Dictionary

All Word

57051 प्रपीडन ना. १. ज्यादै पीडा वा दुःख दिने काम; कष्ट दिने काम; सताइ।
57052 प्रपीडन ना. २. अतिशय पीडा; अत्यन्त कष्ट।
57053 प्रपौत्र ना. छोरा वा छोरीपट्टिको नाति वा नातिनीको छोरो; छोरा वा छोरीबाट उत्पन्न आफूभन्दा तीन पुस्तापछिको पुरुष सन्तति; पनाति।
57054 प्रपौत्री ना. त्यस्तै स्त्री सन्तति; पनातिनी।
57055 प्रफुल्ल वि. १. राम्ररी फुलेको वा फक्रेको; विकसित भएको।
57056 प्रफुल्ल वि. २. हँसिलो; प्रसन्न।
57057 प्रफुल्ल वदन वि. उज्यालो अनुहारको; प्रसन्न।
57058 प्रफुल्लित वि. प्रफुल्ल; प्रसन्न भएको।
57059 प्रबन्ध ना. १. कुनै कामकुरा राम्ररी सम्पन्न गर्न मिलाइने व्यवस्था; बन्दोबस्त; इन्तिजाम; चाँजोपाँजो।
57060 प्रबन्ध ना. २. आयोजना।
57061 प्रबन्ध ना. ३. कुनै विषय वा सिद्धान्तको युक्तियुक्त प्रतिपादन भएको, गद्यात्मक, विचारप्रधान लेख; एक प्रकारको विचारप्रधान निबन्ध।
57062 प्रबन्ध ना. ४. कुनै कल्पित कथाका आधारमा तयार गरिएको सुव्यवस्थित रचना।
57063 प्रबन्धक वि. प्रबन्ध मिलाउने; बन्दोबस्त गर्ने; व्यवस्थापक।
57064 प्रबन्धकर्ता वि. प्रबन्ध मिलाउने; बन्दोबस्त गर्ने; व्यवस्थापक।
57065 प्रबन्धकल्पना ना. केही सत्य र केही काल्पनिक कथाका आधारमा शृङ्खलाबद्ध रूपमा तयार पारिएको साहित्यिक रचना; कथात्मक रचना।
57066 प्रबन्धकारिणी ना. कुनै सङ्घ, संस्था, सभा वा अन्य आयोजनाका लागि आवश्यक प्रबन्ध मिलाउने समिति; प्रबन्ध- समिति।
57067 प्रबन्धकाव्य ना. १. सत्य वा काल्पनिक कथाका आधारमा कुनै कविद्वारा रचना गरिएको, काव्योचित गुणले युक्त, सर्गबद्ध, पद्यात्मक काव्य; महाकाव्य।
57068 प्रबन्धकाव्य ना. २. कथा वा उपन्यास।
57069 प्रबन्धपत्र ना. १. कम्पनी-ऐनबमोजिम कम्पनीका उद्देश्य र अधिकारहरू लेखिएको पत्र।
57070 प्रबन्धपत्र ना. २. कुनै कामकुराको व्यवस्था वा कार्यान्वयनका सम्बन्धमा लेखिएको पत्र।
57071 प्रबन्धविधान ना. कुनै काम वा वस्तु आदिको प्रबन्ध मिलाउने काम।
57072 प्रबन्ध सम्पादक ना. कुनै पत्रपत्रिका आदिमा प्रकाशन गरिने लेखरचना आदि सङ्कलित गर्ने र प्रकाशनसम्बन्धी अन्य आवश्यक व्यवस्था मिलाउने सम्पादक।
57073 प्रबन्ध समिति ना. कुनै सङ्घ, संस्था, सभा आदिका लागि आवश्यक प्रबन्ध मिलाउने समिति; प्रबन्धकारिणी; कार्यसमिति।
57074 प्रबन्धसार ना. कुनै प्रबन्धको प्रमुख कुरा नछुट्ने गरी तयार गरिएको सारांश; प्रबन्धको निचोड।
57075 प्रबल वि. १. प्रशस्त बल भएको; ज्यादै बलियो; बलवान्; बलिष्ठ; शक्तिशाली।
57076 प्रबल वि. २. उग्र किसिमको; भयङ्कर; प्रचण्ड।
57077 प्रबाल वि. १. पल्लव।
57078 प्रबाल वि. २. मुगा।
57079 प्रबाल वि. ३. पुवाँलो; प्वाँलो।
57080 प्रबुद्ध वि. १. सचेत अवस्थामा रहेको; जागरूक; जाग्रत्; जागा।
57081 प्रबुद्ध वि. २. बुझ्नुपर्ने कुरालाई राम्ररी बुझेको; जानेसुनेको।
57082 प्रबुद्ध वि. ३. विकसित मस्तिष्क भएको।
57083 प्रबुद्धता ना. प्रबुद्ध हुनाको भाव वा अवस्था।
57084 प्रबोध ना. १. जाग्रत् अवस्था; सचेत अवस्था; ज्ञानावस्था।
57085 प्रबोध ना. २. लौकिक वा पारलौकिक किसिमको ज्ञान; जीवनजगत्‌को वास्तविकताको ज्ञान; तत्त्व ज्ञान।
57086 प्रबोधक वि. १. होसमा ल्याउने; बिउँझाउने; जाग्रत् गराउने; सचेत पार्ने।
57087 प्रबोधक वि. २. ज्ञान दिने।
57088 प्रबोधन ना. १. जगाउने काम; सचेत गराउने काम; होसमा ल्याउने काम; बिउँझाउने काम।
57089 प्रबोधन ना. २. ज्ञान दिने काम।
57090 प्रबोधनी ना. प्रबोधिनी।
57091 प्रबोधित वि. प्रबोध भएको; प्रबुद्ध।
57092 प्रबोधिनी ना. कार्तिक शुक्ल एकादशी; हरिबोधिनी एकादशी; प्रबोधनी।
57093 प्रभव ना. १. उत्पन्न हुने क्रिया; उत्पत्ति; जन्म।
57094 प्रभव ना. २. उत्पत्तिको कारण।
57095 प्रभव ना. ३. उत्पत्तिस्थान।
57096 प्रभव ना. ४. धातु आदि निकालिने ठाउँ; खानी; आकार।
57097 प्रभव ना. ५. सृष्टि; संसार।
57098 प्रभव ना. ६. पानी निस्कने वा उम्रने ठाउँ; मूल; स्रोत; उद्‍गमस्थल।
57099 प्रभव ना. ७. पराक्रम। ८ साठी मध्येको पहिलो संवत्सर।
57100 प्रभा ना. १. प्रकाश; आभा; दीप्ति; कान्ति; चमक; उज्यालो।