Dictionary

All Word

56001 प्याक्क क्रि.वि. ५. हलुङ किसिमले प्रहार गरिएको।
56002 प्याक्क क्रि.वि. ६. उघ्रिएको।
56003 प्याक्क क्रि.वि. ७. असावधानीपूर्वक भनिएको।
56004 प्याङ ना. पिउरी आदि राख्नका निम्ति बाँसका गिद्राबाट बनाइएको बट्टा।
56005 प्याङ पाथी ना. आठ माना वा एक पाथी भर्ने बाँस आदिका गिद्राबाट बनेको भाँडो।
56006 प्याङ्खर ना. बालीनाली नलाग्ने कमसल जमिन; उब्जनी नहुने जमिन; अनुर्वरा भूमि; पेखर।
56007 प्याच पाकेट ना. सफारी-सर्ट वा अन्य त्यस्तै कपडामा बाहिरैपट्टिबाट टाँसेर लगाइने एकसरो खल्ती; टँसुवा गोजी।
56008 प्याच्च क्रि.वि. १. पछि के-कसो पर्छ भन्ने विचार नगरीकन मन लागेको कुरा उच्चारण गरेर; सोचविचार नगरीकन बोलेर; प्वाक्क।
56009 प्याच्च क्रि.वि. २. असावधानीका साथमा थुकेर।
56010 प्याच्चपुच्च/प्याच्च क्रि.वि. सोचविचार नगरीकन बारबार बोलेर।
56011 प्याज ना. तरकारी, मसला र औषधीका काममा समेत प्रयोग गरिने, उग्र गन्ध भएको, गोलाकार (लसुनसँग मिल्ने) पत्रैपत्रबाट बनेको कन्द; आयुर्वेदमा अग्निवर्द्धक, वीर्यवर्द्धक, रुचिकारक, विषनाशक र ठन्डा गुण मानिएको एक प्रसिद्ध कन्द।
56012 प्याजी वि. १. सुकेको प्याजका बोक्राको जस्तो रङ हुने; रातो, निलो मिसिएको हल्का रङको; बैजनी रङको। ना.
56013 प्याजी वि. २. प्याजबाट बनेको पकोडा।
56014 प्याटप्याट क्रि.वि. १. बारम्बार प्याट्ट ध्वनि निकालेर।
56015 प्याटप्याट क्रि.वि. २. लगातार पिटेर वा ठटाएर; प्याट्ट-प्याट्ट पारी।
56016 प्याट्ट क्रि.वि. १. लबटा, लट्ठी आदिले पिट्दा एकै चोटि मात्र लाग्ने गरी; हलुका किसिमले लाग्ने गरी।
56017 प्याट्ट क्रि.वि. २. कुनै भाँडाकुँडा आदि एकै चोटि फुट्ने किसिमले; पट्ट।
56018 प्याड ना. १. चिठीपत्र आदि लेख्ने काममा प्रयोग गरिने टाउकामा कार्यालय वा सम्बन्धित व्यक्तिको नाम छापिएको र बाँकी ठाउँ खाली भएको कागत; लेटरप्याड।
56019 प्याड ना. २. कोटका कुम, बक्रम आदिमा राखिने वा रजस्वला हुँदा नारीले योनिमा राख्ने, रुवोलाई पट्याई बाक्लो पारेको साधन; रुवोको बाक्लो चक्की।
56020 प्याड ना. ३. कुनै कार्यालय आदिसँग सम्बन्धित कागतपत्र आदिमा छाप लगाउनका निम्ति मसीले भिजाएर राखिएको मोटो कपडा आदिको बाक्लो तह; छापदानी।
56021 प्याडल ना. साइकल आदि चलाउँदा पैताला अड्याउने साधन; साइकल आदिको पाउदान।
56022 प्यात्त क्रि.वि. कुहेर, गलेर वा सडेर एकैपल्ट खस्ने गरी; फ्यात्त।
56023 प्यादा ना. १. पैदल सिपाही; पदाति।
56024 प्यादा ना. २. दूत; हल्कारा।
56025 प्यादा ना. ३. आफ्नो काम फत्ते गर्न कसैको पछि लाग्ने काम; पिछा; हत्ते।
56026 प्यादा ना. ४. बुद्धिचालका गोटीमध्ये सबैभन्दा सानो तहको गोटी; पैदल।
56027 प्यान/प्यानो वि. १. जुम्सो; लोसे।
56028 प्यान/प्यानो वि. २. धिङ्न्याहा; लोकतो।
56029 प्यानो ना. एक किसिमको बाजा।
56030 प्यार ना. प्रेम; प्रीति; माया; रतिराग।
56031 प्यारप्यार क्रि.वि. सोचविचार नगरीकन एकोहोरो फतफताइरहने गरी।
56032 प्यारप्यारती/प्यारप्यारी क्रि.वि. प्यारप्यार गरिरहने किसिमले।
56033 प्यारप्यारे वि. सोचविचार नगरीकन एकोहोरो किसिमले वा अरूका कुरा नसुनी आफैँ मात्र फतफताइरहने; प्यारप्यार बोलिरहने।
56034 प्यारा ना. सामान्यतया वाक्यभन्दा ठुलो र वाक्यले भन्दा बढी पूर्ण अर्थ दिने, कुनै एक बुँदाको विवेचना गरिएको लेख आदिको अंश; प्रघट्टक; कण्डिका; अनुच्छेद।
56035 प्याराग्राफ ना. अनुच्छेद।
56036 प्याराट्रुप ना. प्यारासुट लाएर भुईंमा झर्ने तालिम पाएको सेना; छाताधारी पल्टन।
56037 प्यारासुट ना. उडिरहेको हवाईजहाज आदिको उचाइबाट तल जमिनमा सुरक्षित रूपमा उत्रन उपयोग गरिने छाताजस्तो साधन।
56038 प्यारिस ना. फ्रान्सको राजधानी।
56039 प्यारी वि. १. ज्यादै मनपरेकी; प्यारो लाग्ने (स्त्री)। ना.
56040 प्यारी वि. २. प्रिया; प्रेमिका; मायालु।
56041 प्यारो वि. मनपर्दो; स्नेहिलो; प्रिय।
56042 प्यारोल ना. १. रातमा हिँड्ने सरकारी कर्मचारीलाई सुरक्षा चौकीका सैनिक वा प्रहरीहरूले नरोकून् भन्ने उद्देश्यले दिइने साङ्केतिक शब्द।
56043 प्यारोल ना. २. बन्दीले आफू बाहिर निस्कनुपर्दा कारागार आदिका अधिकारीलाई दिइने मौखिक विश्वास वा वचन; पेरोल।
56044 प्यारोल ना. ३. प्रतिज्ञा वा वचन।
56045 प्यार्र क्रि.वि. पातलो दिसाका साथ अपानवायु आउने किसिमले; पातलो दिसा आउने किसिमले।
56046 प्यार्रप्यार्र क्रि.वि. बारबार पातलो दिसाका साथ अपानवायु छुट्दा शब्द आउने किसिमले।
56047 प्याला ना. दुध, चिया आदि खाने काममा उपयोग गरिने कचौराजस्तो भाँडो; चिया खाने कप।
56048 प्यास ना. तिर्खा; पियास।
56049 प्यासा/प्यासी वि. तिर्खाएको; प्यासो।
56050 प्यासेन्जर ना. यात्री; मुसाफिर।