Dictionary

All Word

56551 प्रतिनिधि मण्डल ना. कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थि भएर काम गर्न कसैका तर्फबाट पठाइएका प्रतिनिधिहरूको समूह।
56552 प्रतिनिधि सत्ता ना. प्रतिनिधितन्त्र।
56553 प्रतिनिधि सत्तात्मक ना. प्रतिनिधितन्त्रात्मक; प्रतिनिधितान्त्रिक।
56554 प्रतिनिधि सभा ना. १. जनताबाट चुनिएर गएका प्रतिनिधिहरूको सभा; जनप्रतिनिधिहरूको सभा।
56555 प्रतिनिधि सभा ना. २. संसदीय व्यवस्थामा विधायिकाको तल्लो सदन; जनप्रतिनिधिहरूबाट बनेको सभा; निम्न सदन।
56556 प्रतिनियम ना. १. सामान्य नियमलाई काट्ने विशेष नियम; अपवादको नियम। क्रि.वि.
56557 प्रतिनियम ना. २. हरेक नियम; प्रत्येक नियम; हरेक नियममा; नियमैपिच्छे।
56558 प्रतिनियुक्त वि. १. प्रतिनिधि वा अधीनस्थ कर्मचारीका रूपमा नियुक्त गरिएको वा पठाइएको।
56559 प्रतिनियुक्त वि. २. एउटाका बदलामा अर्को नियुक्त भएको।
56560 प्रतिनियुक्ति ना. १. कसैलाई प्रतिनियुक्त गर्ने काम।
56561 प्रतिनियुक्ति ना. २. सट्टाभर्नाको नियुक्ति।
56562 प्रतिपक्ष ना. १. कसैसँग शत्रुतापूर्ण सम्बन्ध राख्ने अर्को पक्ष; विरोधी पक्ष; विपक्ष।
56563 प्रतिपक्ष ना. २. शत्रु।
56564 प्रतिपक्ष ना. ३. प्रतिवादी।
56565 प्रतिपक्षता ना. प्रतिपक्ष हुनाको भाव वा अवस्था; विरोध।
56566 प्रतिपक्ष नेता ना. दलगत शासनप्रणाली भएका देशमा प्रतिनिधिसभामा सरकारका नीति, कार्यक्रम आदिको विरोध गर्ने नेता; प्रतिपक्षी नेता; विरोधी नेता।
56567 प्रतिपक्षी वि. आफूसँग शत्रुतापूर्ण सम्बन्ध राख्ने पक्षको; विरोधी पक्षको; शत्रुपक्षको; विरोधी; प्रतिद्वन्द्वी।
56568 प्रतिपत्र ना. राष्ट्र ब्याङ्कले अर्को ब्याङ्कका नाममा लेखेको, फलानाको यति रुपियाँले खामेको चेक, ड्राफ्ट वा हुन्डी आदि स्वीकार गर्नू भनी लेखेको पत्र।
56569 प्रतिपत्रक ना. कसैलाई दिइएको वा पठाइएको (दोस्रो) टुक्राको प्रतिलिपि वा सङ्क्षिप्त विवरण भएको, चेकको किताब, चलानबही, रसिदबही आदिमा नत्थी भएको टुक्रा।
56570 प्रतिपद क्रि.वि. १. पाइलापाइलामा; हरेक पाइलामा; पाइलैपिच्छे।
56571 प्रतिपद क्रि.वि. २. पदपदमा; हरेक पदमा।
56572 प्रतिपद क्रि.वि. ३. शब्दशब्दमा; शब्दैपिच्छे।
56573 प्रतिपदा ना. शुक्ल वा कृष्णपक्षको पहिलो तिथि; अमावास्या वा पूर्णिमापछि लगत्तै आउने तिथि; परेवा।
56574 प्रतिपरीक्षण ना. अदालतमा कुनै मुद्दामामिलाका साक्षी आदिले बयान दिँदा बयान साँचो, झुटो के-कसो हो, र केही वास्तविक कुरा लुकाइएको-छिपाइएको छ वा छैन भन्ने पत्ता लगाउन उल्टापाल्टा, बाङ्गाटिङ्गा प्रश्न गर्ने काम; एकपल्ट साक्षी बकिसकेकालाई फेरि साक्षी बकाउने काम।
56575 प्रतिपादक वि. १. कुनै विषय, सिद्धान्त आदिलाई स्पष्टताका साथ व्याख्या गर्ने; राम्रोसित बुझाएर भन्ने; सम्झाउने; खुलस्त पार्ने।
56576 प्रतिपादक वि. २. नयाँ विषय वा सिद्धान्तलाई खोज्ने वा पत्ता लगाउने; निरूपण गर्ने। ना.
