Dictionary

All Word

56801 प्रतीक्षा ना. १. चाहेको वा खोजेको कुनै व्यक्ति, वस्तु आदिलाई भेट्न वा पाउन गरिएको ढुकाइ; कुराइ; रुङाइ।
56802 प्रतीक्षा ना. २. कुनै काम हुने आशामा गरिएको पर्खाइ; बाटोहेराइ।
56803 प्रतीक्षाकारी वि. प्रतीक्षक।
56804 प्रतीक्षा गृह ना. प्रतीक्षालय।
56805 प्रतीक्षालय ना. १. रेलगाडी, हवाईजहाज आदि नआउँदासम्म प्रतीक्षा गर्न यात्रीहरू बस्ने घर वा कोठा; यात्रीहरूले रेल आदि पर्खंदा बस्ने ठाउँ।
56806 प्रतीक्षालय ना. २. कुनै मन्त्री, सचिव वा अन्य विशिष्ट व्यक्तिसित भेटघाट गर्न बसेर पर्खने कोठा वा ठाउँ।
56807 प्रतीक्षालय ना. ३. घरमा आएका व्यक्तिलाई भेट दिने कोठा।
56808 प्रतीक्षित वि. पर्खिएको; प्रतीक्षा गरिएको।
56809 प्रतीक्ष्य वि. १. पर्खनुपर्ने; प्रतीक्षा गर्नुपर्ने।
56810 प्रतीक्ष्य वि. २. पर्खन लायक; प्रतीक्षायोग्य।
56811 प्रतीक्ष्य वि. ३. पूजायोग्य; पूजनीय।
56812 प्रतीची ना. पूर्वको विपरीत दिशा; पश्चिम दिशा।
56813 प्रतीच्य वि. पश्चिमको; पश्चिमी।
56814 प्रतीत वि. १. पत्यार गरिएको; पत्याइएको; विश्वास गरिएको; विश्वस्त।।
56815 प्रतीत वि. २. मनमनै धारणा लिइएको वा निश्चय गरिएको; मनमा लागेको।
56816 प्रतीत वि. ३. जानिएको; ज्ञात।
56817 प्रतीत वि. ४. आभास भएको; भान भएको। ना.
56818 प्रतीत वि. ५. पत्यार; आभास; भान।
56819 प्रतीत पत्र ना. १. सरकारको, जनताको वा अरू कुनै साधिकार व्यक्तिको प्रतिनिधिका रूपमा काम गर्ने अधिकार दिइएको पत्र; अख्तियारनामा।
56820 प्रतीत पत्र ना. २. कसैले आफ्नो प्रतिनिधिका रूपमा कुनै सङ्घ, संस्था, सभा, सरकारी अड्डाखाना आदिमा उपस्थित भएर काम गर्न कुनै व्यक्तिलाई लेखिदिएको अधिकारपत्र; वारिसनामा।
56821 प्रतीत पत्र ना. ३. विश्वास दिलाउनका निम्ति लेखिएको पत्र; विश्वासपत्र।
56822 प्रतीत पत्र ना. ४. एक ब्याङ्कबाट अर्को ब्याङ्कका नाममा फलानाको यति रुपियाँले भ्याएसम्म चेक, ड्राफ्ट वा हुन्डीहरू स्वीकार गर्नू भनी लेखिएको पत्र।
56823 प्रतीति ना. १. प्रतीत हुनाको भाव वा स्थिति; पत्यार; विश्वास।
56824 प्रतीति ना. २. जान्ने वा थाहा पाउने क्रिया; ज्ञान।
56825 प्रतीति ना. ३. भान।
56826 प्रतीत्यसमुत्पाद ना. प्राणी प्रत्येक क्षण मर्छ र प्रत्येक क्षण जन्मन्छ भन्ने बौद्ध दर्शनको एक सिद्धान्त।
56827 प्रतीप वि. १. विपरीत। ना.
56828 प्रतीप वि. २. उपमानभन्दा उपमेयको उत्कृष्टता देखाएर वा उपमानलाई उपमेय बनाएर वर्णन गर्दा हुने एक अर्थालङ्कार; उपमाको उल्टो अलङ्कार।
56829 प्रतीयमान वि. १. वास्तविक नभए पनि वास्तविकजस्तो लाग्ने; साँचैजस्तो भान पर्ने; प्रतीत हुने (रूप आदि)। ना.
56830 प्रतीयमान वि. २. व्यञ्जनावृत्तिद्वारा प्राप्त हुने अर्थ; ध्वनिगत अर्थ; व्यङ्ग्यार्थ।
56831 प्रतीहार ना. हे. प्रतिहार।
56832 प्रतीहारी ना. प्रतिहारी।
56833 प्रत्यक्ष वि. १. आँखाअगिल्तिरको; आँखाले देखिने।
56834 प्रत्यक्ष वि. २. राम्ररी देखिने; छर्लङ्ग देखिने; स्पष्ट; खुलस्त; साफ।
56835 प्रत्यक्ष वि. ३. इन्द्रियद्वारा थाहा पाइने। विप. परोक्ष। ना.
56836 प्रत्यक्ष वि. ४. न्यायशास्त्रअनुसार इन्द्रिय र वस्तुको सम्पर्कबाट हुने ज्ञान; चार प्रकारका प्रमाणमध्ये पहिलो प्रमाण।
56837 प्रत्यक्ष वि. ५. क्रि.वि. / ना. यो. अघिल्तिर; सामुन्ने।
56838 प्रत्यक्ष कर ना. कुनै वस्तुको आयातनिर्यातमा र उत्पादन आदिमा लाग्ने वा लागेको कर।
56839 प्रत्यक्ष करार ना. प्रत्यक्ष संविदा।
56840 प्रत्यक्ष ज्ञान ना. प्रत्यक्ष स्रोतबाट प्राप्त भएको ज्ञान; आफ्नै ज्ञानेन्द्रियद्वारा पाइएको ज्ञान।
56841 प्रत्यक्षण ना. कुनै कुरालाई मनले प्रत्यक्ष अनुभव गर्ने क्रिया; प्रत्यक्षीकरण।
56842 प्रत्यक्षत: क्रि.वि. प्रत्यक्ष रूपमा; स्पष्ट रूपमा; खुलस्त।
56843 प्रत्यक्षता/त्व ना. प्रत्यक्ष हुने, होइने वा हुन लगाउने गुण; प्रत्यक्षको विशेषता।
56844 प्रत्यक्ष दर्शन ना. आफ्नै आँखाद्वारा गरिएको दर्शन; साक्षात्कार।
56845 प्रत्यक्षदर्शी वि. १. कुनै घटना, चित्र आदिलाई आफ्नै आँखाले देख्ने; खुद देख्ने। ना.
56846 प्रत्यक्षदर्शी वि. २. साक्षी; गवाही।
56847 प्रत्यक्ष निर्वाचन ना. राष्ट्रपति वा सर्वोच्च विधायिकाका प्रतिनिधि आदिलाई जनताले सोझै चुन्ने काम।
56848 प्रत्यक्ष प्रमाण ना. १. आफ्नै आँखाले देखेको प्रमाण; प्रत्यक्षदर्शीद्वारा दिइएको प्रमाण।
56849 प्रत्यक्ष प्रमाण ना. २. न्यायशास्त्रका चार प्रमाणमध्ये पहिलो प्रमाण।
56850 प्रत्यक्ष लिपि ना. आसामीले धनीका सामुन्ने बसेर गरिदिएको लिखत; तमसुक।