Dictionary

All Word

55851 पोसिनु क.क्रि. १. पोसाइ प्राप्त गरिनु। स.क्रि.
55852 पोसिनु क.क्रि. २. पालनपोषण गरिनु; पालिनु।
55853 पोसिलो वि. शरीरलाई हृष्टपुष्ट बनाउने; मोटो, बलियो बनाउने; तागत दिने; पौष्टिक।
55854 पोस्ट ना. १. हुलाक।
55855 पोस्ट ना. २. पद; दर्जा।
55856 पोस्ट ना. ३. खाँबो।
55857 पोस्ट ना. ४. चौकी।
55858 पोस्ट अफिस ना. हुलाक; हुलाकघर; डाकघर; डाकखाना।
55859 पोस्ट कार्ड ना. बाक्लो, लाम्चो, चार कुना परेको, चिठी लेख्ने कार्ड; चिठीपत्र लेख्ने कार्ड; टाढा-टाढा पठाउने निम्तो, शुभकामनापत्र आदि।
55860 पोस्ट ग्रजुएट/ग्य्राजुएट वि. स्नातक भइसकेको; स्नातकोत्तर।
55861 पोस्ट बक्स ना. हुलाकद्वारा पठाउनुपर्ने चिठी खसाल्नका निम्ति राखिएको बाकस; पत्रमञ्जूषा।
55862 पोस्ट मार्टम ना. भवितव्य वा कर्तव्यले कसैको शङ्कास्पद मृत्यु भएमा वा कोही व्यक्ति दुर्घटनामा परी मरेमा डाक्टरहरूद्वारा मर्नेको लास जाँच्ने काम; लासजाँच।
55863 पोस्ट मास्टर ना. डाकखानाको हाकिम; पोस्टअफिसको मुख्य कर्मचारी।
55864 पोस्ट म्यान ना. हुलाकी; हल्कारो।
55865 पोस्टर ना. सर्वसाधारणको जानकारीका लागि नारा, माग आदि ठुलठुला अक्षरमा लेखी आवश्यकताअनुसार चित्र समेत बनाई भित्ता आदिमा टाँसिने पत्र; एक प्रकारको विज्ञापनपत्र; भित्ते प्रचारपत्र।
55866 पोस्टाचार्य ना. आचार्य परीक्षा उत्तीर्ण गरेपछि तीन वर्षसम्म अध्ययन गरी विशिष्ट परीक्षा उत्तीर्ण भएर पाइने एक उपाधि।
55867 पोस्त ना. अफिमको फल; खसखसको दाना।
55868 पोस्तक ना. हे. पुस्तक।
55869 पोस्ता ना. अफिम।
55870 पोस्तिन ना. पुस्तकको भित्री पृष्ठावरणसँग टाँसिएर रहेको खाली पाना।
55871 पोस्ती ना. १. खोजेका बेलामा पाइने गरी राम्रोसित मिलाएर मिसिल राख्ने काम (फाइलसिस्टम)।
55872 पोस्ती ना. २. मिसिलभित्र रहेका कागतको विषय खोली ढकनका रूपका राखिएको कागत; मिसिलसूची; पञ्जिका।
55873 पोस्ती ना. ३. वादीप्रतिवादीका नाउँ, थर, वतन र मुद्दादायरी आदिको बेहोरा बाहिरबाटै देखिने गरी लेखिएको मिसिलकै बाहिरपट्टि रहने कागत; पुस्ती।
55874 पोस्याइ ना. पोस्ने क्रिया वा प्रक्रिया।
55875 पोस्याइनु क.क्रि. पोस्न लगाइनु; पोसिलो तुल्याइनु।
55876 पोस्याउनु प्रे.क्रि. १. पोस्न लाउनु। स.क्रि.
55877 पोस्याउनु प्रे.क्रि. २. पोसिलो तुल्याउनु।
55878 पोहटा ना. हे. पवटा।
55879 पोहर/ पोहोर ना. १. गएसाल; अघिल्लो वर्ष; एक वर्षपहिलेको वर्ष; गत वर्ष। क्रि.वि.
55880 पोहर/ पोहोर ना. २. पोहोर; गत वर्षमा।
55881 पोहोरो ना. कुखुराको कोरलो पोथी; फुल पार्ने बेलाको कुखुरो।
55882 पौँ ना. पिरो, अमिलो; नुनिलो वा गुलियो स्वाद हुने, केही रातो वा केही कालो माडाजस्तो खानेकुरो; माडाको विशेष प्रकार।
55883 पौँच ना. १. पहुँच; पुगाइ।
55884 पौँच ना. २. शक्ति।
55885 पौँचनु अ.क्रि. ताकेका ठाउँमा पुग्नु; सामेल हुनु।
55886 पौँचनामा ना. पहुँचनाम।
55887 पौँचाइ ना. पौँचने वा पौँचाउने क्रियाप्रक्रिया।
55888 पौँचाइनु क.क्रि. पाैँचने पारिनु।
55889 पौँचाउनु स.क्रि. / प्रे.क्रि. पुऱ्याउनु; सामेल गराउनु।
55890 पौँजा ना. पन्जा (सोझा औँलासहितको हत्केलो वा नङ्ग्रासहितको मुठी); लबटो।
55891 पौँजा फुलाइ ना. कुट्न वा झम्टन पौँजा दला पारेर फिँजाउने काम।
55892 पौँठा१ ना. बियाउने गाई-भैँसीका पुच्छरका फेदका दुईपट्टि उठेको मांसल भाग वा लोला।
55893 पौँठा बसाइ ना. नबियाउँदै तर बियाउने समय नजिक आइसकेपछि गाई-भैँसी आदि स्त्री- पशुका पुच्छरका फेदमा दुवैतिर गहिरो हुँदै जाने अवस्था।
55894 पौँठा२ ना. दुई हातका नारी; पाखुरा; मणिबन्ध।
55895 पौँठाजोरी ना. परस्परमा हातका नारी समातेर तान्दै बल देखाउने प्रक्रिया।
55896 पौँठे वि. पौँठोसम्बन्धी।
55897 पौँठेजोरी ना. एउटाले अर्काको नारी अँठ्‌याउँदै बल प्रदर्शनका लागि खेलिने दुई जनाको खेल; पौँठाजोरी।
55898 पौँठो ना. नारी; पाखुरो; बाहु।
55899 पौँडो ना. १. नब्याएको भैँसी; थारो भैँसी।
55900 पौँडो ना. २. बकेर्नो पाडो।