Dictionary

All Word

55951 पौर्णमासिक वि. २. पूर्णिमाका दिनमा हुने (पूजा, व्रत आदि)।
55952 पौर्णमासी ना. पूर्णिमा।
55953 पौर्णमास्य ना. पौर्णमासिक यज्ञ।
55954 पौर्वात्य वि. पूर्व दिशाको; पूर्वीय।
55955 पौर्वापर्य ना. १. पहिलेको अगाडि र पछिको पछाडि रहने क्रम।
55956 पौर्वापर्य ना. २. अगाडि र पछाडिकोमा हुने सम्बन्ध।
55957 पौर्वापर्य ना. ३. पूर्वापरको भाव वा अवस्था।
55958 पौरी ना. हे. पौडी
55959 पौल/पौलो१ वि. १. छेलोखेलो; प्रचुर; मनग्य; प्रशस्त। ना.
55960 पौल/पौलो१ वि. २. प्रशस्तता; प्रचुरता; पर्याप्तता।
55961 पौलो२ ना. ठेका, गाग्रा आदिमा प्वाल परेमा बन्द गर्न प्रयोग गरिने काठको टुक्रो वा बुजो; भाँडाको मुख वा छिद्र थुन्ने ठेडी।
55962 पौवा१ ना. खाट, टौवा, ठाँटी, चौकी आदिको खुट्टा।
55963 पौवा२ ना. १. बटुवाहरूका लागि पानीको समेत प्रबन्ध भएको पाटी; पानीयशाला; पौशाला।
55964 पौवा२ ना. २. ठाँटी; टहरो; धर्मशाला।
55965 पौवाली ना. १. पौवाको हेरविचार वा संरक्षण गर्ने व्यक्ति; पौशालाको रक्षक।
55966 पौवाली ना. २. पौवा वा त्यसका छेउछाउमा बास गर्ने व्यक्ति।
55967 पौशाला ना. पानीघर; पानीशाला; पँदेरे घर; छाप्रे कुवा।
55968 पौष ना. सौर मासअनुसार मङ्सिर र माघका बिचमा पर्ने महिना; पुस।
55969 पौषी वि. १. पौष महिनामा पर्ने।
55970 पौषी वि. २. पौषसम्बन्धी; पुसको।
55971 पौष्टिक वि. १. शरीरलाई मोटो, बलियो बनाउने; पुष्टिकारक; शक्तिवर्धक। ना.
55972 पौष्टिक वि. २. पुष्ट पार्ने काम; पुष्टिकारक कर्म।
55973 प्याँ क्रि.वि. सनही आदि बाजा बजाउँदाको झैँ शब्द निस्कने गरी (प्राय: केटा-केटीका रुवाइका अनुकरणमा प्रयोग हुने)।
55974 प्याँप्याँ ना. १. बाजा (बालबोलीमा)। क्रि.वि.
55975 प्याँप्याँ ना. २. लगातार प्याँ ध्वनि उत्पन्न गरेर।
55976 प्याइ ना. प्युने क्रिया वा प्रक्रिया; पियाइ।
55977 प्याइनु अ.क्रि. १. प्याउने होइनु। क.क्रि.
55978 प्याइनु अ.क्रि. २. पियाइनु।
55979 प्याउनु प्रे.क्रि. पियाउनु।
55980 प्याउरी ना. प्याउप्याउ गरेर कराउने एक जातको पक्षी।
55981 प्याउली ना. साधारण, दाँती नपरेका पात हुने, पहेँलो फूल फुल्ने बुटो वा त्यसैको फूल। (उदा.- एक्लो कोमल प्याउली कुसुम यो एक्लासमा फुल्न द्यौ। - माधव घिमिरे, राजेश्वरी)।
55982 प्याउलो वि. १. पिलन्धरे।
55983 प्याउलो वि. २. लाडिने स्वभावको; पुलपुलिएको; लाडे। ना.
55984 प्याउलो वि. ३. पुलपुल्याउने नीति। [सं. पानगृह]
55985 प्याउलो वि. ४. गर्मीमा बटुवाहरूलाई पानी, सर्बत आदि सित्तैँमा खुवाउने ठाउँ।
55986 प्याक ना. कुनै वस्तु वा मालताल आदिलाई अन्यत्र कहीँ पठाउन वा सुरक्षासाथ राख्नका निम्ति भाँडोमा हाली बन्द गर्ने काम।
55987 प्याकप्याक क्रि.वि. १. मर्ने बेलामा मुख बाउने गरी।
55988 प्याकप्याक क्रि.वि. २. खान नपाएर मर्ने स्थितिमा पुग्ने किसिमले।
55989 प्याकप्याक क्रि.वि. ३. कुनै वस्तुको खाँचो भएर गाह्रो-साँगुरो पैदा हुने गरी। वि.
55990 प्याकप्याक क्रि.वि. ४. त्यसरी मुख बाएको, मरेको वा खाँचो परेको। ना.
55991 प्याकप्याक क्रि.वि. ५. त्यसरी बाउने, मर्ने वा खाँचो पर्ने क्रियाप्रक्रिया।
55992 प्याकप्याकती/ प्याकप्याकी क्रि.वि. अझै प्याकप्याक हुने गरी।
55993 प्याकिस ना. १. कुनै वस्तु मालताल आदिलाई चलनचल्तीमा नल्याउने गरी थन्क्याएर राख्ने काम।
55994 प्याकिस ना. २. कुनै व्यक्तिलाई बाहिर निस्कन नदिई थुनामा राख्ने काम। वि.
55995 प्याकिस ना. ३. थुनामा राखिएको; थन्क्याइएको; जकडबन्द।
55996 प्याकेट ना. भित्र कुनै वस्तु वा मालसामान राखी बाहिरबाट कपडा, कागत आदिले बेह्रेको, बाँधेको वा सिएको पोको; सानोतिनो पोको; चुरोट, सलाई आदिको बट्टा।
55997 प्याक्क क्रि.वि. १. हिर्काउँदा हलुको किसिमले लाग्ने गरी।
55998 प्याक्क क्रि.वि. २. मर्दा मुख बाउने गरी।
55999 प्याक्क क्रि.वि. ३. एकाएक उघ्रिने गरी।
56000 प्याक्क क्रि.वि. ४. सोचविचार नगरी त्यसै बोलेर; प्याच्च। वि.