Dictionary

All Word

56951 प्रदर्शन ना. २. रङ्गमञ्चमा नाटक आदि देखाउने काम वा देखाउने उद्देश्यले अभिनयादि गर्ने काम।
56952 प्रदर्शन ना. ३. कुनै समस्याप्रति जनताको समर्थन वा सहानुभूति प्राप्त गर्न वा सरकारको दृष्टि आकर्षित गर्न सो समस्यासँग सम्बन्धित व्यक्तिहरूको जुलुस, नारा आदिद्वारा असन्तोष वा आफ्नो विचार प्रकट गर्ने काम; सामूहिक रूपमा कुनै विषयमा असन्तोष व्यक्त गर्ने काम।
56953 प्रदर्शन कक्ष ना. व्यापारका लागि चिजबिजका नमुना राखिएको ठाउँ (सोरूम)।
56954 प्रदर्शनकारी वि. कुनै विषयमा सामूहिक रूपमा असन्तोष व्यक्त गर्ने।
56955 प्रदर्शन शाला ना. नाटक आदि देखाइने र अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने उद्देश्यले बनाइएको घर; प्रदर्शनकक्ष; सभाकक्ष।
56956 प्रदर्शनालय ना. प्रदर्शन गरिने ठाउँ; प्रदर्शनीस्थल; प्रेक्षालय।
56957 प्रदर्शनी ना. १. जनसाधारणलाई देखाउने उद्देश्यले नमुनास्वरूप विभिन्न प्रकारका वस्तु सजाएर राखिने ठाउँ; प्रदर्शनका निम्ति समय-समयमा विभिन्न प्रकारका वस्तुहरू राखिने ठाउँ।
56958 प्रदर्शनी ना. २. विभिन्न प्रकारका वस्तुहरू नमुनास्वरूप देखाउने काम।
56959 प्रदर्शनीय वि. प्रदर्शन गर्न योग्य; प्रदर्शन गर्न लायक।
56960 प्रदर्शित वि. देखाइएको; प्रदर्शन गरिएको।
56961 प्रदर्शिनी वि. १. कुनै वस्तु वा कुनै कार्यक्रम देखाउने वा हेर्ने (स्त्री)।
56962 प्रदर्शिनी वि. २. प्रदर्शनी।
56963 प्रदर्शी वि. प्रदर्शित गर्ने (पुरुष)।
56964 प्रदान ना. कसैलाई कुनै वस्तु वा कुरा दिने काम; दान।
56965 प्रदाय ना. चुक्ता गर्नुपर्ने वा दिनुपर्ने रकम अथवा सम्पत्ति।
56966 प्रदीप ना. १. चहकिलो बत्ती।
56967 प्रदीप ना. २. दीप; दियो; बत्ती।
56968 प्रदीपक वि. १. निकै उज्यालो बनाउने; पर्याप्त प्रकाश दिने।
56969 प्रदीपक वि. २. स्पष्ट र सफा पार्ने। ना.
56970 प्रदीपक वि. ३. ठुलो र चहकिलो बत्ती।
56971 प्रदीपन ना. १. चम्किलो कुनै वस्तुले उज्यालो पार्ने क्रिया; प्रदीप्त पार्ने काम।
56972 प्रदीपन ना. २. उद्दीप्त पार्ने काम।
56973 प्रदीपन ना. ३. पाँच पाँच कुना परेका पहेँला र हरिया रङ मिसिएका पात, राता फूल, खैरा कन्द हुने र रातो दुध निस्कने, हिमालयको लेकमा पाइने एक जातको विषालु बुटी।
56974 प्रदीपिका ना. १. उज्यालो पार्ने र वस्तुहरूलाई देखाउने सानो बत्ती।
56975 प्रदीपिका ना. २. कुनै विषय वा अर्थलाई स्पष्ट पार्ने सानो पुस्तिका।
56976 प्रदीप्त वि. बेसरी बलेको; प्रकाशयुक्त; उद्दीप्त।
56977 प्रदीप्ति ना. विशेष प्रकारको तेज वा दीप्ति।
56978 प्रदूषक वि. हावा, पानी, माटो वा कुनै खाद्य वस्तु आदिमा मिसिएर वातावरण दूषित पार्ने; वातावरणमा दूषित असर ल्याउने (तत्त्व )।
56979 प्रदूषण ना. १. दूषित पार्ने काम; दोषयुक्त पार्ने काम।
56980 प्रदूषण ना. २. रोगव्याधि पैदा गर्ने वा स्वास्थ्यमा हानि गर्ने तत्त्वको सराइ।
56981 प्रदूषित वि. कुनै वस्तु वा वातावरण नराम्रो कारणले दूषित भएको।
56982 प्रदेय वि. १. कसैलाई दिनुपर्ने; देय; प्रदाय।
56983 प्रदेय वि. २. दिन योग्य; दातव्य।
56984 प्रदेश ना. १. भाषा, रीतिरिवाज, हावापानी र अन्य भौगोलिक स्थिति, प्रशासन आदिका दृष्टिले छुट्ट्याइएको देशको एउटा ठुलो भाग; प्रान्त।
56985 प्रदेश ना. २. कुनै ठाउँ; स्थान।
56986 प्रदेश ना. ३. शरीरको अङ्ग; अवयव।
56987 प्रदेश ना. ४. कुनै भूभाग।
56988 प्रदेश ना. ५. भूभाग वा नदीका दृष्टिले नेपालका तीन भौगोलिक (हिमाली, पहाडी र तराइली वा कोसी, गण्डकी र कर्णाली) विभाजनमध्ये कुनै एक।
56989 प्रदेश ना. ६. वास्तुकलामा वा मूर्ति-निर्माणसम्बन्धी कलामा अङ्गुलको नौ गुना बराबरको नापका लागि प्रयोग गरिने शब्द; नौ अमल बराबरको नाप।
56990 प्रदेश ना. ७. परदेश; विदेश (न्यूनस्तरीय प्रयोग)।
56991 प्रदेशी/प्रदेशीय वि. १. प्रदेशको; प्रदेशसम्बन्धी।
56992 प्रदेशी/प्रदेशीय वि. २. देख्ने वा देखाउने।
56993 प्रदोष ना. १. सूर्य अस्ताउने समय; सन्ध्याको समय।
56994 प्रदोष ना. २. रात्रिको पहिलो प्रहर।
56995 प्रदोष ना. ३. कृष्ण र शुक्ल दुवै पक्षका त्रयोदशीका दिन उपवास बसेर सन्ध्याकालमा शिवको पूजा गरिने एक व्रत।
56996 प्रद्युम्न ना. १. पौराणिक कथाअनुसार कृष्णका जेठा छोरा; अनिरुद्धका पिता, बाणासुरका सम्धी र उषाका ससुरा।
56997 प्रद्युम्न ना. २. कामदेव।
56998 प्रद्योत ना. १. चम्किला वस्तुबाट चारैतिर फिँजिएको देखिने प्रकाशरेखा; किरण; रश्मि।
56999 प्रद्योत ना. २. चम्किला वस्तुमा हुने चमक; दीप्ति।
57000 प्रद्योत ना. ३. उज्जैनका प्राचीन ऐतिहासिक राजा; महासेन।