Dictionary

All Word

56601 प्रतिफलित वि. कुनै कामको नतिजाका रूपमा प्राप्त भएको; निष्कर्षस्वरूप प्राप्त भएको; प्रतिफलका रूपमा प्राप्त भएको।
56602 प्रतिबद्ध वि. १. कुनै विचार, सिद्धान्त आदिबाट बाँधिएको वा त्यसप्रति पूरापूर निष्ठा राख्ने।
56603 प्रतिबद्ध वि. २. पारिवारिक, सामाजिक आदि दायित्वले जकडिएको।
56604 प्रतिबद्ध वि. ३. कुनै किसिमको वाचाबन्धनमा पारिएको; कबुल गराइएको।
56605 प्रतिबन्ध ना. १. कुनै व्यक्ति, सङ्घ, संस्था आदि गतिविधिलाई सीमित पार्ने वा रोक लगाउने काम; कसैको कुनै कामकुरामा बन्देज लगाउने काम; रोक; रोकावट; अवरोध।
56606 प्रतिबन्ध ना. २. विघ्न; बाधा।
56607 प्रतिबन्ध ना. ३. कुनै कुरा वा काममा लगाइएको अड्को।
56608 प्रतिबन्ध ना. ४. बाँध्ने काम; बन्धन।
56609 प्रतिबन्धक वि. रोक लगाउने; विध्नबाधा उपस्थित गर्ने; प्रतिबन्ध लगाउने।
56610 प्रतिबन्धात्मक वि. १. प्रतिबन्ध लागेको; प्रतिबन्ध भएको।
56611 प्रतिबन्धात्मक वि. २. कुनै प्रसङ्गमा पहिले गर्न पाइने भनेर उल्लेख भएका कामकुरामा खास स्थितिमा प्रतिबन्ध लगाउने उद्देश्यले लेखिएको; भइरहेको प्रावधान वा कामकुरामा प्रतिबन्ध लगाउने किसिमको (वाक्य)।
56612 प्रतिबन्धित वि. रोक लागेको; प्रतिबन्ध लागेको।
56613 प्रतिबाधक वि. प्रतिबाधा उपस्थित गर्ने।
56614 प्रतिबाधा ना. कुनै बाधाका सट्टामा आफूले पनि उपस्थित गरेको बाधा।
56615 प्रतिबाधित वि. १. रोकिएको वा रोकेको।
56616 प्रतिबाधित वि. २. बाधाविरोध गरिएको।
56617 प्रतिबिम्ब ना. १. ऐना, पानी आदिमा प्रकाश पर्दा अर्कापट्टि पर्ने त्यसैका आकारको टलक वा छाया; प्रतिबिम्ब।
56618 प्रतिबिम्ब ना. २. ऐना, पानी आदि टलकदार वस्तुमा देखिने बाह्य वस्तुको स्पष्ट प्रतिरूप; प्रतिच्छाया।
56619 प्रतिबिम्ब ना. ३. मूर्ति।
56620 प्रतिबिम्ब ना. ४. चित्र।
56621 प्रतिबिम्बक वि. प्रतिबिम्ब प्रदान गर्ने वा पार्ने।
56622 प्रतिबिम्ब क्रिया ना. शरीरमा कुनै वस्तुले छोइदिँदा स्नायुमा व्यक्त हुने प्रतिक्रिया।
56623 प्रतिबिम्बन ना. प्रतिबिम्ब उत्पन्न गर्ने वा हुने क्रियाप्रक्रिया।
56624 प्रतिबिम्बवाद ना. १. कवि वा कलाकारले वस्तुजगत्को प्रतिविम्ब मात्र उपस्थित गर्न सक्छ वा गर्नुपर्छ भन्ने सिद्धान्त।
56625 प्रतिबिम्बवाद ना. २. विश्वका प्रत्येक वस्तुलाई ईश्वरको प्रतिबिम्ब मान्ने एक सिद्धान्त।
56626 प्रतिबिम्बवाद ना. ३. विम्बवाद; प्रतिविम्बको सिद्धान्त।
56627 प्रतिबिम्बित वि. ऐना, पानी आदि टलकदार वस्तुमा बाह्य वस्तुको स्पष्ट प्रतिरूप देखिएको; छाया परेको; प्रतिविम्ब परेको; प्रतिविम्बित।
56628 प्रतिबोध ना. जागृति; जागरण; सचेतता; होस।
56629 प्रतिबोधक वि. प्रतिबोध दिने वा मिलाउने।
56630 प्रतिबोधन ना. प्रतिबोध-कार्य; प्रतिबोध।
56631 प्रतिबोधित वि. प्रतिबोध गरेको वा गरिएको।
56632 प्रतिबोधी वि. प्रतिबोध गर्ने; जाग्रत् भएको; ज्ञान पाउन इच्छुक।
56633 प्रतिभा ना. १. नयाँ-नयाँ कुराको कल्पना गर्न सक्ने र कलात्मक, मौलिक तथा रचनात्मक भाव, कृति आदि प्रस्तुत गर्न सक्ने असाधारण तीव्रता र प्रखरता भएको सहज बुद्धि वा मानसिक शक्ति; प्रज्ञा।
56634 प्रतिभा ना. २. कुनै पनि काम विशेष योग्यताका साथ गर्न सक्ने बुद्धिबल।
56635 प्रतिभा ना. ३. प्रकाशको चमक; प्रभा; टलक; टहक।
56636 प्रतिभावान् वि. १. प्रतिभाशाली।
56637 प्रतिभावान् वि. २. चमकदार।
56638 प्रतिभाशाली वि. प्रतिभा भएको; प्रतिभायुक्त (व्यक्ति)।
56639 प्रतिभास ना. १. मनले सम्झिरहेको मानिस वा वस्तु देखेजस्तो हुने क्रिया; आभास; प्रतीति; भान; झझल्को।
56640 प्रतिभास ना. २. भ्रम हुने क्रिया; भ्रम।
56641 प्रतिमा ना. १. कसैको वास्तविक वा कल्पित रूपअनुसार बनाइएको काठ, माटो, पत्थर, धातु आदिको मूर्ति; अनुकृति।
56642 प्रतिमा ना. २. पूजा गर्दा कुनै देवताको मूर्तिको प्रतीक स्वरूप राखिएको ढुङ्गा, सुन, चाँदी आदिको टुक्रो; प्रतिमूर्ति।
56643 प्रतिमा ना. ३. कुनै मुख्य पदार्थ वा व्यक्तिका अभावमा त्यस्तै कुनै अर्को पदार्थ वा व्यक्तिको वर्णन गर्दा हुने काव्यालङ्कार।
56644 प्रतिमान ना. १. प्रतिबिम्ब; छाया।
56645 प्रतिमान ना. २. गुण, आकार- प्रकार जान्नका निम्ति झिकिएको, बनाइएको वा कोरिएको वस्तु वा वस्तुको अंश; नमुना।
56646 प्रतिमान ना. ३. प्रतियोगितात्मक कामकारबाईहरूमा नमुनाका रूपमा कायम गरिएको माथिल्लो स्तर वा मान; आदर्श; दृष्टान्त।
56647 प्रतिमास क्रि.वि. हरेक महिनामा; महिनैपिच्छे।
56648 प्रतिमुख ना. १. नाटकका पञ्चसन्धिमध्ये दोस्रो सन्धि; बिन्दु र यत्नको योगबाट बन्ने सन्धि।
56649 प्रतिमुख ना. २. मुखको छाया। वि.
56650 प्रतिमुख ना. ३. मुखका अघिल्तिरको; सम्मुखको; सामुन्नेको।