Dictionary

All Word

56501 प्रतिघात ना. कसैले गरेको घातको बदलामा गरिने आघात; कसैले आफूलाई प्रहार गरेमा बदलामा गरिने प्रहार; प्रत्याघात।
56502 प्रतिघातक/प्रतिघाती वि. प्रतिघात गर्ने।
56503 प्रतिचालन ना. १. बदलामा कुनै कुराको परिचालन गर्ने काम।
56504 प्रतिचालन ना. २. कुनै कुराको बारबार परिचालन गर्ने काम।
56505 प्रतिचालित वि. १. बदलामा परिचालन गरिएको।
56506 प्रतिचालित वि. २. बारबार परिचालन गरिएको।
56507 प्रतिचिन्तन ना. १. बारबार गरिएको चिन्तन; बारबार सोच्ने काम।
56508 प्रतिचिन्तन ना. २. बदलामा गरिएको चिन्तन।
56509 प्रतिच्छवि ना. १. प्रतिबिम्ब; छाया।
56510 प्रतिच्छवि ना. २. चित्र; तस्बिर।
56511 प्रतिच्छाया ना. १. प्रतिबिम्ब।
56512 प्रतिच्छाया ना. २. प्रतिमा; प्रतिकृति; मूर्ति।
56513 प्रतिजीवी ना. / वि. शरीरमा अनेक प्रकारका रोग उत्पन्न गर्ने जीवाणु वा रोगाणुहरूलाई मार्न सक्ने गरी बनाइएको (औषधी); एन्टिबायोटिक।
56514 प्रतिज्ञा ना. कुनै काम पूरा गर्न वा नगर्न गरिएको अठोट; कुनै काम-कुरा गर्न वा नगर्न गरिएको सङ्कल्प; कुनै काम-कुरा गर्न वा नगर्न दिइएको वचन; दृढ निश्चय; बोलकबुल; कबुल; कसम; किरिया; शपथ; प्रण।
56515 प्रतिज्ञापत्र ना. काम गर्ने वा नगर्ने, कुनै कुरा दिने वा नदिने आदि सम्बन्धमा दृढ निश्चय व्यक्त गरिएको कागत; प्रतिज्ञापूर्ण कागत; कबुलियतनामा।
56516 प्रतिज्ञापत्र मुद्रा ना. कुनै निश्चित व्यक्तिलाई वा पत्रवाहकलाई, तोकिएको तिथिमा, तोकिएको रकम दिउँला भनी कुनै व्यक्ति वा संस्थाका तर्फबाट लेखिएको पत्र; वचनपत्र; कबुलपत्र।
56517 प्रतिज्ञापन ना. सोधिएपछि वा विशेष रूपले दिइएको जानकारी।
56518 प्रतिज्ञापालन ना. आफूले गरेको प्रतिज्ञा पालन गर्ने काम; वचन पूरा गर्ने काम; बोलकबुलको पालना।
56519 प्रतिज्ञाभङ्ग ना. १. प्रतिज्ञा भङ्ग हुनाको स्थिति, किसिम वा क्रम। वि.
56520 प्रतिज्ञाभङ्ग ना. २. प्रतिज्ञाबाट झरेको; प्रतिज्ञा भङ्ग भएको; प्रतिज्ञाच्युत (व्यक्ति)।
56521 प्रतितुलना ना. कुनै दुई कुराका बिचमा फरक, असमानता वा अन्तर देखाई तिनलाई दाँज्ने काम; भिन्नतामूलक तुलना; व्यतिरेकी तुलना।
56522 प्रतिदान ना. १. आफूलाई कुनै वस्तु दिने व्यक्तिलाई कृतज्ञतास्वरूप आफूले पनि केही दिने काम।
56523 प्रतिदान ना. २. कसैले राख्न दिएको वा कसैबाट ल्याइएको वस्तु बिग्रन भाँचिन गएमा त्यसको बदलामा अर्को वस्तु दिने काम; सट्टाभर्ना दिने काम; सट्टाभर्ना।
56524 प्रतिदाबी ना. कसैले कुनै वस्तु वा विषयमा गरेको दाबीमा पहिले दाबी गर्नेले भन्दा बढी प्रमाण पुऱ्याएर फेरि अर्काले गरेको दाबी।
56525 प्रतिदिन क्रि.वि. हरेक दिन; प्रत्येक दिन; दिनदिनै; दिनहुँ।
