Dictionary

All Word

57251 प्रमीला ना. २. झकाइ; अर्द्धनिद्रा।
57252 प्रमीला ना. ३. शिथिलता; क्लान्ति; थकाइ; जुम्सोपन।
57253 प्रमीलित वि. उँघेको; तन्द्रामा परेको; झकाएको; लोलाएको।
57254 प्रमुख वि. १. गन्दा सबैभन्दा पहिलो ठहरिने।
57255 प्रमुख वि. २. जनसमूहका बिच पहिलो क्रममा आउने; प्रथम।
57256 प्रमुख वि. ३. कामदार व्यक्तिहरूमा मुख्य; प्रधान।
57257 प्रमुख वि. ४. साधारण व्यक्तिहरूले सम्मान गर्ने; सम्मान्य; प्रतिष्ठित। ना.
57258 प्रमुख वि. ५. सम्मान गर्न योग्य व्यक्ति।
57259 प्रमुख अतिथि ना. कुनै उत्सव, समारोह आदिमा आमन्त्रित गरिएको प्रतिष्ठित एवं सम्मान्य व्यक्तिमध्ये श्रेष्ठ।
57260 प्रमुख अधिकारी/अधिकृत ना. कार्यालय वा विभागको मुख्य अधिकारी; हाकिम।
57261 प्रमुख जिल्ला अधिकारी ना. जिल्लाको प्रशासनसम्बन्धी कार्य हेर्ने प्रमुख अधिकारी; नेपाल सरकारद्वारा नियुक्त, जिल्लाको प्रशासकीय हाकिम।
57262 प्रमुखता ना. १. प्रमुख हुने स्थिति।
57263 प्रमुखता ना. २. प्रमुख हुने गुण, सामर्थ्य वा प्रमुख भइसकेपछिको विशेषता।
57264 प्रमुख सचिव ना. सरकारी प्रशासनसम्बन्धी विभागको प्रधान सचिव; मुख्य सचिव (चिफ सेक्रेटरी)।
57265 प्रमुख सभा ना. १. देशका प्रमुख पद वा स्थानमा रहेका प्रख्यात व्यक्तिहरूका बिच मुख्य विषयमा छलफल एवं विचारविमर्शका निम्ति गरिएको सभा।
57266 प्रमुख सभा ना. २. मुख्य वा माथिल्ला तहको सभा।
57267 प्रमुख सेनानी ना. शाही नेपाली सेनाको एक उच्च पद; लेफ्टिनेन्ट कर्णेल।
57268 प्रमुख स्थपति ना. कुनै विभागका इन्जिनियरहरूमध्ये सबैभन्दा प्रमुखचाहिँ (चिफ इन्जिनियर)।
57269 प्रमुदित वि. अत्यन्त प्रसन्न भएको; ज्यादै खुशी भएको; अति प्रफुल्लित; हर्षले गद् गद भएको।
57270 प्रमुख नयन ना. १. रमाएको आँखा।
57271 प्रमुख नयन ना. २. प्रसन्न हेराइ। वि.
57272 प्रमुख नयन ना. ३. रमाएको; हाँसेको; प्रसन्नतापूर्वक हेर्ने।
57273 प्रमुख हृदय वि. १. खुसी र हर्षले हृदय प्रफुल्ल भएको; मन प्रसन्न भएको; चित्त रमाएको। ना.
57274 प्रमुख हृदय वि. २. प्रसन्न मन; रमाएको हृदय।
57275 प्रमुदिता ना. १. बौद्ध महायान र वज्रयानका साधकहरूका ध्यानको पहिलो अवस्था।
57276 प्रमुदिता ना. २. बौद्ध धर्मअनुसार दशभूमि, त्रयोदशभूमिमध्येको पहिलो भूमि वा चैत्यको पहिलो भूमि।
57277 प्रमुदिता ना. ३. प्रमुदित भएकी नारी।
57278 प्रमेय ना. १. प्रमाणका निम्ति उपयुक्त ठहरिएको विषय।
57279 प्रमेय ना. २. प्रमाण वा यथार्थ ज्ञान गर्न सकिने कुरा।
57280 प्रमेय ना. ३. कुनै यथार्थ ज्ञानलाई प्रमाणित गर्ने आधार।
57281 प्रमेय ना. ४. नापो वा नापोको साधन। वि.
57282 प्रमेय ना. ५. प्रमाणका निम्ति उपयुक्त; प्रमाण दिन सक्ने।
57283 प्रमेह ना. पिसाबसँग मिसिई वीर्य अथवा शरीरका अरू धातु पातलिएर जाने रोगहरूमध्ये कुनै एक।
57284 प्रमेही वि. पिसाबबाट वीर्य एवं शरीरका अरू धातु पग्लिएर जाने रोगबाट ग्रस्त; प्रमेहको रोगी।
57285 प्रमोद ना. १. मन रमाएको अवस्था; हर्ष; आनन्द; हर्क।
57286 प्रमोद ना. २. साठी संवत्सरमध्येको एक।
57287 प्रमोद कर ना. नाटक, चलचित्र आदिको प्रदर्शन तथा अन्य मनोरञ्जन आदिमा लाग्ने कर; मनोरञ्जनकर; विलासकर; विनोदकर।
57288 प्रमोद वन ना. आमोद गर्ने बगैँचा; मन बहलाउने एवं विहार गर्ने बगैँचा।
57289 प्रमोदित वि. हृदय प्रफुल्लित भएको; प्रमोदयुक्त; प्रसन्न; हर्षले गद् गद भएको।
57290 प्रमोदी वि. हृदयलाई प्रफुल्लित गराउने; आनन्दित तुल्याउने।
57291 प्रमोसन ना. भइरहेका पद वा स्थानबाट माथिल्लो पद वा स्थानमा हुने बढुवा; पदोन्नति; पदवृद्धि।
57292 प्रमोसन कट्टा ना. कुनै कारणवश कर्मचारीहरूको पदोन्नति हुने कुरा कटौती हुने काम; हुन लागेको प्रमोसनमा कारणवश उपस्थित बाधा।
57293 प्रमोह ना. १. इन्द्रियहरू शिथिल वा निष्क्रिय भएर हुने बेहोसीपना; मोह; मूर्च्छा।
57294 प्रमोह ना. २. अज्ञान; मूर्खता।
57295 प्रमोहन ना. १. कसैको हृदयमा गहिरो प्रभाव पारेर उसलाई मुग्ध गराउने कार्य; मोहनी लाउने क्रिया; मुहुनी।
57296 प्रमोहन ना. २. कसैका इन्द्रियहरूलाई शिथिल वा निष्क्रिय तुल्याएर बेहोस तुल्याउने क्रिया; मूर्च्छा पार्ने काम।
57297 प्रमोहित वि. १. मोहमा परेको वा पारिएको।
57298 प्रमोहित वि. २. मूर्च्छित तुल्याइएको; बेहोस गराइएको।
57299 प्रयत्न ना. १. कुनै काम वा उद्देश्य पूरा गर्नका निमित्त गरिने कार्य; चेष्टा; उन्नति; प्रयास; कोसिस।
57300 प्रयत्न ना. २. व्याकरणअनुसार वर्णहरूको उच्चारण गर्दा श्वास, जिब्रो, कण्ठ आदिको व्यापार।