Dictionary

All Word

56101 प्रकाश ना. २. घाम; जून।
56102 प्रकाश ना. ३. लुकेर बसेको वा गोप्य रहेको कुरा प्रकट हुने क्रिया; निस्कने वा देखिने क्रिया।
56103 प्रकाश ना. ४. सबैले देख्ने, सुन्ने गरी गरिएको वा भनिएको नाटक आदिका पात्रको उक्ति वा कार्य।
56104 प्रकाश ऊर्जा ना. प्रकाशबाट प्राप्त हुने शक्ति; प्रकाशबाट निस्कने शक्ति।
56105 प्रकाश एकाइ ना. प्रकाशको नापका निम्ति निर्धारित गरिएको न्यूनतम पूर्ण खण्ड; प्रकाशको सानो अंश।
56106 प्रकाशक वि. १. उज्यालो बनाउने; प्रकाश दिने।
56107 प्रकाशक वि. २. लुकेर बसेको वा गोप्य रहेको कुरालाई प्रकाशमा ल्याउने।
56108 प्रकाशक वि. ३. पुस्तक, पत्रपत्रिका आदिलाई छपाउने; प्रकाशित गर्ने। ना.
56109 प्रकाशक वि. ४. पुस्तक छाप्ने व्यक्ति वा संस्था।
56110 प्रकाशकीय वि. १. प्रकाशकसम्बन्धी; प्रकाशकको; प्रकाशकमा हुने। ना.
56111 प्रकाशकीय वि. २. कुनै पुस्तक वा पत्रपत्रिका आदिमा प्रकाशकका तर्फबाट दिइएको वक्तव्य, लेख वा भूमिका; प्रकाशकको मन्तव्य।
56112 प्रकाश चित्रण ना. प्रकाशका सहायताले चित्र उतार्ने प्रक्रिया; प्रकाशको सहायता लिएर गरिने चित्रण।
56113 प्रकाशन ना. १. बाहिर प्रकाशमा नआएको कुनै वस्तु वा कुरालाई प्रकाशमा ल्याउने काम।
56114 प्रकाशन ना. २. गोपनीयता भङ्ग गर्ने वा कुनै कुराको रहस्य खोल्ने काम।
56115 प्रकाशन ना. ३. पुस्तक, पत्रपत्रिका आदि प्रकाशित गर्ने काम; छपाउने काम; छपाइ।
56116 प्रकाशन ना. ४. कुनै व्यक्ति वा संस्थाद्वारा प्रकाशित गरिएका पुस्तक, पत्रपत्रिका आदि।
56117 प्रकाशन ना. ५. सर्वसाधारणलाई जानकारी दिने काम; सूचना; विज्ञापन।
56118 प्रकाश वर्ष ना. कुनै पुस्तक, पत्रपत्रिका प्रकाशित गरिएको वर्ष; किताब आदि छपाइएको वर्ष।
56119 प्रकाश स्वतन्त्रता ना. यो यस्तो कुरा प्रकाशित गर्न वा छाप्न हुँदैन भन्ने बन्देजव्यवस्थाको अधीनमा रही कुनै पनि पुस्तक, पत्रपत्रिका आदि प्रकाशित गर्ने वा छाप्न पाउने अधिकार; प्रकाशनका निम्तिको स्वाधीनता।
56120 प्रकाशोन्मुख वि. प्रकाशन गर्न लागिएको; प्रकाशनका क्रममा समावेश भएको; छपाउन खोजिएको (पुस्तक, पत्रपत्रिका आदि)।
56121 प्रकाशमान वि. १. चम्किरहेको; प्रकाशले युक्त भएको; प्रकाशवान्।
56122 प्रकाशमान वि. २. चारैतिर नाम फैलिएको; प्रसिद्ध; विख्यात।
56123 प्रकाश मापक ना. १. प्रकाशको परिमाण नाप्ने साधन; प्रकाश नाप्ने उपकरण।
56124 प्रकाश मापक ना. २. प्रकाश नाप्ने तत्त्व (समय, दुरी इ.)।
