ना. लसुन-प्याजको गानु वा डल्लो।
55703 पोटी२ ना. बैलगाडी वा राँगागाडीका चक्काका वरिपरि हुने नल्की; पुठी; पोठी।
55704 पोटी३ ना. घरमा गाँसेर बाहिरतिर निकालिएको, माथि कौसीजस्तो र तलतिर खुलाएको घरकै भाग।
55705 पोटे ना. १. खसी, बोका आदिको भुटुवा; भुँडी।
55706 पोटे खिर ना. दुधमा भात हालेर पकाएको खिर।
55707 पोटे देउता ना. ढुङ्गेधारो, टुटीधारो आदिका मन्दिरमा स्थापना गरिने देवताको मूर्ति। (यो प्रायः राजा भगीरथको मूर्ति हुन्छ)।
55708 पोटे धारो ना. बाटामा आवतजावत गर्ने बटुवाहरूले पानी खाऊन् भनी बनाइएको टुटीधारो।
55709 पोठिया ना. हे. पुठिया।
55710 पोठी ना. १. गाडाको पाङ्ग्रावरिपरिको खण्डवृत्ताकार काठका गिँडुल्कामध्ये कुनै एक; नलकी; पुठी; पोटी।
55711 पोठी ना. २. कत्ले माछो; पोथी माछो।
55712 पोडे/पोढे ना. नेवार-जातिको एउटा निम्नवर्ग; फोहरमैला आदि सफा गर्ने जाति; चाण्डालको एक भेद; देउला।
55713 पोडे मल ना. गुहुको मल।
55714 पोत्नु स.क्रि १. गोबर, माटो आदि मिसाएर घरको चुलो, दैलो, मझेरी आदि लिप्नु।
55715 पोत्नु स.क्रि २. गिलो वा लेसाइलो पदार्थ अरू वस्तुमाथि लगाउनु।
55716 पोत्नु स.क्रि ३. विभूति, चन्दन आदि बेसरी दल्नु वा थोपर्नु।
55717 पोत्नु स.क्रि ४. पोतर्नु।
55718 पोत१ ना. १. शिशु; बच्चो।
55719 पोत१ ना. २. डुङ्गा; नाउ।
55720 पोत१ ना. ३. कपडा बुन्दा धागाको किसिम, बुनोट आदिका हिसाबले कपडाको भुईंको चिल्लोपन र एकनासेपन।
55721 पोत१ ना. ४. जमिन पोत्ने क्रिया वा प्रक्रिया; पोताइ।
55722 पोत२ ना. जग्गाधनीले सरकारलाई तिर्नुपर्ने कर; जग्गाको कर; तिरो; कुत।
55723 पोतपात ना. लिप्ने र पोत्ने काम; लिपपोत; लिपलाप।
55724 पोत बिर्ता ना. बिर्ता उन्मूलन ऐन लागु हुनुभन्दा पहिले विभिन्न प्रकारका बिर्तामध्ये केही पोतरकम सरकारलाई बुझाई खान पाउने गरी दिइएको एक प्रकारको बिर्ता; आंशिक पोत तिर्नुपर्ने बिर्ता जग्गा; पोताबिर्ता।
55725 पोतर्नु स.क्रि. गिलो वा लेस्याइलो पदार्थ जथाभाबी दल्नु; लिप्नु; घस्नु; नराम्रो देखिने गरी लतपत्याउनु।
55726 पोतराइ ना. पोतर्ने क्रियाप्रक्रिया।
55727 पोतराइनु क.क्रि. पोतर्न लाइनु।
55728 पोतराउनु प्रे.क्रि. पोतर्न लाउनु।
55729 पोतवार ना. डुङ्गा खियाएर जीविका गर्ने व्यक्ति; माझी।
55730 पोता ना. पोत; तिरो।
55731 पोता अड्डा ना. १. बिर्ताप्रथाको प्रचलन भएका बेलामा बिर्ता जग्गाको मालपोत असुल गर्ने कार्यालय।
55732 पोता अड्डा ना. २. पोताबिर्ताको मालपोत कार्यालय।
55733 पोताइ ना. पोत्ने भाव, क्रिया वा प्रक्रिया।
55734 पोताइनु क.क्रि. पोत्न लाइनु।
55735 पोताउनु प्रे.क्रि. पोत्न लाउनु।
55736 पोता बिर्ता ना. केही मात्रामा भूमिकर तिरेर भोगचलन गरिने जग्गा; थोरै मात्र पोता लागेको बिर्ता जग्गा।
55737 पोतारी/पोतारो ना. चुलो, दैलो, मझेरी आदि पोत्नका निम्ति गोबर, माटो आदि मिलाएर राखिने भाँडो; पोतो राख्ने आरी।
55738 पोताला ना. लासामा रहेको दलाइ लामाको इतिहासप्रसिद्ध दरवार।
55739 पोतिनु क.क्रि. पोत्ने काम गरिनु; लिपिनु; लिप्सिनु।
55740 पोते ना. १. विभिन्न रङका काँचका ससाना दानालाई धागोमा उनेर बनाइएको, सधवा स्त्रीले घाँटीमा लाउने सौभाग्यसूचक माला।
55741 पोते ना. २. डोकोको बिट नआइपुग्दै अर्थात् बिट मार्नुभन्दा पहिल्यै डोकोलाई बलियो पार्ने, राम्रो पनि गराउने उद्देश्यले ठिक डोकाको घाँटी भन्न सुहाउने ठाउँमा बाक्लो किसिमले वरिपरि बुनिने माल्याकार बुट्टा।
55742 पोते ना. ३. पोतेमाला बनाउने काँचका कणहरू।
55743 पोते गेडे ना. सेतो पोतेका दानाजस्तो साना- साना दाना हुने एक प्रकारको मल; युरिया।
55744 पोते माला ना. पोतेका कणद्वारा बनाइने माला; पोते।
55745 पोतेला ना. खेतबारीका कान्ला भत्की वा अरू कुनै कारणवश कान्लामुनि निस्केको जमिन; खेतबारीको कान्लामुनिको जमिन।
55746 पोतेलो ना. नौ मिटरजति अग्लो बोट हुने, खैरा बोक्रा हुने, नजानिँदो डिम्बाकार र मालाकारका हरिया पात हुने, बास्नादार पहेँलो झुप्पामा फुल्ने, पाकेपछि कालो फल लाग्ने एक प्रकारको सदाबहार वृक्षविशेष। (आयुर्वेदमा यसको फल चर्मरोगलाई नाश गर्ने मानिएको छ)।
55747 पोतो ना. १. चुलो, दैलो, मझेरी आदि पोत्ने लुँडो; पोत्ने झुम्रो।
55748 पोतो ना. २. पोतेका ठाउँमा देखिने अर्धवृत्ताकार रेखा; पोतेको डोब।
55749 पोतो ना. ३. दुईमुखे चुलाको बिचको भाग; पौडो।
55750 पोतो ना. ४. मुखमा बसेको चायाको कालो दाग।