Dictionary

All Word

56751 प्रतिष्ठा ना. १. मानमर्यादा राख्ने काम; आदरसत्कार गर्ने काम; मान; सम्मान; इज्जत।
56752 प्रतिष्ठा ना. २. कसैको राम्रो नाम चल्ने क्रिया; राम्रो नाम; यश; कीर्ति।
56753 प्रतिष्ठा ना. ३. कुनै देवादि वा व्यक्तिविशेषका मूर्ति, सालिक आदिको ससम्मान गरिने स्थापना।
56754 प्रतिष्ठा ना. ४. एक पाउमा चार अक्षर हुने छन्दविशेष।
56755 प्रतिष्ठान ना. १. स्थापना गर्ने काम; राख्ने काम; रखाइ।
56756 प्रतिष्ठान ना. २. प्रतिष्ठापूर्ण रूपमा स्थापित कुनै संस्था।
56757 प्रतिष्ठान पत्र ना. कुनै व्यापारिक सङ्घ, संस्था आदिको विधिवत् स्थापनाभन्दा पहिले त्यस्ता संघ, संस्था आदिका नाम, उद्देश्य दिएर सार्वजनिक रूपमा प्रकाशित गरिने र विधिवत् दर्ता गरिने पत्र।
56758 प्रतिष्ठा पत्र ना. कसैको आदर, सम्मान वा प्रतिष्ठा सूचित गर्न दिइने पत्र; मानपत्र।
56759 प्रतिष्ठापन ना. देवादि मूर्ति वा व्यक्तिविशेषको सालिक आदि स्थापना गर्ने काम; ससम्मान गरिने स्थापना।
56760 प्रतिष्ठावान् वि. प्रतिष्ठा भएको; मान भएको; प्रतिष्ठित; सम्मानित (व्यक्ति)।
56761 प्रतिष्ठित वि. १. इज्जत-प्रतिष्ठा भएको; मानसम्मान पाएको।
56762 प्रतिष्ठित वि. २. प्रसिद्धि पाएको; प्रसिद्ध; प्रख्यात।
56763 प्रतिसंस्कार ना. १. बिग्रेभत्केका वस्तुको मर्मत; जीर्णोद्धार; स्थित्युद्धार।
56764 प्रतिसंस्कार ना. २. पुनः संस्कार।
56765 प्रतिसंस्कृत वि. मर्मत गरिएको; सुधारिएको; पुनः संस्कार गरिएको।
56766 प्रतिसत्कार ना. सत्कारका बदलामा गरिने सत्कार।
56767 प्रतिसन्देश ना. खबरका रूपमा पठाइएको जवाफ।
56768 प्रतिसन्धान ना. १. धनुमा बाण चढाउने काम।
56769 प्रतिसन्धान ना. २. जोड्ने काम; जोडा मिलाउने काम।
56770 प्रतिसन्धान ना. ३. खोजी गर्ने काम; खोजी; अनुसन्धान।
56771 प्रतिसरकार ना. कुनै देशमा प्रतिष्ठित वा विद्यमान सरकारका विरोधमा त्यसै देशको केही भागमा अधिकार जमाएर बसेको वा शासन गरेर बसेको अर्को सरकार; समानान्तर सरकार।
56772 प्रतिस्थापन/प्रतिस्थापना ना. १. कुनै प्रक्रियामा अडेका वस्तुको सट्टा अर्को वस्तु प्रयोगमा ल्याउने काम।
56773 प्रतिस्थापन/प्रतिस्थापना ना. २. प्रतिष्ठापन।
56774 प्रतिस्पर्धा ना. १. केही कुरामा आफू उत्तम हुन वा आफूले जित्न गरिएको उछिनपाछिन; प्रतियोगिता; होडबाजी।
56775 प्रतिस्पर्धा ना. २. अभिमान; सेखी; फुइँ।
56776 प्रतिस्पर्धी वि. प्रतिस्पर्धा गर्ने; प्रतिद्वन्द्विता गर्ने; होडबाजी गर्ने।
56777 प्रतिहस्ताक्षर ना. पहिले एउटाले हस्ताक्षर गरेर फेरि अर्को अधिकारीले पनि हस्ताक्षर गर्ने काम।
56778 प्रतिहस्ताक्षरित वि. प्रतिहस्ताक्षर गरिएको (लेख, अनुबन्धन, सम्झौता आदि)।
56779 प्रतिहार ना. १. राजकाजका दृष्टिले महत्त्वपूर्ण मेल, झगडा, सैनिक तयारी आदि व्यवहारका अनेक कामकुरा राजाकहाँ जाहेर गर्ने राजदरबारको पाले; द्वारपाल; प्रतीहार।
56780 प्रतिहार ना. २. ढोके।
56781 प्रतिहार ना. ३. ढोका; दैलो।
56782 प्रतिहारी ना. १. प्राचीन कालमा राजाका ढोकामा ढोकेको काम गरेर बस्ने स्त्री; द्वारपालको काम गर्ने स्त्री; प्रतीहारी।
56783 प्रतिहारी ना. २. प्रतिहार।
56784 प्रतिहिंसा ना. १. हिंसाका बदलामा गरिने हिंसा; मनमा हिंसाको भाव राखेर लिइने बदला।
56785 प्रतिहिंसा ना. २. बदला; साटोफेराइ।
56786 प्रतीक ना. १. समान गुणका आधारमा दृश्य वा अदृश्य अन्य कुनै वस्तुको कल्पना गरी प्रतिबिम्बका रूपमा राखिएको वस्तु वा चिनु।
56787 प्रतीक ना. २. अन्य कुनै वस्तुको भावनात्मकता वा प्रतिनिधित्वका रूपमा व्यवहार चलाइने अर्को कुनै पदार्थ।
56788 प्रतीक ना. ३. चिह्न; लक्षण; निसाना।
56789 प्रतीक ना. ४. चित्र; मूर्ति; प्रतिमूर्ति; प्रतिमा।
56790 प्रतीक ना. ५. कुनै एउटा मन्त्र, श्लोक, वाक्य आदिको पूरा अर्थबोध गराउन राखिएको कुनै अर्को पद, अक्षर आदि। वि.
56791 प्रतीक ना. ६. प्रतिकूल; विरुद्ध।
56792 प्रतीकवाद ना. प्रतीकहरूको प्रयोगमा जोड दिने र कुनै पनि वस्तु, भाव, विषय आदिको प्रस्तुतीकरण अपारम्परिक प्रतीकहरूका माध्यमद्वारा गर्न खोज्ने साहित्यिक वा चित्रकलासम्बन्धी अभिव्यञ्जना-परिपाटी।
56793 प्रतीकवादी वि. १. प्रतीकवादमा विश्वास गर्ने; प्रतीकवादको अनुयायी।
56794 प्रतीकवादी वि. २. प्रतीकवादसम्बन्धी।
56795 प्रतीकात्मक वि. १. प्रतीकका माध्यमले व्यक्त हुने; प्रतीकका सहायताले भाव, विषय, वस्तु आदिको बोध गराइएको (साहित्यिक रचना)।
56796 प्रतीकात्मक वि. २. प्रतीकसित सम्बद्ध; प्रतीकसम्बन्धी; प्रतीकको।
56797 प्रतीकात्मकता ना. प्रतीकात्मक हुनाको भाव वा स्थिति।
56798 प्रतीक्षक वि. १. प्रतीक्षा गर्ने; पर्खने। ना.
56799 प्रतीक्षक वि. २. प्रतीक्षा गर्ने व्यक्ति।
56800 प्रतीक्षण ना. प्रतीक्षा गर्ने काम; प्रतीक्षा।