56125 प्रकाश वर्ष ना. १. एक सेकेन्डमा तीन लाख किलोमिटर दुरी दगुर्ने प्रकाशले एक वर्षमा पार गर्न सक्ने दुरी; प्रकाशले १६,६४,५६४ वर्षभन्दा करोड गुना धेरै समय लगाएर हिँड्ने दुरी।
56126 प्रकाश वर्ष ना. २. १६,६४,५६४ वर्षभन्दा करोड गुना धेरै लामो समयावधि।
56127 प्रकाश स्तम्भ ना. सवारीसाधनको आवागमन तथा बटुवालाई हिँड्न सजिलो होस् भन्ने हेतुले सार्वजनिक स्थलमा गाडिएको, बत्तिसहितको खाँबो; आलोकस्तम्भ (ल्याम्पपोस्ट)।
56128 प्रकाशात्मक वि. प्रकाश भएको; चहकिलो; तेजिलो।
56129 प्रकाशार्थी वि. १. प्रकाश चाहने; उज्यालो खोज्ने।
56130 प्रकाशार्थी वि. २. प्रकाशन गराउन चाहने; छपाउन चाहने।
56131 प्रकाशित वि. १. उज्यालो पारिएको; प्रकाशयुक्त बनाइएको।
56132 प्रकाशित वि. २. प्रकाशयुक्त; चहकिलो।
56133 प्रकाशित वि. ३. लुकेर बसेको वा गोप्य रहेको कुरालाई बाहिर प्रकाशमा ल्याइएको; प्रकट गरिएको।
56134 प्रकाशित वि. ४. छपाएर जनताका सामु ल्याइएको; छपाइएको (पुस्तक-पुस्तिका, पत्र-पत्रिका आदि)।
56135 प्रकाश्य वि. १. प्रकाशित गर्न योग्य; प्रकाशन-योग्य।
56136 प्रकाश्य वि. २. गोप्य नरहेको; उदाङ्गो।
56137 प्रकीर्ण वि. १. यताउता छरिएको; छिरोलिएको; व्यवस्थित नभएको; सिलसिला नमिलेको।
56138 प्रकीर्ण वि. २. यताउतिबाट ल्याएर नमिलाईकन थुपारिएको।
56139 प्रकीर्णक ना. साना-साना वस्तुहरूको सङ्ग्रह; फुटकर वस्तुहरूको सङ्ग्रह।
56140 प्रकीर्ण लेख ना. सानातिना आम्दानीखर्चको हिसाब; फुटकर आयव्ययको हिसाब; मुख्य स्याहास्रेस्तामा नचढाइएको वा नटिपिएको फुटकर हिसाब।
56141 प्रकुपित वि. ज्यादै रिसाएको; अति कुपित; क्रुद्ध।
56142 प्रकृत वि. १. आरम्भ गरिएको; सुरु गरिएको; थालिएको।
56143 प्रकृत वि. २. प्रसङ्गमा आएको; चर्चा भइरहेको; प्रस्तुत।
56144 प्रकृत वि. ३. नैसर्गिक; स्वाभाविक।
56145 प्रकृतवाद ना. उन्नाइसौँ शताब्दीको उत्तरार्धपछि युरोपको साहित्यमा चलेको यथार्थवादी आन्दोलनको एक शाखा।
56146 प्रकृतवादी वि. प्रकृतवादको अनुयायी।
56147 प्रकृतार्थ ना. स्वाभाविक अर्थ; अभिधेय अर्थ; वाच्यार्थ।
56148 प्रकृति ना. १. व्यक्ति वा वस्तुको मूलभूत विशेषता; व्यक्ति वा वस्तुमा अन्तर्निहित गुण।
56149 प्रकृति ना. २. व्यक्ति वा प्राणीको जन्मैदेखि नै लागेको लत, बानी वा स्वभाव।
56150 प्रकृति ना. ३. अनेक रूपात्मक जगत्‌को निर्माण तथा विकास गर्ने र त्यसको मूल रूपमा देखापर्ने शक्ति; साङ्ख्यदर्शनअनुसार जगत्का उत्पत्तिको कारणरूप मूलतत्त्व।