Dictionary

All Word

55901 पौँती ना. बिर्को हुने एक प्रकारको ढक्की।
55902 पौगण्ड ना. १. बालबालिकाको पाँचदेखि दश वर्षसम्मको उमेर। वि.
55903 पौगण्ड ना. २. पाँच वर्षदेखि दश वर्षसम्मका उमेरको।
55904 पौडनु अ.क्रि. १. नडुब्नका लागि हातगोडा चालेर पानीमा खेल्नु; पानीमा हातगोडाले खियाउनु।
55905 पौडनु अ.क्रि. २. काठ आदि वस्तु पानीमा उत्रेर बग्नु।
55906 पौडाइ ना. पौडने क्रिया वा प्रक्रिया।
55907 पौडाइनु क.क्रि. पौडन लाइनु; पौडने पारिनु।
55908 पौडाउनु प्रे.क्रि. पौडन लाउनु; पौडने पार्नु।
55909 पौडिनु अ.क्रि. १. पौडनु।
55910 पौडिनु अ.क्रि. २. पौडने होइनु।
55911 पौडी ना. पानीमा हातगोडा चालेर तैरिँदै खेलिने खेल; जलक्रीडा; पौरी।
55912 पौडीबाज ना. पौडी खेल्न सिपालु मान्छे।
55913 पौडो ना. दुईमुखे चुलाका बिचको भाग; पोतो।
55914 पौत्र ना. १. छोराको छोरो; नाति। वि.
55915 पौत्र ना. २. छोराको; छोरासम्बन्धी।
55916 पौत्री ना. छोराकी छोरी; नातिनी।
55917 पौन ना. १. प्राणवायु; सास।
55918 पौन ना. २. श्वास-प्रक्रिया।
55919 पौनी ना. पुहुनी; पुहुन्की।
55920 पौनीपात ना. पुहुन्कीका रूपमा पाइने वस्तु; पुहुन्कीपात।
55921 पौनीसाँप ना. एक प्रकारको साँप; सिरिसे।
55922 पौने वि. १. कुनै सङ्ख्या वा परिमाणको चार भागमध्ये तीन भाग मात्र भएको। ना.
55923 पौने वि. २. चार खण्डको तीन खण्ड; तीनचौथाई।
55924 पौबा ना. कागत, कपडा आदिमा देवदेवीहरूका चित्र लेखिएको प्राचीन शैलीको चित्रपट; थाङ्का।
55925 पौबाह्र ना. हे. पोटबाह्र।
55926 पौर वि. १. नगरमा हुने वा बस्ने; नगरसम्बन्धी; नगरको। ना.
55927 पौर वि. २. नगरनिवासी; सहरिया; नागरिक।
55928 पौरख ना. १. पौरुष; पुरुषार्थ।
55929 पौरख ना. २. कमाइ; आर्जन।
55930 पौरखी वि. १. पुरुषार्थी।
55931 पौरखी वि. २. उद्यमी; व्यवसायी; कमाउने।
55932 पौरख्याइँ ना. १. पौरखको भाव।
55933 पौरख्याइँ ना. २. पुरुषार्थ; पौरख।
55934 पौरस्त्य वि. हे. पूर्वीय।
55935 पौराणिक वि. १. पुराणमा भएको; पुराणको; पुराणसम्बन्धी।
55936 पौराणिक वि. २. प्राचीन कालको; पुरानो समयको। ना.
55937 पौराणिक वि. ३. पुराण भन्न जान्ने मान्छे; पुराणवाचक।
55938 पौरुष वि. १. पुरुषसम्बन्धी; पुरुषको। ना.
55939 पौरुष वि. २. पुरुषको भाव वा अवस्था; पुरुषत्व।
55940 पौरुष वि. ३. सामान्य रूपले पुरुषमा हुने विशेषता तथा गुण; पुरुषार्थ; पौरख; पराक्रम।
55941 पौरुषेय वि. १. पुरुषले निर्माण गरेको; मान्छेले बनाएको।
55942 पौरुषेय वि. २. मानवीय; पुरुषसम्बन्धी। ना.
55943 पौरुषेय वि. ३. पुरुषको काम।
55944 पौरो ना. अगेनु।
55945 पौरोहित्य ना. समयसमयमा जजमानका घरमा गई पुरोहितले गर्ने कर्मकाण्ड र संस्कार आदिसम्बन्धी काम; पुरेतले गर्ने काम; जजमानी।
55946 पौरोहित्य कर्म ना. जजमानी काम।
55947 पौर्णमास वि. १. पूर्णिमासम्बन्धी; पूर्णिमाको। ना.
55948 पौर्णमास वि. २. अग्निहोत्रहरूद्वारा पूर्णिमाको दिन गरिने एक प्रकारको यज्ञ।
55949 पौर्णमास वि. ३. पूर्णिमा।
55950 पौर्णमासिक वि. १. पूर्णिमाको; पूर्णिमासम्बन्धी।