Dictionary

All Word

56351 प्रज्ञता ना. १. प्रज्ञ हुनाको भाव वा अवस्था; राम्रो ज्ञान।
56352 प्रज्ञता ना. २. विद्वत्ता; पाण्डित्य।
56353 प्रज्ञप्ति ना. १. जनाउने वा सूचित गर्ने काम।
56354 प्रज्ञप्ति ना. २. विज्ञप्ति; सूचना।
56355 प्रज्ञा ना. १. नयाँ-नयाँ कुरा सोच्न सक्ने वा कल्पना गर्न सक्ने मानसिक शक्ति; गहिरो कुरा सोच्न सक्ने बुद्धि; विवेक।
56356 प्रज्ञा ना. २. विशिष्ट ज्ञान।
56357 प्रज्ञाकेन्द्र ना. प्राज्ञिक परिषद्‌को सचिवालयका रूपमा काम गर्ने विश्वविद्यालयीय एक निकाय; विश्वविद्यालयमा पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षणपद्धतिको निर्माणजस्ता प्राज्ञिक कार्य गर्ने प्रशासनिक सङ्गठन।
56358 प्रज्ञाचक्षु ना. १. मानसिक दृष्टि प्रबल भएको व्यक्ति; प्रज्ञा नै आँखा भएको व्यक्ति; ज्ञानचक्षु।
56359 प्रज्ञाचक्षु ना. २. ठुलो विद्वान्; मेधावी।
56360 प्रज्ञाचक्षु ना. ३. अन्धो।
56361 प्रज्ञाचक्षु ना. ४. चर्मचक्षुका विपरीत अन्तरचक्षु; ज्ञानचक्षु।
56362 प्रज्ञात वि. विशेष रूपमा ज्ञात भएको वा जानिएको।
56363 प्रज्ञापक वि. १. प्रज्ञापन गर्ने।
56364 प्रज्ञापक वि. २. सूचित गर्ने; विज्ञापक।
56365 प्रज्ञापन ना. कुनै घटना, विषय वा कुराको जनाउ दिने काम; सूचना; विज्ञापन।
56366 प्रज्ञापत्र ना. १. विवरणसहित र अधिकारपूर्वक कुनै कुराको जनाउ दिने पत्र।
56367 प्रज्ञापत्र ना. २. व्यवसायी, व्यापारीहरूले विदेशबाट मालसामान झकाउनका लागि चाहिनेजति खर्चको विवरण खुलाई सम्बन्धित सरकारी अड्डामा दिने औपचारिक पत्र।
56368 प्रज्ञापत्र ना. ३. व्यापारीहरूले विदेशबाट झकाएको मालसामानको विवरण लेखी भन्सारमहसुल तिर्न दिइने औपचारिक पत्र।
56369 प्रज्ञापारमिता ना. १. बौद्धधर्ममा सर्वज्ञता वा ज्ञानको पूर्णताका लागि प्रयुक्त हुने शब्द।
56370 प्रज्ञापारमिता ना. २. ज्ञानको अवस्थालाई पार गर्ने स्थिति; सबै कुरा जान्ने-बुझ्ने स्थिति; सर्वज्ञता; ज्ञानपूर्णता।
56371 प्रज्ञापारमिता ना. ३. एक प्रसिद्ध बौद्ध ग्रन्थको नाम।
56372 प्रज्ञाप्रतिष्ठान ना. १. हे. नेपाल प्रज्ञा-प्रतिष्ठान।
56373 प्रज्ञाप्रतिष्ठान ना. २. विद्वान्हरूको सभा; विद्वत्-परिषद्।
56374 प्रज्ञावान् वि. नयाँ-नयाँ कुरा सोच्ने वा कल्पना गर्ने बुद्धि भएको; प्रज्ञा भएको (व्यक्ति)।
56375 प्रज्ञावृद्ध वि. उमेर धेरै नभएको भए तापनि परिपक्व बुद्धि भएको; बुद्धिले छिप्पिएको; बुद्धिमा जेठो; बुद्धिले जेठो।
56376 प्रज्ञाहीन वि. बुद्धिहीन।
56377 प्रज्वलन ना. राम्रोसित बल्ने क्रिया; राम्रो बलाइ।
56378 प्रज्वलनशील वि. आगाको सानो झल्का पर्दा पनि बलिहाल्ने (पेट्रोल, बारुद इ.)।
56379 प्रज्वलित वि. एकदम बलेको; दन्केको।
56380 प्रण ना. १. दृढ निश्चय; प्रतिज्ञा।
56381 प्रण ना. २. अठोट; सङ्कल्प।
56382 प्रणत वि. १. निहुरेको; नुहेको; विनीत।
56383 प्रणत वि. २. प्रणाम गर्न झुकेको; ढोग्न निहुरेको।
56384 प्रणत वि. ३. विनयशील; विनम्र।
56385 प्रणत वि. ४. शरणागत; आश्रित।
56386 प्रणतपाल/पालक ना. १. आफ्नो शरणमा आउने प्राणीको रक्षा गर्ने पुरुष; दीन-दुःखीहरूको रक्षा गर्ने व्यक्ति।
56387 प्रणतपाल/पालक ना. २. ईश्वर।
56388 प्रणति ना. १. मान्यजनहरूका अगाडि झुक्ने, नुहुने र निहुरने क्रिया।
56389 प्रणति ना. २. नमस्कार; प्रणाम।
56390 प्रणति ना. ३. विनयशीलता; नम्रता।
56391 प्रणति ना. ४. निवेदन; प्रार्थना।
56392 प्रणम्य वि. प्रणाम गर्नुपर्ने; नमस्कार गर्न योग्य; ढोग्नुपर्ने; नमस्कार्य।
56393 प्रणय ना. १. मायालु शब्दमा गरिएको बिन्तीभाउ; प्रेमपूर्वक गरिएको प्रार्थना; प्रीतिपूर्वकको निवेदन।
56394 प्रणय ना. २. प्रेम; प्रीति; माया।
56395 प्रणयकलह ना. १. प्रेमका कुरालाई लिएर नायक र नायिकाका बिचमा हुने झगडा; नायक र नायिकाबिचको प्रेमविषयक विवाद।
56396 प्रणयकलह ना. २. भित्र एकअर्कामा प्रेम हुँदाहुँदै पनि बाहिरबाट गरिने झगडा।
56397 प्रणयकोप ना. प्रेमका कुरालाई लिएर नायक र नायिकाका बिचमा देखा पर्ने बनावटी रिस; बाहिरी रिस।
56398 प्रणयन वि. १. कुनै कुराको रचना; निर्माण।
56399 प्रणयन वि. २. कुनै कुरा लैजाने क्रिया।
56400 प्रणयन वि. ३. साहित्यिक ग्रन्थ, काव्य, लेख आदिको प्रस्तुति वा लेखन।