Dictionary

All Word

56251 प्रगल्भित वि. ४. चङ्खे।
56252 प्रगाढ वि. १. ज्यादै गहिरो; गहन; गम्भीर।
56253 प्रगाढ वि. २. अतिशय धेरै; निकै।
56254 प्रगाढ वि. ३. कसिएको; मसक्क पारिएको (आलिङ्गन)।
56255 प्रगीत ना. १. मूलतः भावनानुकूल लयमा निजी अनुभूतिको अभिव्यक्ति रहने तथा गीतकारको विशिष्ट व्यक्तित्व प्रकट हुने गीत।
56256 प्रगीत ना. २. गीत; गाना।
56257 प्रगीतकाव्य ना. कविको आत्मानुभूतिले पूर्ण, सङ्गीतात्मक वा गेयात्मक तत्त्व ले युक्त, उक्त प्रकारको काव्य; गेय काव्य।
56258 प्रगुण ना. १. राम्रो गुण भएको; गुणवान्; गुणी।
56259 प्रगुण ना. २. राम्रो र लाभदायक।
56260 प्रगुण ना. ३. होसियार; चतुर। ना.
56261 प्रगुण ना. ४. परिश्रम तथा प्रयत्नपूर्वक आर्जिने कुनै गुण वा विशिष्टता; निपुणता; दक्षता।
56262 प्रगुण अर्गल ना. नियमानुसार कुनै सरकारी वा अर्धसरकारी सेवामा रहेका कर्मचारीहरूको वेतनवृद्धि आदि पराकाष्ठामा पुग्ने प्रणाली; दक्षता-अर्गल (एफिसियन्सी-बार)।
56263 प्रगुणता ना. राम्रो गुण हुने स्थिति, अवस्था वा क्षमता।
56264 प्रघटक ना. १. निया वा सिद्धान्त।
56265 प्रघटक ना. २. आदेश।
56266 प्रघटक ना. ३. घटक।
56267 प्रघट्टक ना. १. अनुच्छेद।
56268 प्रघट्टक ना. २. प्रघटक।
56269 प्रघर्षण ना. १. विशेष प्रकारको घर्षण।
56270 प्रघर्षण ना. २. रगेडाइ; घोटाइ।
56271 प्रघर्षण ना. ३. घँगारुको बोट।
56272 प्रघर्षित वि. घर्षण भएको; घोटिएको।
56273 प्रचण्ड वि. १. ज्यादै चर्को स्वभावको; ज्यादै मापाको; ज्यादै खरो।
56274 प्रचण्ड वि. २. कसैदेखि नदब्ने; नडराउने; साहसी; आँटिलो।
56275 प्रचण्ड वि. ३. सहन मुस्किल पर्ने; असत्य; दुःसह।
56276 प्रचलन ना. १. चलाइ; गति; हिँडाइ।
56277 प्रचलन ना. २. चालचलन; चलन।
56278 प्रचलित वि. प्रचलनमा रहेको वा आएको; चलनचल्तीको (नाप, तौल, नियम, मान्यता इ.)।
56279 प्रचलित नेपाल कानुन ना. नेपालमा हाल चलनचल्तीमा रहेको ऐनकानुन।
56280 प्रचार ना. १. कुनै वस्तु वा कुरालाई कुनै उपायले निरन्तर वा व्यापक रूपमा फैलाउने क्रिया; कुनै कुरालाई बराबर उपयोग वा व्यवहारमा ल्याउने काम।
56281 प्रचार ना. २. कुनै विचार, सिद्धान्त वा उल्लेखनीय समाचार आदिबारे विज्ञापन, पोस्टर, लेख आदिका माध्यमले सर्वसाधारणलाई जानकारी दिन गरिने कार्य।
56282 प्रचार ना. ३. उपर्युक्त आधारमा लोकप्रिय बनाउनका निम्ति प्रचारित गरिने कुनै पनि कुरो।
56283 प्रचार ना. ४. प्रसिद्धि।
56284 प्रचारक वि. प्रचार गर्ने; फैलाउने।
56285 प्रचारण ना. कुनै वस्तु वा कुराको प्रचार गर्ने क्रिया वा भाव।
56286 प्रचारणीय वि. प्रचार गर्नुपर्ने; प्रचार गर्न लायक।
56287 प्रचारिणी वि. कुनै कुरा वा भाषा, संस्कृति आदिको प्रचार गर्ने (सभा आदि)।
56288 प्रचारित वि. प्रचार गरिएको; कुनै उपायले सर्वसाधारणको जानकारीमा ल्याइएको।
56289 प्रचारी वि. प्रचारक।
56290 प्रचालक वि. १. प्रचलनमा ल्याउने (व्यक्ति)।
56291 प्रचालक वि. २. चलाउने; चालित गर्ने। ना.
56292 प्रचालक वि. ३. चालक (ड्राइभर, बैलवान, सारथि आदि)।
56293 प्रचुर वि. प्रशस्त; पर्याप्त; पौल; मनग्य; थुप्रो; औलदौल।
56294 प्रचुरता ना. प्रचुर हुनाको भाव; पर्याप्तता; पौल।
56295 प्रचेष्टा ना. कुनै कामकुराका लागि गरिने विशेष किसिमको चेष्टा; विशेष प्रयास।
56296 प्रच्छन्न वि. १. बाहिर प्रकाशमा नआएको; छोपिएको (जस्तो- प्रच्छन्न शरीर)।
56297 प्रच्छन्न वि. २. नदेखिने; लुकेको (जस्तो- प्रच्छन्न धन)।
56298 प्रच्छादक वि. १. ढाक्ने वा छोप्ने।
56299 प्रच्छादक वि. २. छिपाउने; लुकाउने।
56300 प्रच्छादन ना. १. कुनै वस्तु वा कुरालाई ढाक्ने काम; छोप्ने कार्य।