Dictionary

All Word

55801 पोलाहट ना. पोलाइ।
55802 पोलाहा वि. १. अर्काको पोल लाउने; चुक्ली लाउने; चुक्लीखोर; छुल्याहा।
55803 पोलाहा वि. २. भए-नभएको कसुरमा अर्कालाई मुछ्ने स्वभावको; अर्काको उजुर गर्ने वा पोल लगाउने।
55804 पोलिनु क.क्रि. पोल्ने काम गरिनु।
55805 पोलिस्टर ना. सिन्थेटिक वा रबरजस्तो पग्लने तत्त्व मिश्रित धागोबाट तयार गरिएको कोट, पाइन्ट, कमिज आदिका निम्ति उपयोगी कपडा।
55806 पोलो१ ना. तिहुन, तरकारी आदि मिठो पार्न चामलसमेत मिसाई पिँधिएको मसला।
55807 पोलो२ ना. १. कामकाजको पिर।
55808 पोलो२ ना. २. चटारो।
55809 पोलो३ ना. अरिङ्गाल, माहुरी आदिले बनाएको गुँड वा गोलो।
55810 पोलो४ ना. हात्ती वा घोडामा चढेर खेलिने खेलविशेष।
55811 पोल्टिनु अ.क्रि. केही वस्तु पोल्टामा पर्नु।
55812 पोल्ट्री फार्म ना. कुखुरा, हाँस आदि घरपाला चरा पाल्ने ठाउँ।
55813 पोल्टो ना. केही पोको पार्ने काममा प्रयोग गरिने दौरा, पटुका आदिको फेरो।
55814 पोल्ट्याइ ना. पोल्टिने किसिम, क्रिया वा भाव।
55815 पोल्ट्याइनु क.क्रि. पोल्टोमा हालिनु; पोल्टोमा कुनै वस्तु भरिनु; पोल्टो भरिनु।
55816 पोल्ट्याउनु स.क्रि. / प्रे.क्रि. पोल्टामा हाल्नु; पोल्टो भर्नु वा भर्न लगाउनु।
55817 पोश ना. हे. पोस।
55818 पोष ना. १. पालन-पोषण गर्ने काम; पोस्ने काम; पोसाइ।
55819 पोष ना. २. पुष्टि; पुस्ट्याइँ।
55820 पोष ना. ३. तागत बढाउने वा पुष्ट बनाउने औषधी।
55821 पोष ना. ४. तागत।
55822 पोषक वि. १. पालनपोषण गर्ने; मोटो, बलियो बनाउने; पुष्ट बनाउने।
55823 पोषक वि. २. सहायता पुऱ्याउने; सहायक। ना.
55824 पोषक वि. ३. आफूमा आश्रित जीवलाई पोसिलो पदार्थ प्रदान गर्ने प्राणी वा वनस्पति।
55825 पोषक द्रव्य ना. शरीरलाई मोटोघाटो बनाउने पदार्थ; पोसिलो पदार्थ।
55826 पोषण ना. स्वास्थ्यप्रद भोजन र अन्य सुखसुविधा प्रदान गरेर आनन्दपूर्वक जीवन बिताउन कसैलाई सहायता पुऱ्याउने काम; पालन गर्ने काम; पोस्ने काम।
55827 पोषणविज्ञान ना. पोषण वा पौष्टिक तत्त्व सम्बन्धी कुराको अध्ययन गर्ने विज्ञान।
55828 पोषणाभाव ना. १. शरीरलाई मोटो, बलियो बनाउने पौष्टिक तत्त्व वा पौष्टिक भोजनको कमी।
55829 पोषणाभाव ना. २. त्यस्तो कमीले हुने रोग; कुपोषण।
55830 पोषित वि. १. पोषण गरिएको; पालिएको। ना.
55831 पोषित वि. २. पराश्रयी जीवजन्तुलाई सहारा दिई बचाउने जीव वा वनस्पति।
55832 पोष्य वि. १. पोषण गर्नुपर्ने; पोषण गर्न योग्य; पोषण गर्न लायक।
55833 पोष्य वि. २. पोस्न सकिने।
55834 पोष्यपुत्र ना. आफूबाट जन्मेको छोरो नभए पनि छोरासमान गरी पालनपोषण गरिएको व्यक्ति; धर्मपुत्र।
55835 पोष्यवर्ग ना. आफूले पालनपोषण गर्नुपर्ने मानिसहरूको समूह (नोकरचाकर, छोराछोरी आदि)।
55836 पोस्नु स.क्रि. १. मन परेका व्यक्तिलाई धनमाल आदि खुब दिनु।
55837 पोस्नु स.क्रि. २. पालनपोषण गर्नु; पाल्नु।
55838 पोस्नु स.क्रि. ३. हृष्टपुष्ट पार्नु; मोटो, बलियो पार्नु।
55839 पोस१ ना. कुनै कुरा ढाक्न वा छोप्नका लागि प्रयोग गरिने लुगा, छाला आदिबाट बनेको वस्तु। (जस्तो- शिरपोस, पाउपोस आदि)।
55840 पोस२ ना. १. पोष; पोषण।
55841 पोस२ ना. २. तागत।
55842 पोसाइ ना. पोस्ने क्रिया वा प्रक्रिया।
55843 पोसाइनु क.क्रि. पोस्न लाइनु; पोसिलो पारिनु।
55844 पोसाउनु प्रे.क्रि. पोस्न लाउनु; पोसिलो पार्नु।
55845 पोसाक ना. लुगा; पहिरन।
55846 पोसाक खाना ना. सैनिक र प्रहरीहरूका पोसाक राख्ने घर वा ठाउँ; पोसाक राख्ने घर।
55847 पोसाक घर ना. पोसाकखाना।
55848 पोसाके ना. १. चाहिएको बेलामा पोसाक अगिल्तिर ल्याएर राखिदिने वा पोसाक पहिराउने व्यक्ति।
55849 पोसाके ना. २. पोसाकसम्बन्धी काम गर्ने व्यक्ति। वि.
55850 पोसाके ना. ३. पोसाकको; पोसाकसम्बन्धी।