Dictionary

All Word

57101 प्रभा ना. २. सूर्यको बिम्ब।
57102 प्रभा ना. ३. किरण; तेज।
57103 प्रभा ना. ४. सूर्यकी पत्नी; संज्ञा; उषा।
57104 प्रभाकर ना. १. प्रभा फैलाउने ग्रह; सूर्य।
57105 प्रभाकर ना. २. चन्द्रमा।
57106 प्रभाकर ना. ३. अग्नि।
57107 प्रभाकर ना. ४. समुद्र।
57108 प्रभाकर ना. ५. मदारवृक्ष। वि.
57109 प्रभाकर ना. ६. उज्यालो फैलाउने।
57110 प्रभाकरी ना. बौद्ध धर्मअनुसार दश वा त्रयोदश भूमिमध्ये तेस्रो भूमि।
57111 प्रभात ना. रात सकिएर चारैतिर उज्यालो भएको समय; बिहानको बेला; प्रातःकाल; सबेर।
57112 प्रभातफेरी ना. कुनै कुराको प्रचार गर्न वा उत्सव मनाउनका लागि बिहानको समयमा सामूहिक रूपमा नारा लगाउँदै तथा गानाबजानाका साथ रमाइलो गर्दै निश्चित ठाउँ वा क्षेत्रमा परिक्रमा गर्ने वा घुम्ने कार्य।
57113 प्रभाती ना. १. प्रातःकालका समयमा गाइने एक खालको गीत।
57114 प्रभाती ना. २. प्रातःकालमा गरिने नित्यकर्म। वि.
57115 प्रभाती ना. ३. बिहान गाइने (जस्तै- प्रभाती राग)।
57116 प्रभामण्डल ना. १. देवदेवी वा दिव्यपुरुषहरूका अनुहारका वा शरीरका चारैतिर फैलेर रहने वृत्ताकारको घेरो; बिम्ब।
57117 प्रभामण्डल ना. २. तेजपुञ्जका वरिपरिको मण्डल; प्रकाशमण्डल।
57118 प्रभामण्डल ना. ३. देवता वा देवतुल्य व्यक्तिका चित्रमा ज्योतिको प्रतीकका रूपमा शिरवरिपरि कोरिने सेतो वा पाँडुलो रङको वृत्त।
57119 प्रभारी वि. कुनै पद वा विभागमा सम्बन्धित कार्यको जिम्मेदारी लिने ( व्यक्ति, सदस्य आदि)।
57120 प्रभाव ना. १. उत्पन्न हुने वा जन्मने क्रिया; उद्भव; प्रादुर्भाव।
57121 प्रभाव ना. २. व्यक्तिमा रहेको प्राकृतिक एवं क्रियात्मक सामर्थ्य; शक्ति।।
57122 प्रभाव ना. ३. कुनै वस्तुको वा विषयको अध्ययनबाट मनमा पर्ने गुण; असर।
57123 प्रभाव ना. ४. महिमा; माहात्म्य।
57124 प्रभाव ना. ५. अन्तःकरणलाई प्रसन्न वा अप्रसन्न तुल्याउने गुण।
57125 प्रभाव ना. ६. कुनै व्यक्ति वा वस्तुको शक्ति, सम्मान, अधिकार, पराक्रम आदिबाट अरू व्यक्ति वा वस्तुमा पर्ने असर; छाप।
57126 प्रभावक वि. आफ्नो प्रभाव वा छाप अर्कामा पार्न सक्ने गुण भएको; प्रभावकारी।
57127 प्रभावकारिता ना. आफ्ना स्वभाव वा क्रियाकलापको छाप अर्कामा तत्काल पार्न सक्ने गुण वा शक्ति; प्रभावधर्मिता ।
57128 प्रभावकारी वि. आफ्ना प्राकृतिक गुण वा क्रियात्मक विशेषताहरूको छाप अर्कालाई तुरुन्त पार्न सक्ने; प्रभावशाली; प्रभावात्मक; प्रभावधर्मी।
57129 प्रभावधर्मिता ना. प्रभावकारिता।
57130 प्रभावधर्मी वि. प्रभावकारी।
57131 प्रभावपूर्ण वि. आकर्षक गुणले भरिएको; सद्गुण, सच्चरित्र, सत्कर्म आदिका सामर्थ्यले भरिभराउ भएको; प्रभावमय।
57132 प्रभावमय वि. प्रभावपूर्ण।
57133 प्रभाववान्/शाली वि. यथेष्ट प्रभाव पार्न सक्ने गुण वा विशेषता भएको; राम्रो र धेरै प्रभाव पार्न सक्ने।
57134 प्रभावात्मक वि. प्रभावकारी; प्रभावशाली
57135 प्रभावात्मकता ना. प्रभावात्मक हुनाको भाव वा अवस्था; प्रभावकारिता।
57136 प्रभावान् वि. तेज भएको; तेजिलो; तेजस्वी।
57137 प्रभावान्वित वि. कसैका प्राकृतिक एवं क्रियात्मक गुणअवगुणहरूको प्रभाव वा छाप परेको; त्यस प्रकारका प्रभाव छापले युक्त भएको।
57138 प्रभावित वि. कसैको प्रभाव वा असर परेको; प्रभावान्वित।
57139 प्रभावी वि. १. प्रभाव भएको; शक्तिशाली।
57140 प्रभावी वि. २. प्रभाव पार्ने; प्रभावक।
57141 प्रभावोत्पादक वि. प्रभाव उत्पन्न गर्ने; प्रभाव पार्ने।
57142 प्रभावोत्पादकता ना. प्रभावोत्पादक हुनाको भाव, गुण वा अवस्था।
57143 प्रभास ना. १. चारैतिर छरिएको उज्यालो; प्रकाश; ज्योति; दीप्ति।
57144 प्रभास ना. २. हिन्दुहरूको एक प्राचीन तीर्थ; सोमतीर्थ।
57145 प्रभास ना. ३. रामवानर नामक आदिम मानवको आजभन्दा एक करोड दश लाख वर्षपूर्वको दाँतको अवयव फेला परेको, बुटवलबाट पाल्पा जाने बाटोमा पर्ने एक ठाउँ, पर्भास।
57146 प्रभास्वर ना. १. सूर्य; भास्कर; भास्वर। वि.
57147 प्रभास्वर ना. २. साह्रै चम्किलो; दीप्तियुक्त; उज्यालो।
57148 प्रभु ना. १. सबैले आदरसम्मान गर्नुपर्ने व्यक्ति; मालिक; स्वामी।
57149 प्रभु ना. २. सर्वशक्तिसम्पन्न अधिकारी; अधिपति; शासक।
57150 प्रभु ना. ३. ईश्वर; परमात्मा।