56577 प्रतिपादक वि. ३. त्यसरी व्याख्या गर्ने, भन्ने, खुलस्त पार्ने, खोज्ने, पत्ता लगाउने वा निरूपण गर्ने व्यक्ति।
56578 प्रतिपादन ना. १. कुनै विषय, सिद्धान्त, नियम आदिलाई स्पष्टताका साथ व्याख्या गर्ने वा उपपत्तिसहित स्थापना गर्ने काम; राम्रोसित बुझाएर भन्ने, सम्झाउने वा खुलस्त पार्ने काम।
56579 प्रतिपादन ना. २. नयाँ विषय वा सिद्धान्तलाई खोज्ने, पत्ता लगाउने काम; निरूपण गर्ने काम।
56580 प्रतिपादयिता वि. प्रतिपादन गर्ने; प्रतिपादक।
56581 प्रतिपादित वि. प्रतिपादन गरिएको (विषय, सिद्धान्त आदि)।
56582 प्रतिपाद्य वि. प्रतिपादन गर्नुपर्ने; प्रतिपादन गर्न लायक; प्रतिपादन गर्न योग्य।
56583 प्रतिपालक वि. १. कसैको पालनपोषण गर्ने; हेरचाह गर्ने; प्रतिपालन गर्ने; पालक; रक्षक। ना.
56584 प्रतिपालक वि. २. पालन वा रक्षण गर्ने व्यक्ति।
56585 प्रतिपालक अधिकरण ना. अल्पवयस्क वा अयोग्य व्यक्तिका सम्पत्तिको प्रबन्ध र रक्षा गर्ने सरकारी विभाग।
56586 प्रतिपालन/प्रतिपालना ना. पालनपोषण गर्ने काम; हेरविचार गर्ने काम; रक्षा गर्ने काम; पालनपोषण; संरक्षण; लालनपालन।
56587 प्रतिपालनीय वि. प्रतिपालन गर्न लायक; प्रतिपालन गर्नुपर्ने; पाल्नुपर्ने; पालन गर्नुपर्ने; रक्षा गर्नुपर्ने।
56588 प्रतिपालित वि. प्रतिपालन गरिएको; पालनपोषण गरिएको; रक्षित।
56589 प्रतिपुरुष ना. १. कुनै सङ्घ, संस्था, सभा आदिमा कसैको प्रतिनिधिका रूपमा काम गर्ने, मत दिने आदि अधिकार पाएको व्यक्ति; नियमपूर्वक कसैको प्रतिनिधित्व गर्ने व्यक्ति।
56590 प्रतिपुरुष ना. २. वारेस; गुमस्ता; एजेन्ट।
56591 प्रतिप्रभाव ना. १. एक देशको अर्कोमा वा एक व्यक्तिको अर्कोमा पर्ने पारस्परिक प्रभाव; एउटामा पर्ने अर्काको प्रभाव।
56592 प्रतिप्रभाव ना. २. पछिल्लो पुस्ताका व्यक्तिबाट अगिल्लो पुस्ताका व्यक्तिमा परेको प्रभाव वा असर।
56593 प्रतिप्रश्न ना. प्रश्न गर्नेलाई उत्तर दिनुको साटो सोधिएको प्रश्न; कसैको प्रश्नको जवाफका रूपमा गरिएको प्रश्न; प्रश्न सोध्ने व्यक्तिलाई उल्टै प्रश्न सोध्ने काम।
56594 प्रतिप्रेषण ना. कुनै आवेदनपत्र आदिका सम्बन्धमा स्वीकृति वा आवश्यक कारबाईका निम्ति सम्बन्धित उच्च पदाधिकारीका समक्ष पठाउने कार्य; कुनै विवादास्पद वा सन्देहयुक्त विषयमा निश्चित निर्णय गर्न वा संशय मेटाउनका लागि विशेषज्ञ वा जानकारका समक्ष पठाउने कार्य।
56595 प्रतिफल ना. १. कुनै कुराको निचोड; निष्कर्ष।
56596 प्रतिफल ना. २. कसैले अर्काप्रति गरेका गुण वा अवगुणका अनुरूप राम्रो वा नराम्रो परिणाम।
56597 प्रतिफल ना. ३. कुनै कुराको फल; नतिजा; परिणाम।
56598 प्रतिफल ना. ४. दुई वा दुईभन्दा बढी बलको सम्मिश्रणबाट निस्केको गति वा परिणाम।
56599 प्रतिफलन ना. १. कुनै कामका निचोडमा निष्कर्ष निक्लने क्रिया।
56600 प्रतिफलन ना. २. प्रतिफल निस्कने क्रिया।