Dictionary

All Word

56901 प्रत्याह्वान ना. १. कुनै पदाधिकारी, विदेश गएका प्रतिनिधि, राजदूत, वाणिज्यदूत आदिलाई गएका ठाउँबाट वा रहेका पदबाट फिर्ता बोलाउने काम; वापस बोलाउने काम।
56902 प्रत्याह्वान ना. २. निर्वाचनमा छानिएर गाउँ, नगर, जिल्ला, राष्ट्रिय तहमा पुगेका प्रतिनिधिलाई कुनै कारणवश निर्वाचकसमूहले फेरि फिर्ता बोलाई गरिने पदच्युत कार्य वा पदनिलम्बन कार्य।
56903 प्रत्युक्ति ना. कसैको उक्तिका बदलामा बोलिने वा भनिने उक्ति।
56904 प्रत्युच्चारण ना. दोहोऱ्याएर गरिने वा गरिएको उच्चारण; पुनरुक्ति।
56905 प्रत्युत्तर ना. कसैको जवाफका बदलामा दिइने वा दिइएको जवाफ; उत्तर आएपछि दिइने उत्तर।
56906 प्रत्युत्थान ना. आफ्ना मान्य वा पूज्य व्यक्तिको आगमन हुँदा सम्मानका निम्ति बसेको ठाउँबाट उठ्ने काम; आउन लागेका पूज्य वा मान्यजनलाई केही परसम्म लिन जाने काम।
56907 प्रत्युत्थित वि. प्रत्युत्थान गरिएको वा भएको।
56908 प्रत्युत्पन्न वि. तत्काल उत्पन्न हुने; ठिक समयमा ठिक जवाफ दिन सक्ने।
56909 प्रत्युत्पन्नमति वि. १. मौकामा तत्काल युक्तिसङ्गत उत्तर दिन सक्ने बुद्धि भएको; ठिक समयमा ठिक उपाय सोच्न सक्ने खुबी भएको। ना.
56910 प्रत्युत्पन्नमति वि. २. मौकामा सही उत्तर दिने वा सही निर्णय गर्न सक्ने मति।
56911 प्रत्युपकार ना. कसैले गरेको उपकारका बदलामा गरिने उपकार।
56912 प्रत्युपकारी वि. उपकारका बदलामा उपकार गर्ने।
56913 प्रत्येक वि. हरएक; हरेक।
56914 प्रत्यौषध ना. एक औषधीको विकार वा प्रतिक्रियालाई शमन गर्ने अर्को औषधी (एन्टिडोज)।
56915 प्रथम वि. १. गिन्ती गर्दा सबभन्दा पहिले आउने; पहिलो।
56916 प्रथम वि. २. सबैभन्दा असल; सर्वोत्तम।
56917 प्रथम वि. ३. सबैभन्दा मुख्य; प्रधान। क्रि.वि.
