Dictionary

All Word

56201 प्रक्षालनाधार ना. धारोसमेत जडिएको, भित्र पानी भएको हात धुने भाँडो।
56202 प्रक्षालित वि. १. धोइएको।
56203 प्रक्षालित वि. २. नुहाइएको; नुहाएको।
56204 प्रक्षिप्त वि. १. कुनै मूल रचनामा पछिबाट थपिएको वा घुसाइएको (अंश)।
56205 प्रक्षिप्त वि. २. फ्याँकिएको; हुत्याइएको।
56206 प्रक्षेप ना. १. कुनै मूल रचनामा पछिबाट केही थप्ने, जोड्ने, घुसाउने क्रिया।
56207 प्रक्षेप ना. २. थपिएको, जोडिएको वा घुसाइएको अंश।
56208 प्रक्षेप ना. ३. फ्याँक्ने वा हुत्याउने क्रियाप्रक्रिया।
56209 प्रक्षेपक वि. कुनै मूल रचनामा पछिबाट केही थप्ने; घुसाउने (व्यक्ति); प्रक्षेप्ता।
56210 प्रक्षेपण ना. १. अन्तरिक्षयान, भूउपग्रह आदिलाई अन्तरिक्षमा पठाउने कार्य; प्रक्षेप।
56211 प्रक्षेपण ना. २. फाल्ने, हाल्ने, माथिबाट मिलाउने, मूल्य, आदि निर्धारण गर्ने काम।
56212 प्रक्षेपास्त्र ना. विनाशक आणविक हातहतियार राखेर टाढा-टाढासम्म ताकेको ठाउँमा प्रहार गर्ने अस्त्र; दूरभेदी अस्त्र; क्षेप्यास्त्र।
56213 प्रक्षेप्यास्त्र ना. १. प्रक्षेपास्त्र; घुयेँत्रो हतियार।
56214 प्रक्षेप्यास्त्र ना. २. घुयेँत्रो।
56215 प्रखण्ड ना. १. कुनै कुराको सानो भाग; उपखण्डभन्दा पनि सानो खण्ड।
56216 प्रखण्ड ना. २. कोठाभित्रको कोठो; भित्री कोठो।
56217 प्रखर वि. १. ज्यादै तेजिलो; कडा; उग्र; प्रचण्ड।
56218 प्रखर वि. २. अतिशय कडा स्वभावको; ज्यादै खरो।
56219 प्रखर वि. ३. तीव्र गति वा वेग हुने; द्रुतगतिको (बुद्धि, प्रवाह आदि)।
56220 प्रखरता ना. प्रखर हुनाको भाव गुण वा अवस्था; अतिशय तीव्रता; प्रचण्डता; उग्रता।
56221 प्रख्यात वि. नाउँ चलेको; कीर्ति फैलिएको; प्रसिद्ध।
56222 प्रख्याति ना. प्रसिद्धि।
56223 प्रख्यापन ना. १. ख्याति बढाउने कुनै उपाय (लेख, गतिविधि, निर्माण, कलाकृति आदि); ख्यातिको विज्ञापन।
56224 प्रख्यापन ना. २. जनाउ दिने कार्य।
56225 प्रख्यापित वि. १. सर्वसाधारण जनतालाई जनाउ दिइएको वा बोध गराइएको; सर्वसाधारणले थाहा पाउने गरी घोषणा गरिएको वा जारी गरिएको (सरकारी इस्तिहार, अध्यादेश, आज्ञप्ति, विज्ञप्ति, राज्यादेश आदि)।
56226 प्रख्यापित वि. २. प्रसिद्ध तुल्याइएको; प्रख्यात।
56227 प्रगत वि. १. अघिल्तिर गएको।
56228 प्रगत वि. २. अघिल्लो वर्णको प्रभावमा परेर पछिल्लो वर्ण पनि अघिल्लो वर्ण जस्तै बन्ने (एक प्रकारको समीभवन, जस्तै- सं. पक्व > प्रा. पक्क आदि)।
56229 प्रगति ना. राम्रोसित अगाडि बढ्ने क्रिया; माथि उक्लने क्रिया; राम्रोसित अगाडि बढ्नाको भाव, क्रिया वा प्रक्रिया; उन्नति; विकास; उत्थान।
56230 प्रगतिमूलक वि. १. प्रगतिलाई देखाउने (विवरण आदि)।
56231 प्रगतिमूलक वि. २. प्रगतिका उद्देश्यले गरिने।
56232 प्रगतिरोधक वि. कुनै कामकुरामा भइरहेको प्रगतिमा बाधा वा अवरोध पैदा गर्ने; प्रतिक्रियावादी; प्रगतिविरोधी।
56233 प्रगतिवाद ना. साहित्यलाई समाजको उपज मान्दै सामाजिक यथार्थको अभिव्यक्तिमा जोड दिने, वैयक्तिक आनन्दलाई भन्दा समाजको भौतिक विकासलाई बढी महत्त्व दिने, मार्क्सवादबाट प्रभावित साहित्य-सिद्धान्त; यथार्थवादको प्रकृतवादी शाखादेखि भिन्न अर्को समानान्तर शाखा।
56234 प्रगतिवादी वि. प्रगतिवादमा विश्वास गर्ने; प्रगतिवादको अनुयायी।
56235 प्रगतिशील वि. १. समाजको उत्तरोत्तर विकासमा विश्वास गर्ने।
56236 प्रगतिशील वि. २. मार्क्सवादी सिद्धान्तअनुसार सामाजिक प्रगतिमा विश्वास गर्ने।
56237 प्रगतिशीलता ना. प्रगतिशील हुने गुण, स्वभाव वा प्रक्रिया।
56238 प्रगन्ना ना. १. जिल्लाअन्तर्गत धेरै मौजा मिलाई बनाइएको एउटा भूभाग; धेरै गाउँ भएको भूभाग।
56239 प्रगन्ना ना. २. नयाँ भूमिव्यवस्था लागु हुनुभन्दा पूर्व तराईमा जिल्लाभन्दा सानो र मौजाभन्दा ठुलो प्रशासनिक भूखण्ड; पहाडका थुम, गर्खा आदिसँग तुलनीय तराइली भूखण्ड।
56240 प्रगल्भ वि. १. मौकाअनुसार काम-कुरा गर्न सक्ने बुद्धि भएको; जानेको-सुनेको; प्रत्युत्पन्नमति।
56241 प्रगल्भ वि. २. मौकाअनुसार काम-कुरा गर्न पछि नहट्ने; कसैको डरधम्कीमा नपरी मनमा लागेका कुरा निर्धक्क भएर भन्न सक्ने; निडर भएर बोल्न सक्ने; बोलक्कड। ना.
56242 प्रगल्भ वि. ३. गुड्डीहँकाइ; फुर्तीफार्ती; धमास।
56243 प्रगल्भ वि. ४. अवसरवाद।
56244 प्रगल्भ वि. ५. चङ्ख्याइँ।
56245 प्रगल्भता ना. प्रगल्भ।
56246 प्रगल्भा ना. १. प्रगल्भ स्वभावकी नारी।
56247 प्रगल्भा ना. २. नायकसँग नधकाउने प्रौढा नायिका; साहित्यका अनुसार नायिकाको एक भेद।
56248 प्रगल्भित वि. १. मौकाअनुसार गरिएको।
56249 प्रगल्भित वि. २. धक नराखी बोलिएको।
56250 प्रगल्भित वि. ३. अवसरवादी वा बोलक्कडमा परिणत।