Dictionary

All Word

57001 प्रधान वि. १. आफ्ना समूहमध्ये सबैभन्दा ठुलो; सर्वश्रेष्ठ; प्रमुख; मुख्य।
57002 प्रधान वि. २. गाउँ-घरको प्रमुख; प्रतिष्ठित (व्यक्ति); ठालु। ना.
57003 प्रधान वि. ३. गाउँघरको प्रमुख; प्रतिष्ठित व्यक्ति; मुखिया; पञ्चायतकालीन प्रधानपञ्च।
57004 प्रधान वि. ४. कुनै संस्था वा विभागको मुख्य अधिकारी।
57005 प्रधान वि. ५. सचिव; मन्त्री।
57006 प्रधान वि. ६. नेवार-जातिको एक थर।
57007 प्रधान वि. ७. लिच्छविकालमा गाउँको मुखियालाई बुझाउने शब्द।
57008 प्रधान कार्यालय ना. सरकारी र गैरसरकारी संस्थाहरूका शाखा-प्रशाखाको सञ्चालन गर्ने मुख्य कार्यालय; केन्द्रीय कार्यालय।
57009 प्रधानतः/तया क्रि.वि. मुख्य रूपमा; खास गरी।
57010 प्रधानता ना. १. सरकारी वा गैरसरकारी संस्थाको प्रधानको पद वा अधिकारी।
57011 प्रधानता ना. २. प्रधान हुनाको भाव वा प्रधान हुने गुण।
57012 प्रधान धातु ना. १. कुनै वाक्यको प्रमुख क्रियापदको धातु; समापिका धातु।
57013 प्रधानपञ्च ना. तत्कालीन पञ्चायती व्यवस्थाअन्तर्गत जारी रहेको गाउँ तथा नगर पञ्चायत ऐनबमोजिम गाउँ वा नगरसभाका मतदाताहरूद्वारा छानिएको मुख्य व्यक्ति; गाउँ वा नगरतहका पञ्चसदस्यमध्ये मुख्य।
57014 प्रधान परीक्षक ना. कुनै परीक्षामा सम्मिलित भएका छात्रहरूको उत्तरपुस्तिकाका परीक्षकहरूमध्ये मुख्य परीक्षक।
57015 प्रधान मध्याह्न रेखा ना. भूगोलका अनुसार बेलायतको 'ग्रिनविच' भन्ने ठाउँ छुने गरी खिचिएको ०₀ को मध्याह्नरेखा।
57016 प्रधानमन्त्री ना. कुनै राष्ट्रको सबभन्दा ठुलो मन्त्री; मन्त्रीहरूमध्ये मुख्य; मन्त्रिमण्डलको अध्यक्ष।
57017 प्रधान सेनापति ना. प्रमुख सेनापति; कम्यान्डर-इन-चिफ।
57018 प्रधानाङ्ग ना. १. शरीर वा अन्य कुनै वस्तुको मुख्य अङ्ग।
57019 प्रधानाङ्ग ना. २. कुनै राज्यको प्रधान अधिकारी।
57020 प्रधानाङ्ग ना. ३. नेवारजातिको एक थर।
57021 प्रधानाध्यापक ना. कुनै स्कुल वा पाठशालाको मुख्य अध्यापक; हेडमास्टर।
57022 प्रधानामात्य ना. प्राचीन कालको प्रधानमन्त्री वा मुख्य सचिव; प्रधान अमात्य।
57023 प्रधानी ना. डोली अड्याउने काठ; पर्धानी।
57024 प्रपञ्च ना. १. घरगृहस्थी आदिको झन्झट; जगत्‌को जञ्जाल; सांसारिक मायामोह; मायाजाल।
57025 प्रपञ्च ना. २. कता-कताबाट आइपरेको झोज वा झमेला; झेलबखेडा।
57026 प्रपञ्च ना. ३. छल; कपट।
57027 प्रपञ्च ना. ४. ढोँग; आडम्बर।
57028 प्रपञ्च ना. ५. विस्तार; फैलावट।
57029 प्रपञ्च ना. ६. कुनै कुराको प्रबन्ध; बन्दोबस्त।
57030 प्रपञ्च ना. ७. एकपल्ट भनिसकिएको कुरालाई फेरि खुलस्त पारी भन्ने काम।
57031 प्रपञ्ची वि. १. प्रपञ्चसँग सम्बन्धित; प्रपञ्चमा रहेको।
57032 प्रपञ्ची वि. २. प्रपञ्च गर्ने; प्रपञ्च रच्ने; आडम्बरी; ढोँगी।
57033 प्रपञ्ची वि. ३. छलछाम गर्ने; कपटी।
57034 प्रपञ्ची वि. ४. धेरै झोज भएको।
57035 प्रपञ्जी ना. कुनै ब्याङ्क, व्यापारिक संस्था आदिको व्यापारसम्बन्धी आयव्यय, लेनदेन आदि लेखिएको मुख्य खाता; मूल रजिष्टर; बही (लेजर)।
57036 प्रपञ्जी पृष्ठ ना. कुनै ब्याङ्क, व्यापारिक संस्था आदिमा कसैको रुपियाँ जम्मा गर्ने वा झिक्ने किसिमको बेहोरा लेखिएका, प्रपञ्जीको अगाडि-पछाडिका दुई पत्र।
57037 प्रपत्र ना. कुनै पद, परीक्षा, स्थान आदिका निम्ति विवरण प्रस्तुत गर्दा आवश्यक जानकारीको बेहोरा भरिने, रित्तो ठाउँ, कोठा आदि भएको मुद्रित वा टङ्कित पत्र; फाराम।
57038 प्रपद ना. शरीरको प्रपदास्थिनेरको अवयव।
57039 प्रपदास्थि ना. गोलीगाँठाभन्दा मुनि र कुर्कुच्चाभन्दा अगाडिपट्टिको हाडका ससाना टुक्रा।
57040 प्रपन्न वि. १. कसैका शरणमा परेको; शरण पर्न आएको; शरणागत।
57041 प्रपन्न वि. २. आइपुगेको।
57042 प्रपात ना. १. अग्लो ठाउँबाट कुनै वस्तु ठाडै तलतिर खस्ने क्रिया।
57043 प्रपात ना. २. कुनै ठाडै तलतिर खस्ने अग्लो ठाउँ; भिर - पहराको चुली; टाकुरो।
57044 प्रपात ना. ३. निर्झर; छाँगो; छहरो।
57045 प्रपितामह ना. १. आफ्ना बाबुका बाबुका बाबु; आफूभन्दा तीन पुस्तामाथिका पुर्खा; बाबुका बाजे; बुढा बाजे।
57046 प्रपितामह ना. २. ब्रह्मा।
57047 प्रपितामह ना. ३. परब्रह्म।
57048 प्रपितामह ना. ४. पूर्वज; जिजुबाजे।
57049 प्रपितामही ना. आफ्ना बाबुका बाबुकी आमा; बाबुको बज्यै; जिजुबज्यै; बुढीबज्यै।
57050 प्रपीडक वि. ज्यादै पीडा दिने; अत्यन्त दुःख दिने; हैरान पार्ने।