56918 प्रथम वि. ४. अगाडि; पहिले।
56919 प्रथम वि. ५. प्रथमतः।
56920 प्रथम अन्तरहिमानी ना. आजभन्दा छ लाख वर्षपहिले प्रारम्भ भएको हिमानीपछिको युग; प्रथम हिमानीभन्दा पछि र द्वितीय हिमानीभन्दा पहिलेको बिचको समय।
56921 प्रथम कल्प ना. गर्नुपर्ने उपायहरूमध्ये सबभन्दा उत्तम उपाय; सबभन्दा उत्तम पक्ष।
56922 प्रथम खण्ड ना. १. जीवकल्पको समयको विभाजनमा पहिलो खण्ड; पुराजीवको अर्को नाम।
56923 प्रथम खण्ड ना. २. पहिलो भाग वा अध्याय।
56924 प्रथमतः क्रि.वि. पहिलो उक्तिका रूपमा भन्ने हो भने; पहिलो भनाइका अनुसार।
56925 प्रथम पुरुष ना. १. व्याकरणअनुसार कुनै काम-कुरा गर्ने वा गर्नेहरूलाई बुझाउने सर्वनाम; म, हामी र यिनका साथ लाग्ने क्रियालाई बुझाउने शब्द।
56926 प्रथम पुरुष ना. २. सम्पर्कमा आएको पहिलो व्यक्ति।
56927 प्रथम पुरुष ना. ३. बहुपति विवाहप्रथा भएका समाजमा जेठो चाहिँ लोग्ने (उदा.- युधिष्ठिर द्रौपदीका प्रथम पुरुष थिए)।
56928 प्रथम पुरुष ना. ४. पोइल आएकी आइमाईको पहिलोचाहिँ पोइ।
56929 प्रथम पुरुषात्मक वि. व्याकरणका अनुसार प्रथमपुरुष शैलीमा लेखिएको (कथा, उपन्यास आदि)।
56930 प्रथम श्रेणी ना. सबैभन्दा पहिलो स्तर; उत्तमकक्षा।
56931 प्रथम हिमानी ना. आजभन्दा लगभग दश लाख वर्षपहिले प्रारम्भ भएको हिमयुगको समय; चार हिमयुगमध्ये पहिलो हिमयुग।
56932 प्रथमा ना. १. व्याकरणअनुसार वाक्यको उद्देश्यलाई जनाउने विभक्ति वा प्रत्ययसँग सम्बन्धित कारकको प्रतिनिधित्व गर्ने विभक्ति; कर्तासँग सम्बन्धित विभक्ति।
56933 प्रथमा ना. २. कर्तृकारक (अप्राविधिक अर्थ)।
56934 प्रथमा ना. ३. संस्कृतका परीक्षाहरूमध्ये पहिलो परीक्षा।
56935 प्रथमा ना. ४. जेठी छोरी। वि.
56936 प्रथमा ना. ५. पहिलो (विभक्ति, परीक्षा आदि)।
56937 प्रथमार्द्ध/प्रथमार्ध ना. कुनै कुरालाई दुई बराबर भागमा बाँड्दा हुने अर्धमध्ये पहिलो अर्ध; उत्तरार्धको उल्टो अर्ध।
56938 प्रथमाश्रम ना. ब्रह्मचर्याश्रम।
56939 प्रथा ना. पितापुर्खाका पालादेखि वर्तमानसम्म चल्दै आएको र जीवनलाई प्रभावित पार्दै आएको रीतिरिवाज; पहिलेदेखि चलिआएको चालचलन; परम्परागत परिपाटी; बुढीरूढि।
56940 प्रथित वि. १. फैलिएको; फिँजिएको।
56941 प्रथित वि. २. प्रसिद्ध; विख्यात।
56942 प्रद वि. नाम शब्दका पछाडि जोडिने र 'दिने' भन्ने अर्थ बुझाउने विशेषणवाचक उत्तरपद (ज्ञानप्रद, बुद्धिप्रद, शिक्षाप्रद इ.)।
56943 प्रदक्षिणा ना. १. कुनै देवमूर्तिलाई, मन्दिरलाई वा बरपिपल आदि वृक्षलाई दाहिनेपट्टि पारी भक्तिपूर्वक चारैतिर घुम्ने काम।
56944 प्रदक्षिणा ना. २. कुनै व्यक्ति वा वस्तुका चारैतिर घुम्ने काम; फेरामाराइ; घुमाइ।
56945 प्रदत्त वि. प्रदान गरिएको; दिइएको।
56946 प्रदर ना. पाठेघरबाट लेस्याइलो तरल पदार्थ निस्किरहने, स्त्रीहरूको एक रोग।
56947 प्रदर्शक वि. १. बाटो आदि देखाउने; प्रदर्शन गराउने; चिनाउने।
56948 प्रदर्शक वि. २. हेर्ने वा देख्ने; दर्शक।
56949 प्रदर्शक वि. ३. कुनै कुरा सम्झाउने, बुझाउने वा बताउने।
56950 प्रदर्शन ना. १. बाटो आदि देखाउने काम; मार्गनिर्देशन; भेगियारी।।