56526 प्रतिद्वन्द्व ना. १. शक्ति, सामर्थ्य आदिका दृष्टिले समान दुई व्यक्तिको आपसी विरोध वा झगडा।
56527 प्रतिद्वन्द्व ना. २. प्रतिद्वन्द्वीको पक्ष; विरोधी भाव।
56528 प्रतिद्वन्द्व ना. ३. सङ्घर्ष; टक्कर; विरोध; भिडन्त।
56529 प्रतिद्वन्द्विता ना. १. शक्ति, सामर्थ्य आदिका दृष्टिले समान दुई व्यक्तिको आपसी झगडा।
56530 प्रतिद्वन्द्विता ना. २. कुनै काम-कुरामा सफलता हासिल गर्न दुई व्यक्तिका बिचको होडबाजी; प्रतियोगिता।
56531 प्रतिद्वन्द्विता ना. ३. प्रतिद्वन्द्वी हुनाको भाव; प्रतिद्वन्द्व।
56532 प्रतिद्वन्द्वी वि. १. आमुन्नेसामुन्ने भएर परस्पर भिडिने; परस्पर मुकाबिला गर्ने; प्रतिस्पर्धी।
56533 प्रतिद्वन्द्वी वि. २. विपक्षी; विरोधी।
56534 प्रतिधारा ना. १. साहित्य, राजनीति, दर्शन आदिका क्षेत्रमा प्रचलित कुनै विचार, मान्यता आदिका बदलामा चलेको अर्को विचार वा मान्यता।
56535 प्रतिधारा ना. २. एउटा धाराको बदलामा चलेको अर्को धारा।
56536 प्रतिध्रुव ना. एउटा ध्रुवको विपरीत अर्को ध्रुव।
56537 प्रतिध्वनन ना. प्रतिध्वनित हुने क्रिया; गुँजाइ वा घन्काइ।
56538 प्रतिध्वनि ना. १. ध्वनि-उत्पत्तिस्थानबाट गएर अन्त कहीँ ठक्कर खानाले फर्केर आउँदा सुनिने आवाज; टाढासम्म पुगी फर्केर आएको ध्वनि; प्रतिशब्द; गुञ्जन; गुँजाइ।
56539 प्रतिध्वनि ना. २. आवाज घन्कने किसिम, क्रिया वा भाव; घन्काइ।
56540 प्रतिनति ना. मोडदार पहाडको माथितिर मोडिएको भाग; अपनत।
56541 प्रतिनाद ना. प्रतिध्वनि; गुँजाइ; घन्काइ।
56542 प्रतिनादित वि. गुँजिएको; घन्किएको।
56543 प्रतिनायक ना. नाटक वा काव्यमा मुख्य नायकको प्रतिद्वन्द्वी पात्र; प्रतिद्वन्द्वी नायक; खलनायक।
56544 प्रतिनिधि ना. १. कुनै व्यक्तिले गर्नुपर्ने काम गर्न सो कामसँग सम्बन्धित व्यक्तिका तर्फबाट नियुक्त अर्को आधिकारिक व्यक्ति; अर्काले गर्नुपर्ने कामकुराको आधिकारिक अभिभारा लिने व्यक्ति; वारिस; वारेस; गुमस्ता।
56545 प्रतिनिधि ना. २. कुनै वर्ग, समाज वा स्थानविशेषका जनताले आफ्ना सट्टामा काम गर्न वा राय दिन चुनेर वा विश्वास गरेर पठाएको व्यक्ति।
56546 प्रतिनिधितन्त्र ना. जनप्रतिनिधिमार्फत चल्ने राज्यव्यवस्था।
56547 प्रतिनिधितन्त्रात्मक/तान्त्रिक वि. प्रतिनिधितन्त्रको; प्रतिनिधितन्त्र भएको।
56548 प्रतिनिधित्व ना. प्रतिनिधिको कार्य, अधिकार वा कर्तव्य।
56549 प्रतिनिधि पत्र ना. १. कुनै व्यक्तिलाई आफ्नो प्रतिनिधिका रूपमा कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थित भएर राय दिन वा काम गर्न लेखिदिएको अधिकारपत्र।
56550 प्रतिनिधि पत्र ना. २. कुनै कामकुरो गर्नाका निम्ति कुनै व्यक्तिलाई प्रतिनिधिका रूपमा पठाउँदा प्रमाणस्वरूप लेखेर दिइने कागत; वारिसनामा।