Dictionary

All Word

56851 प्रत्यक्षवाद ना. प्रत्यक्ष वा देखेका, सुनेका, भोगेका आदि कुरालाई मात्र प्रामाणिक वा वास्तविक मानी अदृश्य रूपमा रहेको त्यसको मूलकारण वा अन्तर्निहित कारणको वास्ता नगर्ने एक दार्शनिक सिद्धान्त; चार्वाकमत।
56852 प्रत्यक्षवादी वि. १. प्रत्यक्षवादमा विश्वास गर्ने; प्रत्यक्षवादको अनुयायी।
56853 प्रत्यक्षवादी वि. २. नास्तिक।
56854 प्रत्यक्ष शासन ना. १. राजा वा राष्ट्रपति आदिद्वारा संसद्, मन्त्रिमण्डल आदिका माध्यमद्वारा शासन नगरी सोझै शासन गर्ने काम।
56855 प्रत्यक्ष शासन ना. २. राजा, राष्ट्रपति वा केन्द्रीय सरकारले पूरै देशको वा देशका कुनै भागको सोझै शासन गर्ने प्रक्रिया।
56856 प्रत्यक्षीकरण ना. १. कुनै विषयवस्तुलाई प्रत्यक्ष देख्ने वा ज्ञानेन्द्रियले अनुभव ज्ञान गर्ने काम; साक्षात्कार।
56857 प्रत्यक्षीकरण ना. २. प्रत्यक्षण।
56858 प्रत्यक्षीकृत वि. साक्षात्कार गरिएको।
56859 प्रत्यक्षीभूत वि. प्रत्यक्ष भइसकेको।
56860 प्रत्यङ्ग ना. हात, खुट्टा आदि शरीरका एक-एक अङ्ग; शरीरका सानातिना अङ्ग; उपाङ्ग (प्रायः अङ्ग शब्दको पछिल्तिर जोडिएर प्रयोग हुने, जस्तै- अङ्गप्रत्यङ्ग)।
56861 प्रत्यङ्मुख वि. पश्चिमतिर मुख फर्केको; पश्चिमतिर फर्केको।
56862 प्रत्यञ्चा ना. बाण छोड्न सहायक हुने धनुको डोरी; ताँदो; परिन्जो।
56863 प्रत्यपकार ना. अपकार गर्नेसितको साटोफेराइ।
56864 प्रत्यभिज्ञा/प्रत्यभिज्ञान ना. १. पहिले देखेका वा तीसित मिल्दाजुल्दा व्यक्ति, वस्तु आदिलाई कालान्तरमा देख्दा मनमा आउने अघिका कुराको स्मृति; स्मृतिका आधारमा हुने पुराना कुराको ज्ञान।
56865 प्रत्यभिज्ञा/प्रत्यभिज्ञान ना. २. चिनापर्ची; चिनारी; परिचय।
56866 प्रत्यय ना. १. विश्वास; पत्यार।
56867 प्रत्यय ना. २. कुनै धातु वा शब्दको अन्तमा जोडिएर कुनै विशेष अर्थ वा प्रकृतिकै अर्थ बुझाउने वर्ण वा वर्णसमूह; परसर्ग (उदा.- इलो, एलु, दार इ.)।
56868 प्रत्ययन ना. प्रत्यय वा सद्भावनालाई ग्रहण अथवा संश्लिष्ट गराउने प्रक्रिया; प्रतिभाशक्तिको कार्यव्यापार; भावन।
56869 प्रत्ययन पत्र ना. १. कुनै व्यापारी वा महाजनद्वारा निजको खाताबाट वा ॠणका रूपमा यति रुपियाँ दिनू भनी कुनै व्यक्तिका सम्बन्धमा लेखी सोही व्यक्तिलाई दिइएको पत्र; विश्वासपत्र।
56870 प्रत्ययन पत्र ना. २. सरोकारवालाले जानून् भनी थर-ठेगाना, नाम आदिसमेत खुलाई कुनै ठुलो व्यक्ति वा संस्थाले लेखिदिएको कसैका बारेको पत्र; परिचयपत्र।
56871 प्रत्यर्पण ना. कुनै वस्तु जसको हो त्यसैलाई गरिएको अर्पण; फिर्ता।
56872 प्रत्यवाय ना. सन्ध्या, उपासना आदि शास्त्रोक्त नित्यकर्म नगर्नाले लाग्ने दोष वा पाप।
56873 प्रत्यवायी वि. सन्ध्या, उपासना आदि शास्त्रोक्त नित्यकर्म नगर्ने; शास्त्रविहित नित्यकर्म नगर्नाले दोषी।
