Dictionary

All Word

56151 प्रकृति ना. ४. ईश्वरीय लीला; दैवी प्रपञ्च; माया।
56152 प्रकृति ना. ५. पृथिवी, जल, तेज, वायु र आकाश- यी पञ्च महाभूत।
56153 प्रकृति ना. ६. राज्यका स्वामी, अमात्य, सुहृद् आदि सात अङ्ग।
56154 प्रकृति ना. ७. कुनै राजाद्वारा शासित जनता; प्रजा।
56155 प्रकृति ना. ८. शरीरको शीत वा उष्ण स्वभाव।
56156 प्रकृति ना. ५. व्याकरणमा प्रत्ययभन्दा भिन्न, शब्दको मूल रूप (प्रातिपदिक वा धातु); मूल शब्दको प्रत्ययभन्दा अगिल्तिर रहने भाग। १०. एक पाउमा एक्काइस अक्षर हुने छन्दजति सबैलाई बुझाउने शब्द; एक पाउमा एक्काइस अक्षर हुने छन्दको कुनै एक भेद।
56157 प्रकृतिकोप ना. १. हुरी, झरी आदि प्रकृतिको उग्र रूप; प्राकृतिक विपत्ति।
56158 प्रकृतिकोप ना. २. कफ, वात, पित्त आदिको प्रकोप।
56159 प्रकृतिज वि. प्रकृतिबाट जन्मेको; प्राकृतिक; नैसर्गिक।
56160 प्रकृतिप्रदत्त वि. प्रकृतिबाट प्रदान गरिएको; नैसर्गिक रूपमा प्राप्त भएको।
56161 प्रकृतिभाव ना. १. पहिलेको रूप वा अवस्थामा कुनै विकृति नआउने प्रक्रिया; पहिलेकै अवस्थामा रहने क्रिया।
56162 प्रकृतिभाव ना. २. वस्तु वा प्राणीको सक्कली वा मौलिक स्वभाव।
56163 प्रकृतिमण्डल ना. १. राजा, मन्त्री, मित्र, कोष, राष्ट्र, दुर्ग र फौज यी राज्यका प्रमुख सात अङ्ग।
56164 प्रकृतिमण्डल ना. २. कुनै राजाद्वारा शासित रैतीको समुदाय; प्रजावर्ग।
56165 प्रकृतिवाद ना. १. मनुष्यका सम्पूर्ण आचरण, कार्य, विचार आदि प्रकृतिबाट नै पैदा भएका र उसका कामना, प्रवृत्ति आदि पनि प्रकृतिमा नै आश्रित हुन्छन् भनी मान्ने एक मत।
56166 प्रकृतिवाद ना. २. सृष्टि-जगत्को कारण कुनै दैवीतत्त्व या अलौकिक शक्ति नभएर प्रकृति हो र मनुष्यको धर्म, नीति, आचारजस्ता कुरा पनि दैवी शक्ति वा अलौकिक शक्तिका प्रेरणा नभई प्राकृतिक जगत्बाट नै प्राप्त भएका हुन् भन्ने दार्शनिक सिद्धान्त।
56167 प्रकृतिवाद ना. ३. प्राकृतिक रूपमा वा वास्तविक रूपमा संसारमा भएका वा घटेका घटनाको कुनै किसिमको आदर्शको आरोपविना निर्वैयक्तिक चित्रण गर्ने कुरामा जोड दिने एक साहित्यिक मत; प्रकृतवाद।
56168 प्रकृतिवादी वि. १. प्रकृतिवादमा विश्वास गर्ने; प्रकृतिवादको अनुयायी।
56169 प्रकृतिवादी वि. २. प्रकृतिवादसम्बन्धी।
56170 प्रकृति विचरण ना. प्राकृतिक जगत्‌मा स्वच्छन्द विचरण गर्ने काम।
56171 प्रकृतिविज्ञान ना. १. प्रकृतिको अध्ययन, विश्लेषण गर्ने विज्ञान, प्राकृतिक विषयहरूको विवेचना गर्ने विज्ञान।
56172 प्रकृतिविज्ञान ना. २. सामाजिक विज्ञानका विपरीत प्राकृतिक (विशुद्ध) विज्ञान।
56173 प्रकृतिशास्त्र ना. प्रकृति-विज्ञान।
56174 प्रकृतिसिद्ध वि. प्रकृतिबाट नै सिद्ध भएको; कुनै प्रयासविना आफैँ भएको; सहज; स्वाभाविक; नैसर्गिक।
56175 प्रकृतिस्थ वि. प्रकृतिमा स्थित; प्रकृतिभित्रै पाइने; प्राकृतिक; स्वाभाविक; नैसर्गिक।
56176 प्रकृत्या क्रि.वि. स्वभावैले; स्वाभाविक रूपले; स्वभाववश।
56177 प्रकृष्ट वि. १. उत्कृष्ट।
56178 प्रकृष्ट वि. २. बलपूर्वक तानिएको; घिसारेर हटाइएको।
56179 प्रकृष्टता ना. १. उत्कृष्टता।
56180 प्रकृष्टता ना. २. तन्क्याइलोपना।
56181 प्रकोप ना. १. कुनै महामारी, रोग आदिको प्रबलता।
56182 प्रकोप ना. २. शरीरमा पैदा हुने पित्त आदिको विकार; प्रकृतिमा आउने विकार।
56183 प्रकोप ना. ३. क्रोधको प्रबलता; चर्को रिस।
56184 प्रकोपन ना. १. अर्कालाई कुपित बनाउने क्रिया; क्रुद्ध बनाउने काम।
56185 प्रकोपन ना. २. रिसाउने क्रिया।
56186 प्रकोपित वि. रिसाएको; कुपित; क्रुद्ध।
56187 प्रकोष्ठ ना. १. कुहिनोदेखि हर्थुङ्गासम्मको हातको भाग।
56188 प्रकोष्ठ ना. २. ठुलो कोठाको नजिकको भाग।
56189 प्रकोष्ठ ना. ३. भित्रीकोठा; क्याबिन।
56190 प्रकोष्ठक ना. दरबारमा ढोकेहरू बस्ने ठाउँ; नोकरको कोठी।
56191 प्रक्रम ना. १. उपक्रम।
56192 प्रक्रम ना. २. सिलसिला।
56193 प्रक्रम ना. ३. मौका।
56194 प्रक्रमभङ्ग ना. १. कुनै काम गर्दा सिलसिला नमिलाईकन गर्ने क्रिया; थालेको कामलाई अगाडिपछाडि पारेर गर्ने क्रिया।
56195 प्रक्रमभङ्ग ना. २. साहित्यशास्त्रमा क्रम नमिलेमा हुने दोष। वि.
56196 प्रक्रमभङ्ग ना. ३. सिलसिला नमिलेको; लथालिङ्ग भएको।
56197 प्रक्रिया ना. १. कुनै वस्तु बन्ने, बनाउने, तयार हुने तथा तयार पार्ने व्यवस्थित क्रिया; क्रमबद्ध शृङ्खला वा प्रणाली; विधि; पद्धति; तरिका।
56198 प्रक्रिया ना. २. सिलसिला।
56199 प्रक्षालन ना. १. हात, गोडा, लुगा, घर, कोठा आदि धुने क्रिया; पखाल्ने वा सफा पार्ने काम; पखालाइ; धुवाइ।
56200 प्रक्षालन ना. २. नुहाउने क्रिया; स्नान; नुहाइ।