56874 प्रत्याक्रमण ना. कसैले गरेको आक्रमणका बदलामा गरिने आक्रमण; झिकीकटक।
56875 प्रत्याख्यान ना. १. कसैको कुनै सिद्धान्त वा विचारमा देखापरेको भ्रमपूर्ण कुराको खण्डन; निराकरण।
56876 प्रत्याख्यान ना. २. कसैले लगाएको आरोप वा आक्षेपको अस्वीकृति; नामन्जुरी।
56877 प्रत्याख्यान ना. ३. विरोध।
56878 प्रत्याख्यान ना. ४. कथा, उपन्यास आदिमा कथातत्त्व को अभाव हुनुपर्छ भन्ने एक परिपाटी र उक्त परिपाटीका अनुयायीहरूको कृति; अकथा वा अउपन्यास।
56879 प्रत्यागमन ना. फर्केर आउने काम; फर्कने काम; फिर्ती यात्रा।
56880 प्रत्याघात ना. आघात गर्नेका विरुद्ध गरिने आघात; ढुङ्गाद्वारा दिइएको इँटको जवाफ (व्यङ्ग्यार्थमा)।
56881 प्रत्यादेश ना. १. भइरहेको कुनै आदेशका बदलामा आएको आदेश।
56882 प्रत्यादेश ना. २. कुनै कुराको प्रत्याख्यान; निराकरण।
56883 प्रत्यादेश ना. ३. कुनै कुराको अस्वीकृति; नामन्जुरी।
56884 प्रत्यादेश ना. ४. माथिल्ला तहको अधिकारीले दिएको कुनै आदेशलाई मध्यवर्ती अधिकारीले तल्ला तहका कर्मचारीसमक्ष पुऱ्याउने काम; माथिल्लो तहको कर्मचारीअनुसार तल्ला तहका कर्मचारीलाई आदेश दिने काम।
56885 प्रत्यायुक्त वि. १. कुनै सङ्घ, संस्था, सभा आदिमा वा कुनै विशेष काममा केही अधिकार प्रदान गरी पठाइएको; प्रतिनियुक्त। ना.
56886 प्रत्यायुक्त वि. २. त्यसरी तैनाथ गरिएको व्यक्ति वा व्यक्ति- समुदाय।
56887 प्रत्यायोजन ना. १. कुनै सङ्घ, संस्था र कार्यालयले वा कुनै पदाधिकारीले केही समयका लागि आफ्नो सम्पूर्ण वा केही अधिकार कुनै व्यक्तिलाई हस्तान्तरण गर्ने क्रिया।
56888 प्रत्यायोजन ना. २. आफ्ना मातहतको कुनै वस्तु अरूलाई हस्तान्तरण गर्ने वा सुम्पने काम।
56889 प्रत्यायोजित वि. अर्कालाई सुम्पिएको; प्रत्यायोजन गरिएको।
56890 प्रत्यारोप ना. कसैले लगाएको आरोपका बदलामा आफूले आरोप लगाउने काम; जवाफी आरोप।
56891 प्रत्यालोचना ना. कसैले गरेको आलोचनाका बदलामा गरिने आलोचना वा त्यस सन्दर्भमा दिइने स्पष्टीकरण।
56892 प्रत्यावर्तन ना. १. प्रत्यागमन।
56893 प्रत्यावर्तन ना. २. प्रकाश, ध्वनि आदिको कतै फर्केर पुनः उत्पत्तिस्थलतिरको आगमन (प्रतिध्वनन )।
56894 प्रत्यावर्तित वि. छोडेर गएको ठाउँमा फेरि फर्केको।
56895 प्रत्याशित वि. १. पहिलेदेखि आशा गरिएको।
56896 प्रत्याशित वि. २. अन्दाज गरिएको; सम्भावित।
56897 प्रत्याशी ना. १. कुनै पद वा स्थानका निम्ति निर्वाचनमा उठ्ने उम्मेदवार। वि.
56898 प्रत्याशी ना. २. केही कुराको आशा गर्ने।
56899 प्रत्याहार ना. १. इन्द्रियहरूलाई विषयवासनाबाट हटाएर चित्त एकाग्र पार्ने साधना; योगका आठ अङ्गमध्ये एक; इन्द्रियनिग्रह।
56900 प्रत्याहार ना. २. पाणिनीय व्याकरणमा माहेश्वरसूत्रका आधारमा बनेका अच् आदि प्रत्याहार।